English

यस्ता रोगमा लाभदायक छ अमला



हिउँद अमलाको सिजन हो । अमलालाई स्वास्थ्यका दृष्टिकोणले एकदमै लाभदायी फलका रूपमा लिइन्छ । अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्रिय फल हो ।

अमला भिटामिन ‘सी’को ठूलो स्रोत हो । यसलाई घरायसी औषधिका साथै आयुर्वेदमा पनि औषधिका रूपमा प्रयोग गरिन्छ । अमला सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्दछ ।

भिटामिन ‘सी’ शरीरका लागि अत्यावश्यक चिज हो । जसको कमीका कारण स्कर्भी, छालाको रोग, रक्तनली र मुटुको रोग लाग्ने सम्भावना हुन्छ । यसलाई भिटामिन सीको भण्डार नै मानिन्छ । महिलामा हुने सेतो पानी बग्ने समस्याबाट छुटकारा पाउन अमलाको सेवन गर्नु एकदमै उत्तम हुन्छ ।

अमलाको ३ देखि ५ ग्राम धुलोलाई एक चम्चा महमा मिलाएर खाँदा समस्या केही हदसम्म कम हुन्छ । यसले पेट दुख्ने समस्याका लागि फाइदा पुर्याउँछ । अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई दैनिक प्रयोग गर्ने हो भने कब्जियत हुनबाट बचाउँछ । यस्तै, सुकेको अमलामा हर्रो र बर्रोको धुलो नियमित रूपमा पानीसँग मिसाएर खाँदा आउँ, अपच भएकालाई फाइदा हुन्छ ।

अमलाको चुर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ । यो नियमीत रुपमा खानाले शरीर बलियो फूर्तिलो समेत हुन्छ ।

अमलाका फाइदाहरू

-यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट बचाउँछ।

-भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मु-क्ति दिलाउँछ।-

-नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। साथै रगत सफागर्ने काम गर्छ ।

-अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ।

-अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ।

-अमलाको चुर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ ।

-अमला नियमित रुपमा खानाले शरीर बलियो फूर्तिलो समेत हुन्छ ।

यो पनि…
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?
गौतम बुद्धले संसारलाई दिए यी १० सन्देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested