English

सधैं फुर्तिलो रहन यसरी गर्नुहोस् व्यायाम



अचेल सुख-सुविधा र साधनहरूको उपयोगसँगै मान्छेलाई अल्छि र रोगी बनाउँदैछ । अहिले कसै न कसैलाई मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, नसा च्यापिने, हड्डी खिइने जस्तो रोगले ग्रस्त पाउनुहुनेछ ।

यस्तो समस्याबाट छुटकारा पाउन हामीले प्रातः भ्रमण (मर्निङ्ग वाकमा) जाने, दौडने, डोरी (स्किपिङ्ग) खेल्ने, पिटी खेल्ने, टे्रड मिल चलाउने, खेल खेल्ने, पौडी खेल्ने, पैदल यात्रामा जाने, नाच्ने, योग गर्ने, एरोविक्स, जुम्बा, बैले, साल्सा गर्ने, हाइकिङ्ग जाने, बाटामा साइकिल चलाउने, स्टाटिक साइकिल चलाउने, जिम जाने, सिँडी उक्लिने, कम्फुकराँते, उसु खेल्ने, डुङ्गा खियाउने, पानीमा गरिने व्यायामहरू गर्ने, करेसा बारी वा बगैँचाको काममा संलग्न रहने आदि गर्नुपर्दछ जुन व्यायामले शारीरिक सक्रियता बढाउँछ ।

विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य रक्षाका लागि गरिने वैज्ञानिक व्यायाममा निम्न विशेषताहरूलाई अपरिहार्य मानेको छ–

व्यायाम गर्ने तरिका

१. व्यायाम गर्ने भन्दैमा जथाभावी सुरू गर्नु हुँदैन । यसको पूर्वतयारी पनि गर्नुपर्छ । सकभर प्राकृतिक सौन्दर्यले परिपूर्ण, प्रदूषणरहित, यथेष्ट हावा खेल्ने र प्रकाश भएको ठाउँको चयन गर्नुपर्छ ।

२. सुरु गर्नुभन्दा आधा घण्टा पहिले पर्याप्त र सुरु गर्नु ठीक पहिले दुई घुट्की पानी पिउनुपर्छ भने व्यायाम सकेको लगत्तै पानी पिउनुहुँदैन ।

३. मुटुरोग, मधुमेह, उच्च रक्तचापजस्ता विशेष रोग र अवस्था भएका रोगीले जथाभावी व्यायाम नगरेर चिकित्सकले तोकिदिएको व्यायाम मात्र गर्नुपर्छ ।

४. व्यायाम आफ्नो क्षमताले भ्याएसम्म मात्र गर्नुपर्छ, प्रतिस्पर्धामा आएर, जोसिएर जथाभावी गर्न खोज्नु हुँदैन । सुरु गर्नुभन्दा पहिले वार्मिङ्ग (अप र शिथिलीकरण-लुजनिङ्ग) व्यायाम गर्नुपर्ने हुन्छ ।

५. व्यायाम विशेषका पहिरन, जस्तै जुत्ता, पेटी, टी-सर्ट, छन् भने पहिरिएर मात्र गर्नुपर्छ । साथै, यी सामग्रीहरू आरामदायी हुनु अत्यन्त जरूरी छ ।

६. व्यायाम गर्दा आत्तिने, तनावमा आउने गर्नु हुँदैन । निर्धक्क भई निश्चित समय तोकी नियमित गर्नुपर्छ र व्यायाम सकेपछि एकछिन आराम गर्नुपर्छ ।

यो पनि…
गर्मीमा खानुहोस् यी चीज
दाँत दुखाइबाट बच्ने उपाय
दिनमा कति कपसम्म चिया-कफी पिउने ?
गलत कामको असर
बिहान सबेरै नगर्नुहोस् यी गल्ती

आफूलाई ऊर्जावान् राख्न बिहानको यी बानी बदल्नुहोस्
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested