English

दूध र दहीको सेवन कति फाइदाजनक ?



हाम्रो समाजमा दूधको बारेमा धेरै गलत धारणा रहेको पाइन्छ । हाड जोर्नीको लागि क्याल्सियमको आपूर्ति गर्न प्रशस्त मात्रामा दूध खानेहरू धेरै छन् । प्राचीन कालदेखि नै दैनिक दूध खाने चलन भएको हामी सबैलाई थाहा भएकै कुरा हो ।

पोषणको दृष्टिकोणले हेर्ने हो भने दूधलाई एउटा पोषिलो खानाको रूपमा लिन सकिन्छ । यसले पर्याप्त क्यालोरी प्रदान गर्छ, जसले हामीलाई शक्ति प्रदान गर्छ ।

बालबालिकाको शारीरिक विकासको लागि प्रोटिन नभई नहुने कुरा हो । दूध प्रोटिनको धेरै राम्रो हो । बिरामीहरूलाई पनि प्रोटिन र एनर्जी चाहिने भएकोले दूध खानु अत्यन्तै उपयोगी हुन्छ । त्यसैले एनर्जी र प्रोटिनको आवश्यकता भएमा दैनिक दूध खान मिल्छ ।

दूधका यी फाइदाहरू यसको एउटा पक्ष मात्रै हो । दूधका अनेक बेफाइदाहरू पनि छन् । विशेष गरी चिल्लो नझिकिएको दूधमा पर्याप्त मात्रामा कोलेस्ट्रोल हुन्छ । गाईको दूध भन्दा भैँसीको दूधमा झन् बढी कोलेस्ट्रोल र क्यालोरी हुन्छ ।

एउटा स्वस्थ पुरुष वा महिलालाई थप क्यालोरी र कोलेस्ट्रोल दुवैको आवश्यकता हुँदैन । दूधको प्रयोग गरेमा कोलेस्ट्रोल बढ्ने र अनावश्यक क्यालोरीले मोटोपनाको सम्भावना पनि बढाउने हुनाले दूधको प्रयोग गर्नुपर्ने आवश्यकता नरहेको तथ्य बुझ्न सकिन्छ ।

दूधमा पाइने कोलेस्ट्रोलले रगतमा कोलेस्ट्रोलको मात्रा बढाएर मुटु रोग निम्ताउने सम्भावना बढाउँछ । त्यस कारण बढ्दो बालबालिकालाई छोडेर कसैले पनि फ्याट भएको दूध नै खानु जरुरी देखिँदैन । कुपोषण भएका वा बिरामीहरूलाई दूध दिनु छुटै कुरा हो ।

लो फ्याट दूध जसमा फ्याटको मात्रा १–२ प्रतिशत भन्दा कम हुन्छ, नेपालमा सजिलैसँग नपाइने भएकोले चिल्लो फ्याट झिकेको दूध थोरै मात्रामा खान मिल्छ । तर मोटो मानिसले वा कोलेस्ट्रोल बढी भएको व्यक्तिले दूध नखाए राम्रो हुन्छ । चियामा पनि धेरै दूधको प्रयोग नगरेको राम्रो हुन्छ ।

दूधबाट फ्याट (छाली, तर) झिकेर बनाएको दही भने खान मिल्छ । फ्याट वा गुलियो नभएको दही स्वास्थ्यको लागि राम्रो मानिन्छ । प्रतिदिन खानामा चिल्लो कम भएको सादा (गुलियो नभएको) दही खानु राम्रो हुन्छ । यसले खानालाई स्वादिष्ट मात्रै होइन, स्वास्थ्यकर पनि बनाउँछ ।

स्वास्थ्य व्यक्तिले दूध र दही खानु हुन्छ तर कोलेस्ट्रोल वा मोटोपनाले भएका व्यक्तिले नखाएको राम्रो । कोलेस्ट्रोल र मोटोपना भएका व्यक्तिले कल्सियम र प्रोटिनको लागि दूधको साटो अरू सुरक्षित खाना रोज्न सक्छन् ।

यो पनि…

निद्राको कमीले स्वास्थ्यमा असर पर्न सक्छ
जीवन मन्त्र : जुनसुकै काम इमान्दारी र पूर्ण समर्पणका साथ गर्नुहोस्
दौडनुअघि जान्नुहोस् यी १० नियम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested