English

महिला र पुरुषको छालाको हेरचाह फरक–फरक



सुन्दरताको कुरा गर्दा प्रायः महिलाको कुरा मात्र हुने गर्छ । पुरुषहरूको छाला महिलाको तुलनामा कडा हुन्छ । त्यसैले, महिला र पुरुषको छालाको हेरचाह पनि फरक–फरक तरिकाले नै गर्नुपर्ने हुन्छ । तर, यस्ता केही घरेलु उपाय अपनाएर तपाईंले आफ्नो अनुहारमा चमक ल्याउन सक्नुहुन्छ ।

डेड स्किन, ब्ल्याक हेड्स हटाउनका लागि हप्तामा कम्तिमा दुईपटक स्क्रब गर्नुपर्छ । यसले अनुहारमा निखार ल्याउनुका साथै छालालाई पनि ताजा गराउँछ । पुरुषका लागि चामलबाट बनेको स्क्रब उपयोगी हुन्छ ।

दही

दहीबाट स्क्रब गर्नका लागि आधा कप दहीमा २ चम्चा चामलको पिठो मिसाउनुहोस् । यसरी तयार हुने पेस्टलाई चाहेको भागमा लगाउनुहोस् र १० मिनेटपछि पानीले सफा गर्नुहोस् ।

मेवा

मेवाले पाचन क्रियालाई सन्तुलित राख्नुका साथै अनुहारबाट दाग–धब्बा हटाउनमा पनि काम आउँछ । यसका लागि काँक्रो, मेवा र टमाटरको रस बराबर मात्रामा मिसाएर अनुहारमा लगाउनुस् ।
लगाएको २० मिनेटपछि चिसो पानीले सफा गर्नुहोस् । यसको प्रयोगपछि विस्तारै दागहरू हराएर जान्छ ।

टमाटर

टमाटरमा लिकोपेन तत्व पाइन्छ, जुन छालाका लागि एन्टी–एन्जिङको रूपमा पनि काम गर्छ । सौन्दर्य विशेषज्ञहरू भन्छन्, यदि अनुहारमा चमक ल्याउने हो भने टमाटरमा मह मिसाएर अनुहारमा लगाउनुहोस् । यसलाई केही दिनसम्म लगातार लगाउनुभयो भने तपाईंले छिट्टै परिवर्तन भएको महसुस गर्न थाल्नुहुनेछ ।

स्याउ

पुरुषहरूको छालाका लागि स्याउ निकै नै फाइदाजनक मानिन्छ । स्याउको पातलो चानालाई मह र जौको पिठो मिसाएर पेस्ट तयार पार्नुहोस् । यसरी तयार भएको पेस्टलाई अनुहारमा लगाउनुहोस् । पेस्ट लगाएको ३० मिनेटपछि मनतातो पानीले अनुहारलाई धुनुहोस् । यसो गर्दा केही दिनमै अनुहार सफा र आकर्षक देखिन्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested