English

ओठ सुन्दर बनाउन अपनाउनुहोस् यी घरेलु उपाय



उमेर तथा अन्य विविध कारणले कहिलेकाहीँ ओठको रङ परिवर्तन हुन सक्छ । मानिसहरू आफ्नो ओठमा प्राकृतिक रंग फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले तपाईंको प्राकृतिक चमकलाई ओठमा फर्काउन सक्छ ।

ओठ कालो हुनुका कारणहरू

अनियमित खानपान, अस्तव्यस्त जीवनशैली धुम्रपानको असर ओठमा पर्छ । त्यस्तै, डिहाइड्रेसनले पनि समस्या पार्छ । त्यसैले, नियमितरूपमा आवश्यक पानी पिउनुहोस् । व्यायाम र नियमित खानपानमा ध्यान दिनुहोस् । कफीको अत्यधिक सेवनले पनि यस्तो समस्या निम्याउन सक्छ ।

सस्तो र कम गुणस्तरका कृत्रिम सामग्रीहरूको प्रयोग कम गर्नुहोस् । डेट एक्सपायर भएका लिपिस्टिकको प्रयोगले पनि समस्या सिर्जना गरेको हुनसक्छ । राति सुत्नुअघि मेकअप हटाउने गर्नुहुन्न भने पनि यसले तपार्इंको ओठको रंग बदलेको हुनसक्छ । प्रदूषण तथा घामको विकिरणका कारण पनि ओठ कालो हुनसक्छ ।

समाधानका केही घरेलु उपाय

कागतीलाई निचोरेर ओछ्यानमा जानुअगाडि ओठमा लगाउनुपर्छ । एकदेखि दुई महिनासम्म यो नियमित गर्नुपर्छ । त्यसका साथै एक चिम्टी चिनी वा अलिकती मह ओठमा छर्किई कागतीको टुक्रा ओठमा दल्नुहोस् । यसले तपाईंको ओठको पुराना काम नलाग्ने कोषलाई ताजा र चम्किलो बनाइदिन्छ ।

कालो ओठलाई गुलाबी बनाउन चुकन्दर पनि सहयोगी हुन्छ । यसमा भएको स्वाभाविक सेतो तत्वले तपाईंको ओठ चम्किलो बनाउछ । सुत्नुअघि चुकन्दर लगाउने र बिहान सफा गर्नुपर्छ । चुकन्दरको रातो रङले ओठलाई गुलाबी बनाइदिन्छ ।

ओठमा भएका पुराना कोशिका जसले तपाईंको ओठलाई कालो बनाएको छ, तिनलाई हटाउन हप्तामा एकपटक ब्रसले विस्तारै घोट्नु राम्रो हुन्छ । तर, यसो गर्दा ओठमा घाउ हुने गरी घोट्नुहुँदैन । ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोशिका हटेर नयाँ आउँदा तपाईंको ओठको सुन्दरता बढ्दछ । यसका साथै जैतुनको केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दा पनि राम्रो हुन्छ ।

ओठमा ध्युकुमारीको प्रयोग गर्दा पनि चमक बिस्तारै फर्कन सक्छ । त्यस्तै, दुध र बेसार मिसाएर लगाउँदा पनि राम्रो हुन्छ ।

यो पनि…
युवतीका लागि जाडो फेसन
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको