English

घ्यू-तेल उत्पादक संघ भन्छ–‘खानेतेल घाटामा बेचिरहेका छौँ’



तेल उत्पादकहरूले बजारमा खानेतेलको मूल्य बढेको भनि थप वृद्धि रोक्न घाटा खाएर तेल बिक्री गरिरहेको दाबी गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस्तो दाबी गरेको हो ।

खानेतेलको कच्चा पदार्थको मूल्य ४० देखि ५० प्रतिशत हाराहारीले बढे पनि तेलको मूल्य नबढाई उल्टै आपूर्ति सुचारु राख्न हरसम्भव प्रयास गरेको संघको भनाइ छ ।

‘सन् २०१९ मा २०२२ मा ७ सय डलर रहेको कच्चा तेलको मूल्य १५ सय डलर पुगेको छ । यसमा रुस र युक्रेनको युद्धले थप मलजल गरेको छ,’ संघले भनेको छ, ‘गत फेब्रुअरी महिनादेखि यस्ता कच्चा आयात समेत रोकिएको अवस्थामा आपूर्ति सहज गराउनु नै ठूलो चुनौती भएको छ ।’

अन्तर्राष्ट्रिय बजारको कच्चा पदार्थको मूल्यअनुसारको मूल्य स्थानीय बजारमा कायम राख्नै जटिल भएको पनि संघको भनाइ छ । रुस र युक्रेनको तनावका कारण अघिल्लो महिनाको तुलनामा अहिले तेलको मूल्य निकै महँगिएको पनि संघको दाबी छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण आयातमा हुने ढुवानी लागत र डलरको विनिमय दरमा भएको उच्च वृद्धिको मारमा उद्योगीहरु परेको संघको भनाइ छ । खाने तेलको मूल्य भन्दा पनि आपूर्ति व्यवस्था नियमित गर्न जटिलता देखिएको भन्दै संघले भन्सार र महसुल दरमा सरकारले छुट दिनुपर्ने माग गरेको छ ।

यो पनि
पेट्रोलियम पदार्थको मूल्य बढ्यो [सूचीसहित]
रुस–युक्रेन युद्ध : नेपालमा कस्तो असर ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको