English

दम्पतीको संवेदनशीलता



अरू सम्बन्धहरू भावनात्मक रूपले मात्र जोडिएको हुन्छ। त्यहीँ दाम्पत्य सम्बन्ध भने तन र मनले जोडिएको हुन्छ । त्यसैले यो सम्बन्ध बढी संवेदनशील हुन्छ ।

दाम्पत्य जीवनमा मनको सम्बन्धलाई बढी ख्याल गरिए पनि तनको सम्बन्धका बारेमा अधिकांश व्यक्ति लापरवाह हुन्छन् । यस स्थितिमा श्रीमान्–श्रीमती दुवैमध्ये कुनै एकको असन्तुष्टिले दाम्पत्य सम्बन्धमा चिसोपन आउने सम्भावना रहन्छ ।

सुखद दाम्पत्य जीवनका लागि एक–अर्कासित भावनात्मक रूपमा जोडिएर रहनु मात्र पर्याप्त हुँदैन, यौन सम्बन्धमा पनि सन्तुष्टि पाउनु आवश्यक हुन्छ । यसका लागि शारीरिक सम्बन्धलाई औपचारिक मात्र सम्झनु हुँदैन ।

विशेषज्ञका कुरा

मनोचिकित्सक एवं यौन विशेषज्ञहरूका अनुसार असन्तुष्ट यौन सम्बन्ध दाम्पत्य जीवनको असफलताको प्रमुख कारण बन्छ । प्रकृतिले पुरुष र महिलाको संरचनालाई शारीरिक एवं भावनात्मक रूपले एक–अर्काबाट भिन्न बनाएको छ । यसका साथै दुवैलाई भित्रबाटै एउटा त्यस्तो अपूर्णता प्रदान गरेको छ जसलाई पूरा गर्न
जीवनसाथीसँग जोडिनै पर्छ ।

सुखद दाम्पत्य जीवनका लागि एक–अर्कासित भावनात्मक रूपमा जोडिएर रहनु मात्र पर्याप्त हुँदैन, यौन सम्बन्धमा पनि सन्तुष्टि पाउनु आवश्यक हुन्छ । यसका लागि शारीरिक सम्बन्धलाई औपचारिक मात्र सम्झनु हुँदैन । शारीरिक सम्बन्ध त्यस्तो अन्तरङ्ग क्षण हुन्छ जसमा दम्पती बाहिरी संसारबाट पूर्ण रूपमा अलग भएर आफ्नो साथीसित जोडिन्छ । त्यसैले त्यो समयमा आफ्नो र आफ्ना साथीको विषयमा सोच्नुपर्छ, अरूका बारेमा होइन । मनोचिकित्सकहरूका अनुसार यौन सम्बन्ध शारीरिक प्रगाढताभन्दा बढी मनोवैज्ञानिक बन्धन हुन्छ ।

यौन सम्बन्ध बनाउनुलाई एउटा कर्तव्य मात्र बुझ्नुको पछाडि सामाजिक परिवेश अनुसार महिला पक्षले आफ्नो यौन–इच्छालाई महत्त्व नदिनु पनि प्रमुख कारण हो । महिलाका सम्पूर्ण इच्छा र कामना मनभित्रै तुहिन्छन् ।

तनावको असर

घर र घरबाहिरको कामको दबाबले व्यक्ति पूर्ण रूपमा थकित हुन्छ । त्यस स्थितिमा पूर्ण ताजापनका साथ शारीरिक सम्बन्धका लागि तयार रहन जटिल हुन्छ तर असम्भव भने छैन । समझदारी, प्रेम, धैर्यता एवं आपसी सहयोगबाट व्यक्तिले दिनभरको थकान मात्र भुल्दैन, एउटा नयाँ सुख र सन्तुष्टिको अनुभव पनि गर्न सक्छ ।

अभिव्यक्तिका कुरा

यौन सम्बन्ध बनाउनुलाई एउटा कर्तव्य मात्र बुझ्नुको पछाडि सामाजिक परिवेश अनुसार महिला पक्षले आफ्नो यौन–इच्छालाई महत्त्व नदिनु पनि प्रमुख कारण हो । महिलाका सम्पूर्ण इच्छा र कामना मनभित्रै तुहिन्छन् । महिलाले यो कुरालाई बुझ्नु आवश्यक छ कि बदलिँदो समयअनुसार पुरुष लजालु–सङ्कुचित श्रीमतीको स्थानमा खुलापन रुचाउँछन् । त्यसैले यौन सम्बन्धका बखत जब आफ्ना श्रीमान्लाई आफ्नो इच्छाका बारेमा अभिव्यक्त गरिन्छ निश्चित रूपमा उनले पनि रुचिका साथ आफ्नो भावनालाई बुझ्ने र सन्तुष्टि प्रदान गर्ने प्रयत्न गर्नेछन् ।

यौन सम्बन्धलाई दायित्वका रूपमा मात्र निर्वाह गर्नाले श्रीमान्–श्रीमतीको भावनात्मक सम्बन्धमा नकारात्मक असर पर्छ ।

पूर्ण सन्तुष्टि आवश्यक

यौन सम्बन्धलाई खाना पूर्ति गर्ने रूपमा मात्र निर्वाह गर्नाले सामान्य दाम्पत्य जीवन पनि अशान्त हुन सक्ने सम्भावना हुन्छ । यौन जीवनको एक–एक पलको आनन्दले दम्पतीको सम्बन्धमा नयाँ ऊर्जा एवं ताजापन प्रदान गर्छ । यौन सम्बन्धलाई दायित्वका रूपमा मात्र निर्वाह गर्नाले श्रीमान्–श्रीमतीको भावनात्मक सम्बन्धमा नकारात्मक असर पर्छ । जसरी वासनाले प्रेमलाई लामो समयसम्म जीवित राख्न सक्दैन त्यसरी नै सन्तुष्ट यौन सम्बन्धको अभावले पनि दाम्पत्य जीवनमा विपरीत असर पार्छ ।

प्रेम र यौन सम्बन्ध दुई अलग कुरा हुन् तर यो पनि सत्य हो कि एउटा पक्षको कमीले दाम्पत्य जीवनलाई अशान्त बनाउन सक्छ । त्यसैले आफ्नो जीवनको यो महत्त्वपूर्ण पक्षलाई बेवास्ता गर्नुहुँदैन ।

औपचारिकतालाई स्थान छैन

प्रेमपूर्वक एकसाथ रहेर आफ्नो मनका स–साना कुरा एवं आफ्नो इच्छा जीवनसाथीसँग बाँड्नाले आपसी सम्बन्ध प्रेमले भरिपूर्ण बन्छ । श्रीमान्–श्रीमतीबिच औपचारिकतालाई स्थान दिनुहुँदैन । आफ्नो साथीको आवश्यकता र इच्छाका बारेमा जानकारी त हुनुपर्छ नै साथै त्यसलाई पूरा गर्नका लागि आफूमा चाहना र प्रयास गर्ने आकाङ्क्षा पनि हुनुपर्छ । प्रेम र यौन सम्बन्ध दुई अलग कुरा हुन् तर यो पनि सत्य हो कि एउटा पक्षको कमीले दाम्पत्य जीवनलाई अशान्त बनाउन सक्छ । त्यसैले आफ्नो जीवनको यो महत्त्वपूर्ण पक्षलाई बेवास्ता गर्नुहुँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले