English

यी हुन् शरीरमा दुबी आउनुको कारण, के छ यसको उपचार ?



डा. विकास पौडेल, छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ

छाला सौन्दर्यसँग जोडिएको प्रमुख अंग हो । छालामा लाग्ने विभिन्न रोगका कारण मानिसहरु समस्यामा पर्छन् । जसमध्ये दुबी पनि एक हो । दुबी एक किसिमको रोग हो । कसैमा छालाको रङको समस्या बढी भएर सेतो दाग देखिन्छ । जसलाई सेतो दुबी भनिन्छ । जसले सौन्दर्यमा आघात पु¥याउँछ । त्यसैले छालामा दुबी आउने कारण के हो ? यसको उपचार कसरी हुन्छ ? भन्ने विषयमा छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ डा.विकास पौडेलको सुझाव यस्तो छ ः

दुबि आउने कारण ?
छालाको बाहिरी भागमा सेतोे दाग देखिने र फैलिने समस्यालाई अंगे्रजीमा ‘भिटिलिगो’ भनिन्छ र नेपालीमा दुबी भनिन्छ । सेतो दुबी, जुन शरीरमा रङ उत्पादन गर्ने ‘मेलानोसाइट’ नष्ट भएर हुन्छ ।दुबीले शारीरिक रूपमा कुनै असर पार्दैन । तर, यसले मानसिक रूपमा हिनता बोधको सिकार बनाउँछ । सेतो दुबीले ओठ तथा औंलाहरू पूरै सेतो बनाउँछ । ‘मेलानोसाइट’ कोषले शरीरमा रङ उत्पादन गर्ने काम गर्छ । यो कुनै कारणले नष्ट भयो भने शरीरमा रङ हराउँदै जान्छ ।

केही व्यक्तिमा वंशाणुगत कारणले पनि यो समस्या देखिने गर्छ । कसैलाई गहिरो चोटपटक लाग्यो र त्यसले गर्दा रङ बनाउने कोषमा असर पनै गयो भने पनि यो समस्या देखिन सक्छ । बढी तनावमा रहने मानिसमा पनि सेतो दुबी देखिन सक्छ । यो समस्या जुन सुकै उमेर समूहलाई हुनसक्छ । कसैको कुनै निश्चित भागमा मात्र रङ हराउन सक्छ । कसैको शरीरभरको रङ हराउँछ । यसको लक्षण भनेको छालाको रङ सेतो हुनु मात्र हो । अन्य कुनै पनि लक्षण यसमा देखिदैँन ।

दुबी आएको व्यक्तिले के–के ध्यान दिनु पर्छ ?
– दुबी आएका व्यक्तिले चोटपटक लाग्ने काम नगर्ने
– टाइट कपडाहरु नलगाउने
– कडा घाममा नबस्ने
– धुम्रपान, मद्यपान नगर्ने
– तनाव नलिने

उपचार ?
– सामान्य दुबी भएमा औषधि लगाएर तथा सेवन गरेर नै उपचार हुन्छ ।
– धेरै फैलिएमा फोटो थेरापीबाट यसको उपचार गरिन्छ गर्भवती महिला तथा बालबालिकाहरुको लागि पनि यो उपचार गर्न मिल्छ ।
– यी दुई प्रविधिबाट निको नभएको खण्डमा शल्यक्रिया गर्नु पर्छ ।
– समयमा उपचार भयो भने यो रोग पूर्ण रुपमा निको हुन सक्छ तर, धेरै फैलिएको अवस्था छ भने उपचार सम्भव नहुन पनि सक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested