English

बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?



शरीरलाई स्वस्थ राख्न हामीले दैनिक पानी पिउनुपर्छ । चिकित्सकहरूका अनुसार हामीले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ । बिहान ब्रस गर्नुअघि पानी पिउनु फाइदाजनक हुन्छ भन्ने चिकित्सकहरू सुझाउँछन् ।

ब्रस गर्नुअघि पानी पिउँदा हुने फाइदा

पाचन शक्ति बढ्छ
-बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने तपाईंको पाचन शक्ति बढ्छ । फलस्वरूप तपाईंले जे खानुहुन्छ त्यो सजिलै पच्छ । शरीरमा फोहोर जम्मा हुँदा आलस्य, पिम्पल, पेट रोग, अपचजस्ता धेरै रोग लाग्न सक्छ ।

-बिहान ब्रस गर्नुअघि पानी पिउनाले शरीरबाट विषाक्त तत्त्व बाहिर निस्कन्छ ।

-राति सुत्दा शरीरमा पानीको प्रयोग बढी हुन्छ, जसका कारण कहिलेकाहीँ तिर्खा लाग्छ । त्यसैले बिहान उठेर पानी पिउनुपर्छ ताकि पानीको कमी नहोस् ।

-ब्रस गर्नुअघि पानी पिउनुभयो भने मुखमा ब्याक्टेरिया जम्मा हुँदैन ।

-मुखमा हुने कीटाणु र ब्याक्टेरिया राति बढ्छ, यदि तपाईंले बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने तपाईंको मुख कीटाणुमुक्त हुन्छ र त्यसपछि ब्रस गर्नु बढी फाइदाजनक हुन्छ ।

-बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यदि तपाईंलाई बारम्बार रूघाखोकी वा रूघाखोकीको लक्षण देखिन्छ भने बिहान पानी पिउनुपर्छ ।

-बिहान खाली पेटमा वा ब्रस नगरी पानी पिउनाले छाला र कपाल पनि राम्रो हुन्छ ।

-बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ ।

-विहान ब्रस नगरी पानी पिउने हो भने मोटोपनाको समस्याबाट पनि बच्न सकिन्छ भन्ने धेरै विज्ञहरूको विश्वास छ ।

-बिहान मुख सुख्खा हुने समस्याका कारण बिहान उठेर पानी पिउनाले सास गन्हाउने समस्याबाट बच्न सकिन्छ । मुख सुख्खा हुने समस्या र्‍याल उत्पादन कम हुँदा हुन्छ । मुखमा रहेको ब्याक्टेरिया हटाउन र्‍याल आवश्यक हुन्छ तर सुत्ने बेलामा र्‍यालको मात्रा कम हुँदा मुखमा ब्याक्टेरिया बढ्छ, जसका कारण मुखबाट दुर्गन्ध आउँछ, त्यसैले बिहान ब्रस गर्नुअघि पानी पिउनुपर्छ ।

ब्रस गरिसकेपछि
ब्रस गरिसकेपछि पानी मात्र नभई कुनै पनि खानेकुरा खानु हुँदैन । ब्रस गरिसकेपछि पानी पिउनाले ब्रस गर्नुको फाइदा कम हुन्छ । ब्रस गरिसकेपछि पानी पिउनाले टूथपेस्टको गुणस्तर घट्छ ।

तपाईंले ब्रस गरेको १५ देखि २० मिनेटपछि मात्र कुनै पनि खानेकुरा वा पिउनुपर्छ । बिहान ब्रस गर्नुअघि पानी पिउनुपर्छ, ब्रस गरिसकेपछि पानी पिउनुहुन्छ भने २० मिनेटपछि पिउनुहोस् वा केही खानुहोस् ।

यो पनि…
गहिरो निद्राका लागि के-के खाने ?
हिँडाइ उत्कृष्ट व्यायाम



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested