English

घ्यू-तेल उत्पादक संघ भन्छ–‘खानेतेल घाटामा बेचिरहेका छौँ’



तेल उत्पादकहरूले बजारमा खानेतेलको मूल्य बढेको भनि थप वृद्धि रोक्न घाटा खाएर तेल बिक्री गरिरहेको दाबी गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस्तो दाबी गरेको हो ।

खानेतेलको कच्चा पदार्थको मूल्य ४० देखि ५० प्रतिशत हाराहारीले बढे पनि तेलको मूल्य नबढाई उल्टै आपूर्ति सुचारु राख्न हरसम्भव प्रयास गरेको संघको भनाइ छ ।

‘सन् २०१९ मा २०२२ मा ७ सय डलर रहेको कच्चा तेलको मूल्य १५ सय डलर पुगेको छ । यसमा रुस र युक्रेनको युद्धले थप मलजल गरेको छ,’ संघले भनेको छ, ‘गत फेब्रुअरी महिनादेखि यस्ता कच्चा आयात समेत रोकिएको अवस्थामा आपूर्ति सहज गराउनु नै ठूलो चुनौती भएको छ ।’

अन्तर्राष्ट्रिय बजारको कच्चा पदार्थको मूल्यअनुसारको मूल्य स्थानीय बजारमा कायम राख्नै जटिल भएको पनि संघको भनाइ छ । रुस र युक्रेनको तनावका कारण अघिल्लो महिनाको तुलनामा अहिले तेलको मूल्य निकै महँगिएको पनि संघको दाबी छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण आयातमा हुने ढुवानी लागत र डलरको विनिमय दरमा भएको उच्च वृद्धिको मारमा उद्योगीहरु परेको संघको भनाइ छ । खाने तेलको मूल्य भन्दा पनि आपूर्ति व्यवस्था नियमित गर्न जटिलता देखिएको भन्दै संघले भन्सार र महसुल दरमा सरकारले छुट दिनुपर्ने माग गरेको छ ।

यो पनि
पेट्रोलियम पदार्थको मूल्य बढ्यो [सूचीसहित]
रुस–युक्रेन युद्ध : नेपालमा कस्तो असर ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested