English

बिहान सबेरै नगर्नुहोस् यी गल्ती



कहिलेकाहीँ बिहान सबेरै गर्ने कामले पूरा दिन बर्बाद गर्दछ । यसमा तपाईंमा केही खराब बानीहरू छन् जसले दिनभरको सुस्त, थकान र अस्वस्थ जीवनशैलीतर्फ धकेल्छ । तपाईंका नराम्रा बानीहरूले केही गर्न लगाउँदछ जुन तपाईंले आफ्नो बुद्धिले कहिल्यै गर्नुहुन्न ।

उदाहरणका लागि बिहान अबेरसम्म सुत्ने, बिहान उठ्नेबित्तिकै मोबाइल फोन चलाउने, कसरत नगर्ने, बिहान खाली पेटमा चिया वा कफी पिउने, ब्रेकफास्टमा भुटेको र अस्वस्थकर खानेकुरा खाने आदिले तपाईंको दिनभर बर्बाद मात्र गर्दैन, भविष्यमा तपाईंको स्वास्थ्यमा पनि गम्भीर क्षति पुर्‍याउन सक्छ । यहाँ हामीले तपाईंले गर्नुहुने केही गल्तीहरूको विवरण दिँदैछौं जुन तपाईलाई थाहा हुन आवश्यक छ ।

उठेको घन्टासम्म ओछ्यानमा

कतिपय मानिस बिहान उठेपछि पनि लामो समयसम्म आँखा बन्द गरेर ओछ्यानमा सुत्छन् । यसो गर्नाले तपाईंको दिनचर्यालाई मात्र असर गर्दैन दिनभर सुस्त र थकित महसुस गराउँछ । यदि तपाईं बिहान उठेर ओछ्यानमा सुत्नुको सट्टा १ घण्टा व्यायाम गर्नुहुन्छ भने यो तपाईंको समग्र स्वास्थ्यको लागि वरदान साबित हुन सक्छ । तर एकै ठाउँमा सुत्दा शरीरको रक्तसञ्चार बिग्रन्छ ।

खाली पेटमा चिया वा कफी

धेरैजसो मानिसले आफ्नो बिहानको सुरुवात चिया वा कफीबाट गर्छन् । जबकी आयुर्वेद र चिकित्सा विज्ञानले पनि खाली पेट चिया पिउनु उचित मान्दैन । खाली पेटमा चिया वा कफी पिउनाले पेटमा ग्यास र अन्य समस्या हुन सक्छ । यदि तपाईं आफ्नो दिनको सुरुवात स्वस्थकर गर्न चाहनुहुन्छ भने मनतातो पानीमा कागती र एक चम्चा मह मिसाएर पिउनुपर्छ । ग्रीन टी पनि पिउन सकिन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले धेरै रोगबाट बचाउँछ । साथै यसले तपाईंको शरीरको फोहोरलाई हटाउँछ ।

फोन वा मेल जाँच

केही व्यक्तिहरू बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो मोबाइल फोन जाँच गर्छन्, अधिकांश मानिसहरूले व्हाट्सएप, मेल, इन्स्टाग्राम र अन्य सामाजिक मिडिया खाताहरू जाँच गर्छन् । कतिपय मानिसहरु राति सुत्दा मात्र फोन राखेर सुत्छन् र बिहान उठ्ने बित्तिकै फोन चलाउन थाल्छन् । जबकि, यो पटक्कै गर्नु हुँदैन । यदि तपाईं उठ्नुभएको छ भने, तुरुन्तै ओछ्यान छोड्नुहोस् । सबैभन्दा पहिले उठ्ने बित्तिकै १ देखि २ गिलास मनतातो पानी पिउनुहोस् । यसले तपाईंको पेटलाई सजिलै सफा गर्छ र शरीरलाई डिटोक्स गर्छ ।

धुम्रपानको साथ शौचालयमा लामो समयसम्म बस्ने

कतिपय मानिसहरू धुम्रपान नगरी शौचालय जान सक्दैनन् । साथै शौचालयसँगै धुम्रपान गर्ने कतिपय यस्ता छन् जुन निकै हानिकारक हुनसक्छ । शौचालय प्रयोग गर्दा धुम्रपान गर्नुले तपाईंलाई कब्जियत भएको संकेत गर्छ । तपाईंले जतिसक्दो चाँडो यसबाट छुटकारा पाउन आवश्यक छ अन्यथा यो तपाईंको फोक्सो, मुटु, धमनी र आन्द्रा र शरीरका अन्य भागहरूको लागि खतरनाक हुन सक्छ ।

व्यायाम नगर्ने

बिहान व्यायाम गर्नु सबैभन्दा राम्रो बानी हो । व्यायामले तपाईंलाई दिनभर सक्रिय बनाउँछ । प्राकृतिक रूपमा धेरै गम्भीर रोगहरूबाट बचाउँछ । यदि तपाईंले व्यायाम गर्नुभएन भने यो तपाईंको सबैभन्दा ठूलो कमजोरी हुन सक्छ । यदि तपाईं पनि दैनिक व्यायाम वा योग नगर्ने ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नुहोस् ।

बिहान तातो पानीले नुहाउने

नुहाउनको लागि तातो पानी प्रयोग गर्नाले तपाईंको एनर्जी कम गर्न सक्छ । तपाईंलाई स्फूर्ति महसुस गर्दैन । किनकि यसले तपाईंको मुटुको गति कम गर्नेछ । त्यसैले चिसै पानीले नुहाउनु उचित हुन्छ ।

अस्वस्थ ब्रेकफास्ट

ब्रेकफास्ट स्वस्थ हुनुपर्छ । रातभर व्रत बसेपछि बिहानको खाजा स्वस्थकर हुनुपर्छ । बिहान ड्राई फ्रुट्स, फलफूल, फलफूलको जुस, स्प्राउट्स, रोटी, हरियो सागसब्जी आदि खाँदा दिउँसोसम्म सक्रिय भएर काम गर्नुका साथै आवश्यक सबै पोषक तत्त्व पनि प्राप्त हुन्छ । यी खानेकुराले तपाईंलाई दिनभर ताजा राख्छ ।

यो पनि…
आफूलाई ऊर्जावान् राख्न बिहानको यी बानी बदल्नुहोस्

यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र