English

चिनीले यसरी ल्याउँछ अनुहारमा निखारता



के तपाईंले कहिल्यै सुन्दरताका लागि चिनीको प्रयोग गर्नुभएको छ ? यदि, छालामा दाग छ भने यसलाई हटाउन चिनीको प्रयोग उत्तम उपाय हो । अनुहारमा चिनीको प्रयोग कसरी गर्ने त जानौँ ।

१. चिनी र दही मिसाएर पेस्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । लगाएको १५ मिनेटसम्म यत्तिकै छाडी हल्का मसाज गर्नुहोस् । यसो गर्नाले प्वालमा लुकेर रहेको फोहोर बाहिर निस्कन्छ । पेस्ट लगाएको १५ मिनेटपछि पानीले अनुहार सफा गर्नुहोस् । यसले छालामा चमक ल्याउँछ ।

२. कागतीको रसमा चिनी मिसाएर पनि अनुहारमा लगाउन सकिन्छ । कागतीले अनुहारको छाला सफा गर्छ । चिनीमा एक चम्चा दही, आधा चम्चा कागतीको रस मिसाई अनुहारमा लगाउनुहोस् र मालिस गर्नुहोस । केही समयपछि पानीले धुनुहोस् । यो पेस्टको निरन्तर प्रयोगले अनुहारमा रहेका दाग हट्छ र केही समयपछि चमक पनि आउँछ ।

३. चिनीको स्क्रबले अनुहारमा रहेका मृत कोशिकालाई हटाउँछ र छाला चम्किलो बनाउँछ । यसका लागि चिनीमा आधा चम्चा कागतीको रस र जैतुनको तेल राख्नुहोस् । अनुहारमा लगाई दुई मिनेटसम्म मालिस गरेर अनुहार सफा गर्न सक्नुहुन्छ ।

४. अनुहारमा दाग छ भने एक चम्चा मोटो दाना भएको चिनीमा थोरै बदामको तेल, मह, कफी मिसाएर पेस्ट बनाउनुहोस् । अनुहारमा लगाएको १० मिनेटसम्म यत्तिकै छाडेर धुनुहोस् ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको