English

दूध र दहीको सेवन कति फाइदाजनक ?



हाम्रो समाजमा दूधको बारेमा धेरै गलत धारणा रहेको पाइन्छ । हाड जोर्नीको लागि क्याल्सियमको आपूर्ति गर्न प्रशस्त मात्रामा दूध खानेहरू धेरै छन् । प्राचीन कालदेखि नै दैनिक दूध खाने चलन भएको हामी सबैलाई थाहा भएकै कुरा हो ।

पोषणको दृष्टिकोणले हेर्ने हो भने दूधलाई एउटा पोषिलो खानाको रूपमा लिन सकिन्छ । यसले पर्याप्त क्यालोरी प्रदान गर्छ, जसले हामीलाई शक्ति प्रदान गर्छ ।

बालबालिकाको शारीरिक विकासको लागि प्रोटिन नभई नहुने कुरा हो । दूध प्रोटिनको धेरै राम्रो हो । बिरामीहरूलाई पनि प्रोटिन र एनर्जी चाहिने भएकोले दूध खानु अत्यन्तै उपयोगी हुन्छ । त्यसैले एनर्जी र प्रोटिनको आवश्यकता भएमा दैनिक दूध खान मिल्छ ।

दूधका यी फाइदाहरू यसको एउटा पक्ष मात्रै हो । दूधका अनेक बेफाइदाहरू पनि छन् । विशेष गरी चिल्लो नझिकिएको दूधमा पर्याप्त मात्रामा कोलेस्ट्रोल हुन्छ । गाईको दूध भन्दा भैँसीको दूधमा झन् बढी कोलेस्ट्रोल र क्यालोरी हुन्छ ।

एउटा स्वस्थ पुरुष वा महिलालाई थप क्यालोरी र कोलेस्ट्रोल दुवैको आवश्यकता हुँदैन । दूधको प्रयोग गरेमा कोलेस्ट्रोल बढ्ने र अनावश्यक क्यालोरीले मोटोपनाको सम्भावना पनि बढाउने हुनाले दूधको प्रयोग गर्नुपर्ने आवश्यकता नरहेको तथ्य बुझ्न सकिन्छ ।

दूधमा पाइने कोलेस्ट्रोलले रगतमा कोलेस्ट्रोलको मात्रा बढाएर मुटु रोग निम्ताउने सम्भावना बढाउँछ । त्यस कारण बढ्दो बालबालिकालाई छोडेर कसैले पनि फ्याट भएको दूध नै खानु जरुरी देखिँदैन । कुपोषण भएका वा बिरामीहरूलाई दूध दिनु छुटै कुरा हो ।

लो फ्याट दूध जसमा फ्याटको मात्रा १–२ प्रतिशत भन्दा कम हुन्छ, नेपालमा सजिलैसँग नपाइने भएकोले चिल्लो फ्याट झिकेको दूध थोरै मात्रामा खान मिल्छ । तर मोटो मानिसले वा कोलेस्ट्रोल बढी भएको व्यक्तिले दूध नखाए राम्रो हुन्छ । चियामा पनि धेरै दूधको प्रयोग नगरेको राम्रो हुन्छ ।

दूधबाट फ्याट (छाली, तर) झिकेर बनाएको दही भने खान मिल्छ । फ्याट वा गुलियो नभएको दही स्वास्थ्यको लागि राम्रो मानिन्छ । प्रतिदिन खानामा चिल्लो कम भएको सादा (गुलियो नभएको) दही खानु राम्रो हुन्छ । यसले खानालाई स्वादिष्ट मात्रै होइन, स्वास्थ्यकर पनि बनाउँछ ।

स्वास्थ्य व्यक्तिले दूध र दही खानु हुन्छ तर कोलेस्ट्रोल वा मोटोपनाले भएका व्यक्तिले नखाएको राम्रो । कोलेस्ट्रोल र मोटोपना भएका व्यक्तिले कल्सियम र प्रोटिनको लागि दूधको साटो अरू सुरक्षित खाना रोज्न सक्छन् ।

यो पनि…

निद्राको कमीले स्वास्थ्यमा असर पर्न सक्छ
जीवन मन्त्र : जुनसुकै काम इमान्दारी र पूर्ण समर्पणका साथ गर्नुहोस्
दौडनुअघि जान्नुहोस् यी १० नियम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,