English

चिनीले यसरी ल्याउँछ अनुहारमा निखारता



के तपाईंले कहिल्यै सुन्दरताका लागि चिनीको प्रयोग गर्नुभएको छ ? यदि, छालामा दाग छ भने यसलाई हटाउन चिनीको प्रयोग उत्तम उपाय हो । अनुहारमा चिनीको प्रयोग कसरी गर्ने त जानौँ ।

१. चिनी र दही मिसाएर पेस्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । लगाएको १५ मिनेटसम्म यत्तिकै छाडी हल्का मसाज गर्नुहोस् । यसो गर्नाले प्वालमा लुकेर रहेको फोहोर बाहिर निस्कन्छ । पेस्ट लगाएको १५ मिनेटपछि पानीले अनुहार सफा गर्नुहोस् । यसले छालामा चमक ल्याउँछ ।

२. कागतीको रसमा चिनी मिसाएर पनि अनुहारमा लगाउन सकिन्छ । कागतीले अनुहारको छाला सफा गर्छ । चिनीमा एक चम्चा दही, आधा चम्चा कागतीको रस मिसाई अनुहारमा लगाउनुहोस् र मालिस गर्नुहोस । केही समयपछि पानीले धुनुहोस् । यो पेस्टको निरन्तर प्रयोगले अनुहारमा रहेका दाग हट्छ र केही समयपछि चमक पनि आउँछ ।

३. चिनीको स्क्रबले अनुहारमा रहेका मृत कोशिकालाई हटाउँछ र छाला चम्किलो बनाउँछ । यसका लागि चिनीमा आधा चम्चा कागतीको रस र जैतुनको तेल राख्नुहोस् । अनुहारमा लगाई दुई मिनेटसम्म मालिस गरेर अनुहार सफा गर्न सक्नुहुन्छ ।

४. अनुहारमा दाग छ भने एक चम्चा मोटो दाना भएको चिनीमा थोरै बदामको तेल, मह, कफी मिसाएर पेस्ट बनाउनुहोस् । अनुहारमा लगाएको १० मिनेटसम्म यत्तिकै छाडेर धुनुहोस् ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested