English

सुकुमेलले गर्छ कब्जियतदेखि मुटुरोगसम्मलाई फाइदा



भान्सामा पाइने सुकुमेल चिया र खानाको स्वाद बढाउन मात्र नभई धेरै स्वास्थ्य समस्याहरू हटाउन पनि प्रयोग गरिन्छ । मसलाको रानी भनेर चिनिने सुकुमेलमा धेरै औषधीय गुणहरू भेटिन्छन् । जसले शरीरलाई विभिन्न रोगबाट बचाउन मद्दत गर्छ ।

सुकुमेलमा भिटामिन, रिबोफ्लेविन, नियासिन, भिटामिन–‘सी’, मिनरल्स, आइरन, क्याल्सियम, पोटासियम र म्याग्नेसियम जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ । यति मात्र होइन, सुकुमेलमा एन्टिअक्सिडेन्ट र डाइयुरेटिक गुण पनि हुन्छ । जसले तौल बढ्नेदेखि रक्तचापसम्म नियन्त्रण गर्न मद्दत गर्छ ।

मुखको दुर्गन्ध हटाउँछ
-धेरैलाई सासको दुर्गन्धले समस्या निम्त्याएको हुन्छ । सुकुमेलमा यस्तो औषधीय गुण हुन्छ जसलाई चपाइरहँदा मुखको दुर्गन्ध हटाउन मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
-इम्युनिटी बलियो बनाउन सुकुमेलको सेवन निकै फाइदाजनक मानिन्छ । सुकुमेल भुटेर त्यससँग मह खाँदा पनि रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सक्रिय हुन्छ ।

फोक्सोको लागि राम्रो
नियमितरूपमा सुकुमेलको प्रयोग फोक्सोको लागि पनि धेरै राम्रो मानिन्छ । सुकुमेलले फोक्सोमा रक्तसञ्चार सुधार गर्छ । यसको सेवनले मुटुको समस्याबाट पनि टाढा राख्छ ।

रुघाखोकीमा फाइदा
दम, खोकी, रुघाखोकी जस्ता समस्या भएका व्यक्तिहरूलाई पनि सुकुमेलको सेवनले फाइदा पुर्‍याउँछ ।

तौल घटाउन उपयोगी
सुकुमेलमा धेरै तत्त्व हुन्छन् जसले तौल घटाउन मद्दत गर्छ । सुकुमेललाई खानामा समावेश गर्नाले यसमा पाइने पोषक तत्त्वले छिटो तौल घटाउन मद्दत गर्छ । यदि, सुकुमेललाई उमालेर यसको पानी हरेक बिहान पिउने हो भने पाचन प्रक्रिया ठीक रहन्छ र तौल घट्छ ।

कब्जियत
कब्जियतको समस्या छ भने सुकुमेललाई पानीमा पकाएर त्यसको पानी पिउन सकिन्छ । यसो गर्नाले कब्जियत र अपचका कारण हुने एसीडीटीको समस्याबाट छुटकारा मिल्छ ।

घाँटी दुखेको
बदलिँदो मौसमका कारण घाँटीको समस्याबाट हैरान हुनुहुन्छ भने सुकुमेलको सेवन गर्नुहोस् । यसले घाँटी दुख्ने समस्यालाई तुरुन्तै ठीक गर्छ ।

यो पनि…
उल्टो हिँड्दा हुने फाइदा
समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested