English

चम्किलो छालाका लागि नरिवलको तेल उत्तम



नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ ।

घरमै डिप क्लिजिङ गर्न चाहनुहुन्छ भने पनि तरिवलको तेलको सहारा लिन सक्नुहुन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाउनुपर्छ । बेकिङ सोडामा एन्टिब्याट्रेरियल र एन्टिइन्फल्माटोरीको गुण हुन्छ, जसलाई डिप क्लिन्जरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

नरिवलको तेल अनुहारको रिङकल्स हटाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि नरिवलको तेलमा बेसार र दूध मिसाउनुपर्छ । दूधमा ल्याक्टिक एसिड हुन्छ, जसले स्किनलाई चम्किलो बनाउन सहयोग गर्छ । यस्तो मिश्रणको प्रयोगले रिङकल्स हटाउन ठूलो भूमिका निर्वाह गर्छ ।

चम्किलो छालाका लागि पनि नरिवलको तेलको सहारा लिन सक्नुहुन्छ, जसका लागि नरिवलको तेलमा भिटामिन ईको क्याप्सुल मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । थुप्रै ब्युटी प्रडक्टमा भिटामिन ईको प्रयोग गरिएको हुन्छ । यस्तो मिश्रणलाई अनुहारमा लगाएर १० मिनेटसम्म छोडिदिनुहोस् । यसले तपाईंको स्किनलाई हाइड्रेट राख्छ । यसलाई रातको समय मास्कको रूपमा प्रयोग गरी अर्को दिन सफा गर्न सक्नुहुन्छ ।

धेरैजसोको अनुहारमा दाग देखिने समस्या हुन्छ । यस्तो समस्याका लागि नरिवलको तेलको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई सुत्नुअघि हरेक दिन प्रयोग गर्न सक्नुहुन्छ ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको