English

फुटेको ओठलाई यसरी बनाउनुहोस् नरम र सुन्दर



मान्छेहरूको अंगहरूमध्ये ओठ एक संवेदनशील र महत्वपूर्ण अंग हो । यो पातलो छालाबाट नरम बनेको हुन्छ । जसका कारण ओठमा धेरैपटक फरक नजर पर्छ ।

कहिले मौसम बदल्नाले त कहिले पोषणको कमीले गर्दा छालामा नराम्रो प्रभाव पर्न जान्छ । छाला मात्र नभई जाडोमा ओठ ड्राई हुन थाल्छ । ओठ फुट्ने समस्या मौसम बदलिँदा ओठ फुट्ने गर्छ ।

खासगरी, जाडोको समयमा ओठ फुट्ने समस्या बढी हुने गर्छ । आउनुहोस् हामी केही तरिकाहरू बताउँछांै जसको मद्दतले ओठ फुट्ने समस्याबाट मुक्त भई तपाईंको ओठलाई नरम राख्न मद्दत गर्छ ।

बेसार

यदि, धेरै ओठ फुटेको छ र रगत पनि आएको छ भने दुई चिम्टी बेसारमा चार चम्चा दूध मिलाएर ओठमा दैनिक सुत्नुअघि ओठमा लगाएर सुत्नुपर्दछ । यसो गर्नाले तपाईंको ओठ फुट्नबाट बचाउन सकिन्छ ।

नरिवल र मह

एक चम्चा नरिवलको तेलमा एक चम्चा मह दुई चम्चा ब्राउन सुगर र आधा चम्चा तातो पानी मिलाएपछि गाढा पेस्ट तयार हुन्छ । त्यसपछि यो मिश्रणलाई ओठमा लगाई ५ देखि १० मिनेटसम्म लगाएर धोएमा ओठ फुट्नबाट जोगिन्छ ।

सुन्तलाको बोक्रा

तपाईंले सबैभन्दा पहिला सुन्तलाको बोक्रालाई सुकाएर पाउडर बनाउनुपर्दछ । त्यसपछि, दुई चम्चा सुन्तलाको धुलोलाई, दुई चम्चा ब्राउन सुगर र बदामको तेल मिलाई गाढा मिश्रण तयार गर्नुपर्छ । यसरी बनेको पेस्टलाई ओठमा लगाई केही समयपछि तातो पानीले सफा गर्नुपर्दछ ।

यो पनि…
यसरी प्रयाेग गराैँ सनस्क्रीन
शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested