English

छालाको सुन्दरताका लागि बहुगुणी चुकन्दर



चुकन्दरको सेवनले स्वास्थ्यमा फाइदा पुग्नुका साथै धेरै रोगहरूबाट पनि टाढा राख्छ । चुकन्दरको फेसप्याकले अनुहारको छालालाई गोरो मात्र नबनाई अन्य धेरै फाइदाहरू पनि गर्छ ।

चुकन्दरबाट बनाइएको फेसप्याकका फाइदाहरू

अनुहारमा गुलाबीपन ल्याउन

चुकन्दरको फेसप्याकले छालामा रहेको दाग र धब्बालाई हटाई छालाको रंगमा पनि सुधार हुन्छ । यसको नियमित प्रयोगले छालामा गुलाबीपन ल्याउँछ ।

पिम्पल हटाउन

यसमा भिटामिन ‘सी’ पाइन्छ, जसले छालाका लागि एन्टी–इन्फ्लेमेटरी गुणको रूपमा काम गर्छ । यसको फेसप्याक बनाएर लगाउँदा पिम्पलको समस्या हट्छ ।

यसरी बनाउन सकिन्छ चुकन्दरको फेसप्याक

आवश्यक सामग्री

– एउटा चुकन्दरको पेस्ट
– एक चम्चा चनाको धुलो
– एक चम्चा दही वा बटरमिल्क
– आधा चम्चा कागतीकोे रस

बनाउने तरिका

सबैभन्दा पहिले चुकन्दरको बोक्रालाई पिस्नुहोस् । माथिका सबै सामग्रीहरूलाई एउटा सानो भाँडामा राखेर राम्ररी मिश्रण गरी केही समय यत्तिकै छाड्नुहोस् ।
केही समयपछि आफ्नो अनुहारमा लगाउनुहोस् र फेसप्याक सुकेपछि मनतातो पानीले धुनुहोस् ।
यसरी नियमित लगाएमा केही हप्तामै अनुहारमा चमक आउन थाल्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested