English

फुटेको ओठलाई यसरी बनाउनुहोस् नरम र सुन्दर



मान्छेहरूको अंगहरूमध्ये ओठ एक संवेदनशील र महत्वपूर्ण अंग हो । यो पातलो छालाबाट नरम बनेको हुन्छ । जसका कारण ओठमा धेरैपटक फरक नजर पर्छ ।

कहिले मौसम बदल्नाले त कहिले पोषणको कमीले गर्दा छालामा नराम्रो प्रभाव पर्न जान्छ । छाला मात्र नभई जाडोमा ओठ ड्राई हुन थाल्छ । ओठ फुट्ने समस्या मौसम बदलिँदा ओठ फुट्ने गर्छ ।

खासगरी, जाडोको समयमा ओठ फुट्ने समस्या बढी हुने गर्छ । आउनुहोस् हामी केही तरिकाहरू बताउँछांै जसको मद्दतले ओठ फुट्ने समस्याबाट मुक्त भई तपाईंको ओठलाई नरम राख्न मद्दत गर्छ ।

बेसार

यदि, धेरै ओठ फुटेको छ र रगत पनि आएको छ भने दुई चिम्टी बेसारमा चार चम्चा दूध मिलाएर ओठमा दैनिक सुत्नुअघि ओठमा लगाएर सुत्नुपर्दछ । यसो गर्नाले तपाईंको ओठ फुट्नबाट बचाउन सकिन्छ ।

नरिवल र मह

एक चम्चा नरिवलको तेलमा एक चम्चा मह दुई चम्चा ब्राउन सुगर र आधा चम्चा तातो पानी मिलाएपछि गाढा पेस्ट तयार हुन्छ । त्यसपछि यो मिश्रणलाई ओठमा लगाई ५ देखि १० मिनेटसम्म लगाएर धोएमा ओठ फुट्नबाट जोगिन्छ ।

सुन्तलाको बोक्रा

तपाईंले सबैभन्दा पहिला सुन्तलाको बोक्रालाई सुकाएर पाउडर बनाउनुपर्दछ । त्यसपछि, दुई चम्चा सुन्तलाको धुलोलाई, दुई चम्चा ब्राउन सुगर र बदामको तेल मिलाई गाढा मिश्रण तयार गर्नुपर्छ । यसरी बनेको पेस्टलाई ओठमा लगाई केही समयपछि तातो पानीले सफा गर्नुपर्दछ ।

यो पनि…
यसरी प्रयाेग गराैँ सनस्क्रीन
शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested