English

शरीरमा सेतो रक्त कोशिका बढाउने घरेलु उपाय



सेतो रक्त कोशिका रगतमा उपस्थित कोशिकाहरूको एक प्रकार हो । यसले सङ्क्रामक रोगहरू र बाह्य हानिकारक प्रभावहरूबाट हाम्रो शरीरका कोशिकाहरूलाई जोगाउँछन् ।

यस्तो अवस्थामा हाम्रो शरीरमा सेतो रक्त कोशिकाको कमी भयो भने हामी धेरै रोगको चपेटामा पर्न सक्छौँ । त्यसैले शरीरमा सेतो रक्त कोशिकाहरूलाई नियन्त्रण गर्न धेरै महत्त्वपूर्ण छ ।

केही यस्ता घरेलु उपायहरू छन्, जसको सहायताले सेतो रक्त कोशिका बढाउन सकिन्छ । सेतो रक्त कोशिका बढाउने घरेलु उपाय यस प्रकार छ :

मेवाको पात
मेवाको पातमा एसिटोजेनिन्स हुन्छ जसले शरीरमा रक्त कोशिकाको सक्रियता बढाउँछ । यसबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यसका साथै मेवाको पात डेंगु ज्वरोमा पनि फाइदाजनक हुन्छ ।

शरीरमा सेतो रक्त कोशिकाहरू बढाउनको लागि मेवाको पातलाई राम्ररी धोएर यसमा अलिकति पानी राखी मिक्सरमा पिस्नुहोस् । यो जुसलाई फिल्टर गरेर नियमित पिउनुहोस् । स्वादका लागि यसमा मह पनि मिसाउन सक्नुहुन्छ । यसले शरीरमा सेतो रक्त कोशिकाहरू बढाउन सहयोग गर्छ ।

लसुन
लसुन शरीरमा सेतो रक्त कोशिका बढाउनका लागि निकै फाइदाजनक हुन्छ । यसमा इम्युनोमोड्युलेटरी र एन्टी–इन्फ्लेमेटरी गुणहरू छन् जुन शरीरमा सेतो रक्त कोशिकाहरू बढाउन प्रभावकारी हुन सक्छ ।

बिहान खाली पेटमा यसको नियमित सेवन गर्नाले शरीरलाई फाइदा हुन्छ । यसको साथै लसुनलाई धेरै प्रकारका परिकारमा पनि समावेश गर्न सकिन्छ । यसले शरीरमा सेतो रक्त कोशिकाहरू बढाउँछ ।

दही
दही स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ । यो रगतमा सेतो रक्त कोशिका बढाउन पनि लाभदायक छ । सेतो रक्त कोशिकाहरू बढाउन, नियमित रूपमा आफ्नो आहारमा एक कचौरा दही समावेश गर्नुहोस् ।

सूर्यमुखीको बिउ

सूर्यमुखीको बीउमा फस्फोरस, म्याग्नेसियम, भिटामिन ‘ई’, भिटामिन ‘बी ६’ जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ, जसले सङ्क्रमणसँग लड्न मद्दत गर्छ । शरीरमा सेतो रक्त कोशिका बढाउन यसलाई नियमित रूपमा आफ्नो सलादमा समावेश गर्न सक्नुहुन्छ ।

यो पनि….
दूध र दहीको सेवन कति फाइदाजनक ?

निद्राको कमीले स्वास्थ्यमा असर पर्न सक्छ
जीवन मन्त्र : जुनसुकै काम इमान्दारी र पूर्ण समर्पणका साथ गर्नुहोस्
दौडनुअघि जान्नुहोस् यी १० नियम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested