English

बिहान सबेरै नगर्नुहोस् यी गल्ती



कहिलेकाहीँ बिहान सबेरै गर्ने कामले पूरा दिन बर्बाद गर्दछ । यसमा तपाईंमा केही खराब बानीहरू छन् जसले दिनभरको सुस्त, थकान र अस्वस्थ जीवनशैलीतर्फ धकेल्छ । तपाईंका नराम्रा बानीहरूले केही गर्न लगाउँदछ जुन तपाईंले आफ्नो बुद्धिले कहिल्यै गर्नुहुन्न ।

उदाहरणका लागि बिहान अबेरसम्म सुत्ने, बिहान उठ्नेबित्तिकै मोबाइल फोन चलाउने, कसरत नगर्ने, बिहान खाली पेटमा चिया वा कफी पिउने, ब्रेकफास्टमा भुटेको र अस्वस्थकर खानेकुरा खाने आदिले तपाईंको दिनभर बर्बाद मात्र गर्दैन, भविष्यमा तपाईंको स्वास्थ्यमा पनि गम्भीर क्षति पुर्‍याउन सक्छ । यहाँ हामीले तपाईंले गर्नुहुने केही गल्तीहरूको विवरण दिँदैछौं जुन तपाईलाई थाहा हुन आवश्यक छ ।

उठेको घन्टासम्म ओछ्यानमा

कतिपय मानिस बिहान उठेपछि पनि लामो समयसम्म आँखा बन्द गरेर ओछ्यानमा सुत्छन् । यसो गर्नाले तपाईंको दिनचर्यालाई मात्र असर गर्दैन दिनभर सुस्त र थकित महसुस गराउँछ । यदि तपाईं बिहान उठेर ओछ्यानमा सुत्नुको सट्टा १ घण्टा व्यायाम गर्नुहुन्छ भने यो तपाईंको समग्र स्वास्थ्यको लागि वरदान साबित हुन सक्छ । तर एकै ठाउँमा सुत्दा शरीरको रक्तसञ्चार बिग्रन्छ ।

खाली पेटमा चिया वा कफी

धेरैजसो मानिसले आफ्नो बिहानको सुरुवात चिया वा कफीबाट गर्छन् । जबकी आयुर्वेद र चिकित्सा विज्ञानले पनि खाली पेट चिया पिउनु उचित मान्दैन । खाली पेटमा चिया वा कफी पिउनाले पेटमा ग्यास र अन्य समस्या हुन सक्छ । यदि तपाईं आफ्नो दिनको सुरुवात स्वस्थकर गर्न चाहनुहुन्छ भने मनतातो पानीमा कागती र एक चम्चा मह मिसाएर पिउनुपर्छ । ग्रीन टी पनि पिउन सकिन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले धेरै रोगबाट बचाउँछ । साथै यसले तपाईंको शरीरको फोहोरलाई हटाउँछ ।

फोन वा मेल जाँच

केही व्यक्तिहरू बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो मोबाइल फोन जाँच गर्छन्, अधिकांश मानिसहरूले व्हाट्सएप, मेल, इन्स्टाग्राम र अन्य सामाजिक मिडिया खाताहरू जाँच गर्छन् । कतिपय मानिसहरु राति सुत्दा मात्र फोन राखेर सुत्छन् र बिहान उठ्ने बित्तिकै फोन चलाउन थाल्छन् । जबकि, यो पटक्कै गर्नु हुँदैन । यदि तपाईं उठ्नुभएको छ भने, तुरुन्तै ओछ्यान छोड्नुहोस् । सबैभन्दा पहिले उठ्ने बित्तिकै १ देखि २ गिलास मनतातो पानी पिउनुहोस् । यसले तपाईंको पेटलाई सजिलै सफा गर्छ र शरीरलाई डिटोक्स गर्छ ।

धुम्रपानको साथ शौचालयमा लामो समयसम्म बस्ने

कतिपय मानिसहरू धुम्रपान नगरी शौचालय जान सक्दैनन् । साथै शौचालयसँगै धुम्रपान गर्ने कतिपय यस्ता छन् जुन निकै हानिकारक हुनसक्छ । शौचालय प्रयोग गर्दा धुम्रपान गर्नुले तपाईंलाई कब्जियत भएको संकेत गर्छ । तपाईंले जतिसक्दो चाँडो यसबाट छुटकारा पाउन आवश्यक छ अन्यथा यो तपाईंको फोक्सो, मुटु, धमनी र आन्द्रा र शरीरका अन्य भागहरूको लागि खतरनाक हुन सक्छ ।

व्यायाम नगर्ने

बिहान व्यायाम गर्नु सबैभन्दा राम्रो बानी हो । व्यायामले तपाईंलाई दिनभर सक्रिय बनाउँछ । प्राकृतिक रूपमा धेरै गम्भीर रोगहरूबाट बचाउँछ । यदि तपाईंले व्यायाम गर्नुभएन भने यो तपाईंको सबैभन्दा ठूलो कमजोरी हुन सक्छ । यदि तपाईं पनि दैनिक व्यायाम वा योग नगर्ने ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नुहोस् ।

बिहान तातो पानीले नुहाउने

नुहाउनको लागि तातो पानी प्रयोग गर्नाले तपाईंको एनर्जी कम गर्न सक्छ । तपाईंलाई स्फूर्ति महसुस गर्दैन । किनकि यसले तपाईंको मुटुको गति कम गर्नेछ । त्यसैले चिसै पानीले नुहाउनु उचित हुन्छ ।

अस्वस्थ ब्रेकफास्ट

ब्रेकफास्ट स्वस्थ हुनुपर्छ । रातभर व्रत बसेपछि बिहानको खाजा स्वस्थकर हुनुपर्छ । बिहान ड्राई फ्रुट्स, फलफूल, फलफूलको जुस, स्प्राउट्स, रोटी, हरियो सागसब्जी आदि खाँदा दिउँसोसम्म सक्रिय भएर काम गर्नुका साथै आवश्यक सबै पोषक तत्त्व पनि प्राप्त हुन्छ । यी खानेकुराले तपाईंलाई दिनभर ताजा राख्छ ।

यो पनि…
आफूलाई ऊर्जावान् राख्न बिहानको यी बानी बदल्नुहोस्

यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested