English

महिला र पुरुषको छालाको हेरचाह फरक–फरक



सुन्दरताको कुरा गर्दा प्रायः महिलाको कुरा मात्र हुने गर्छ । पुरुषहरूको छाला महिलाको तुलनामा कडा हुन्छ । त्यसैले, महिला र पुरुषको छालाको हेरचाह पनि फरक–फरक तरिकाले नै गर्नुपर्ने हुन्छ । तर, यस्ता केही घरेलु उपाय अपनाएर तपाईंले आफ्नो अनुहारमा चमक ल्याउन सक्नुहुन्छ ।

डेड स्किन, ब्ल्याक हेड्स हटाउनका लागि हप्तामा कम्तिमा दुईपटक स्क्रब गर्नुपर्छ । यसले अनुहारमा निखार ल्याउनुका साथै छालालाई पनि ताजा गराउँछ । पुरुषका लागि चामलबाट बनेको स्क्रब उपयोगी हुन्छ ।

दही

दहीबाट स्क्रब गर्नका लागि आधा कप दहीमा २ चम्चा चामलको पिठो मिसाउनुहोस् । यसरी तयार हुने पेस्टलाई चाहेको भागमा लगाउनुहोस् र १० मिनेटपछि पानीले सफा गर्नुहोस् ।

मेवा

मेवाले पाचन क्रियालाई सन्तुलित राख्नुका साथै अनुहारबाट दाग–धब्बा हटाउनमा पनि काम आउँछ । यसका लागि काँक्रो, मेवा र टमाटरको रस बराबर मात्रामा मिसाएर अनुहारमा लगाउनुस् ।
लगाएको २० मिनेटपछि चिसो पानीले सफा गर्नुहोस् । यसको प्रयोगपछि विस्तारै दागहरू हराएर जान्छ ।

टमाटर

टमाटरमा लिकोपेन तत्व पाइन्छ, जुन छालाका लागि एन्टी–एन्जिङको रूपमा पनि काम गर्छ । सौन्दर्य विशेषज्ञहरू भन्छन्, यदि अनुहारमा चमक ल्याउने हो भने टमाटरमा मह मिसाएर अनुहारमा लगाउनुहोस् । यसलाई केही दिनसम्म लगातार लगाउनुभयो भने तपाईंले छिट्टै परिवर्तन भएको महसुस गर्न थाल्नुहुनेछ ।

स्याउ

पुरुषहरूको छालाका लागि स्याउ निकै नै फाइदाजनक मानिन्छ । स्याउको पातलो चानालाई मह र जौको पिठो मिसाएर पेस्ट तयार पार्नुहोस् । यसरी तयार भएको पेस्टलाई अनुहारमा लगाउनुहोस् । पेस्ट लगाएको ३० मिनेटपछि मनतातो पानीले अनुहारलाई धुनुहोस् । यसो गर्दा केही दिनमै अनुहार सफा र आकर्षक देखिन्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको