English

दिनमा कति कपसम्म चिया-कफी पिउने ?



चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै-कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया-कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।

लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदा/बेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका छन् । चीनका अनुसन्धानकर्ताले पनि हालसालै यस्तै खाले एक अनुसन्धान गरेका छन् । चीनको तियानजिन मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनले कफी र चिया पिउँदा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने देखाएको छ ।

अनुसन्धानकर्ताले १० देखि १४ वर्ष लगाएर उक्त अध्ययन गरेका हुन् । अध्ययनमा ३ लाख ६० हजार मानिसलाई सहभागी गराइएको थियो । अध्ययनअनुसार दैनिक चिया वा कफी सेवन गर्दा मस्तिष्कघात र डिमेन्सिया (स्मरण शक्ति र तार्किक क्षमता कम हुने रोग) जोखिम कम हुन्छ ।

दिनमा कम्तिमा २ देखि ३ कप कफी, ३ देखि ५ कप चिया वा चिया र कपी दुवै गरी ४ देखि ६ कप पिउने मानिसमा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने अनुसन्धानकर्ताले बताएका छन् ।

‘हाम्रो निष्कर्षले ठिक्क मात्रामा कफी र चिया दुवै वा कुनै एक मात्रै सेवन गर्दा मस्तिष्कघात र डिमेन्सियाको जोखिम घट्ने देखाउँछ,’ अध्ययनमा संलग्न लेखकले बताए ।

चिया वा कफी मात्रै पिउँदा दुवै जोखिम कम हुन्छन् । तर दैनिक २ देखि ३ कप कफी वा चिया सेवन गर्दा सबैभन्दा प्रभावकारी हुने अध्ययनको ठहर छ । अध्ययनअनुसार दैनिक ३ कप कफी वा चिया पिउने मानिसमा डिमेन्सियाको जोखिम नपिउने मानिसमा भन्‍दा २८ प्रतिशत कम र मस्तिष्कघातको जोखिम ३२ प्रतिशतले कम हुन्छ ।

सन् २००६ देखि २०२० सम्मको अवधिमा बेलायतको यूके बायोबैंक नामक संस्थाद्‍वारा संकलित झण्डै ५ लाखले आफूखुसी दिएको विवरणका आधारमा उक्त अध्ययन गरिएको थियो । यस क्रममा कफी वा चिया सेवनबारे बताएका ५० देखि ७४ वर्षका मानिसको स्वास्थ्य अवस्था हेरिएको थियो ।

यसअघि, गरिएका अनुसन्धानले समेत मस्तिष्कको स्वास्थ्यका लागि कफी फाइदाजनक हुने देखाउँछ । यसै वर्ष यूके बायोबैंकको तथ्याङ्कका आधारमा गरिएको एक अध्ययनले दैनिक बढीमा ३ कप कफी पिउँदा मुटुसम्बन्धी रोग, मस्तिष्कघात र असामयिक मृत्युको जोखिम कम हुने देखाउँछ । त्यस्तै, दैनिक ३ कप कफी सेवन गर्दा अल्जाइमरको जोखिम समेत कम हुन्छ ।

तर अत्यधिक कफी सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । जुनमा न्युट्रिसनल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार दैनिक ६ कपभन्दा बढी कफी पिउने मानिसमा डिमेन्सियाको जोखिम बढ्छ र मस्तिष्कमा पनि हानि पुग्छ ।

यो पनि…
गलत कामको असर
बिहान सबेरै नगर्नुहोस् यी गल्ती

आफूलाई ऊर्जावान् राख्न बिहानको यी बानी बदल्नुहोस्
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,