English

छालाको सुन्दरताका लागि बहुगुणी चुकन्दर



चुकन्दरको सेवनले स्वास्थ्यमा फाइदा पुग्नुका साथै धेरै रोगहरूबाट पनि टाढा राख्छ । चुकन्दरको फेसप्याकले अनुहारको छालालाई गोरो मात्र नबनाई अन्य धेरै फाइदाहरू पनि गर्छ ।

चुकन्दरबाट बनाइएको फेसप्याकका फाइदाहरू

अनुहारमा गुलाबीपन ल्याउन

चुकन्दरको फेसप्याकले छालामा रहेको दाग र धब्बालाई हटाई छालाको रंगमा पनि सुधार हुन्छ । यसको नियमित प्रयोगले छालामा गुलाबीपन ल्याउँछ ।

पिम्पल हटाउन

यसमा भिटामिन ‘सी’ पाइन्छ, जसले छालाका लागि एन्टी–इन्फ्लेमेटरी गुणको रूपमा काम गर्छ । यसको फेसप्याक बनाएर लगाउँदा पिम्पलको समस्या हट्छ ।

यसरी बनाउन सकिन्छ चुकन्दरको फेसप्याक

आवश्यक सामग्री

– एउटा चुकन्दरको पेस्ट
– एक चम्चा चनाको धुलो
– एक चम्चा दही वा बटरमिल्क
– आधा चम्चा कागतीकोे रस

बनाउने तरिका

सबैभन्दा पहिले चुकन्दरको बोक्रालाई पिस्नुहोस् । माथिका सबै सामग्रीहरूलाई एउटा सानो भाँडामा राखेर राम्ररी मिश्रण गरी केही समय यत्तिकै छाड्नुहोस् ।
केही समयपछि आफ्नो अनुहारमा लगाउनुहोस् र फेसप्याक सुकेपछि मनतातो पानीले धुनुहोस् ।
यसरी नियमित लगाएमा केही हप्तामै अनुहारमा चमक आउन थाल्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested