English

यी हुन् शरीरमा दुबी आउनुको कारण, के छ यसको उपचार ?



डा. विकास पौडेल, छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ

छाला सौन्दर्यसँग जोडिएको प्रमुख अंग हो । छालामा लाग्ने विभिन्न रोगका कारण मानिसहरु समस्यामा पर्छन् । जसमध्ये दुबी पनि एक हो । दुबी एक किसिमको रोग हो । कसैमा छालाको रङको समस्या बढी भएर सेतो दाग देखिन्छ । जसलाई सेतो दुबी भनिन्छ । जसले सौन्दर्यमा आघात पु¥याउँछ । त्यसैले छालामा दुबी आउने कारण के हो ? यसको उपचार कसरी हुन्छ ? भन्ने विषयमा छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ डा.विकास पौडेलको सुझाव यस्तो छ ः

दुबि आउने कारण ?
छालाको बाहिरी भागमा सेतोे दाग देखिने र फैलिने समस्यालाई अंगे्रजीमा ‘भिटिलिगो’ भनिन्छ र नेपालीमा दुबी भनिन्छ । सेतो दुबी, जुन शरीरमा रङ उत्पादन गर्ने ‘मेलानोसाइट’ नष्ट भएर हुन्छ ।दुबीले शारीरिक रूपमा कुनै असर पार्दैन । तर, यसले मानसिक रूपमा हिनता बोधको सिकार बनाउँछ । सेतो दुबीले ओठ तथा औंलाहरू पूरै सेतो बनाउँछ । ‘मेलानोसाइट’ कोषले शरीरमा रङ उत्पादन गर्ने काम गर्छ । यो कुनै कारणले नष्ट भयो भने शरीरमा रङ हराउँदै जान्छ ।

केही व्यक्तिमा वंशाणुगत कारणले पनि यो समस्या देखिने गर्छ । कसैलाई गहिरो चोटपटक लाग्यो र त्यसले गर्दा रङ बनाउने कोषमा असर पनै गयो भने पनि यो समस्या देखिन सक्छ । बढी तनावमा रहने मानिसमा पनि सेतो दुबी देखिन सक्छ । यो समस्या जुन सुकै उमेर समूहलाई हुनसक्छ । कसैको कुनै निश्चित भागमा मात्र रङ हराउन सक्छ । कसैको शरीरभरको रङ हराउँछ । यसको लक्षण भनेको छालाको रङ सेतो हुनु मात्र हो । अन्य कुनै पनि लक्षण यसमा देखिदैँन ।

दुबी आएको व्यक्तिले के–के ध्यान दिनु पर्छ ?
– दुबी आएका व्यक्तिले चोटपटक लाग्ने काम नगर्ने
– टाइट कपडाहरु नलगाउने
– कडा घाममा नबस्ने
– धुम्रपान, मद्यपान नगर्ने
– तनाव नलिने

उपचार ?
– सामान्य दुबी भएमा औषधि लगाएर तथा सेवन गरेर नै उपचार हुन्छ ।
– धेरै फैलिएमा फोटो थेरापीबाट यसको उपचार गरिन्छ गर्भवती महिला तथा बालबालिकाहरुको लागि पनि यो उपचार गर्न मिल्छ ।
– यी दुई प्रविधिबाट निको नभएको खण्डमा शल्यक्रिया गर्नु पर्छ ।
– समयमा उपचार भयो भने यो रोग पूर्ण रुपमा निको हुन सक्छ तर, धेरै फैलिएको अवस्था छ भने उपचार सम्भव नहुन पनि सक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली