English

रुस–युक्रेन युद्ध : नेपालमा कस्तो असर ?

उपभोग्य वस्तुमा कालोबजारी


युक्रेनमाथि रूसको सैनिक हमलाले हजारौं किलोमिटर टाढा नेपालीहरूको दैनिक जीवन पनि प्रभावित हुने भएको छ।आक्रमणको पहिलो प्रभाव अन्तर्राष्ट्रिय तेल बजारमा परेको छ। बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०४ अमेरिकी डलर पुगेको छ। यो सन् २०१४ पछिकै सबभन्दा बढी हो। यसको असर नेपाली उपभोक्ताले पनि झेल्नुपर्नेछ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार युक्रेनमाथि हमलाको चर्चा सुरू भएलगत्तै कच्चा तेलको मूल्य बढ्न थालेको थियो। पछिल्लो एक सातामै प्रतिब्यारेल १० डलर बढेको देखिन्छ। यसअघि प्रतिब्यारेल ९३ देखि ९६ डलरबीच कारोबार भइरहेको थियो।

युद्धको प्रभाव बढेसँगै आगामी दिनमा कच्चा तेलको मूल्य कतिसम्म पुग्छ भन्ने अहिल्यै अनुमान लगाउन सकिँदैन। तर जसरी घटनाक्रम अगाडि बढिरहेका छन् र जसरी रूस-युक्रेन तनावले विश्वव्यापी ध्रुवीकरण बढिरहेको छ, त्यसले कच्चा तेलको मूल्य तीव्र गतिमा वृद्धि हुँदै जाने आकलन गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यो छिट्टै प्रतिब्यारेल १२० देखि १५० डलरसम्म पुग्ने प्रक्षेपण गरेको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यो छिट्टै प्रतिब्यारेल १२० देखि १५० डलरसम्म पुग्ने प्रक्षेपण गरेको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। यसको मतलब कच्चा तेलको मूल्यमा आउने उतारचढावले नेपाललाई छुँदै छुँदैन भन्ने होइन।

आईओसीले पठाउँछ अन्तर्राष्ट्रिय लागतमा आधारित मूल्य

नेपालले भारतबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किन्दा आईओसीले हरेक पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गरेको छ।

आईओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्कलगायत अन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोेलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आईओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो। कच्चा तेलको अहिलेको दरमा हिसाब गर्दा प्रशोधित तेलको मूल्य १० देखि १५ प्रतिशत बढ्ने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आईओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो। कच्चा तेलको अहिलेको दरमा हिसाब गर्दा प्रशोधित तेलको मूल्य १० देखि १५ प्रतिशत बढ्ने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए।

यो जति वृद्धि हुन्छ, आयल निगमको लागत उति बढ्छ। यसले सरकारमाथि उपभोक्ता मूल्य वृद्धि गर्न दबाब बढ्छ, जसको मार उपभोक्ताले झेल्नुपर्नेछ।

सरकार माैन

प्रशोधित तेल तथा कच्चा पदार्थको मूल्यमा लगातार कालोबजारी भइरहँदा सरकार भने यसबारे बोल्न सकिरहेको छैन । उ माैन छ । किनकि, अहिलेको तरल राजनीतिक अवस्थामा सरकारलाई अन्तर्राष्ट्रिय बजारसँग बराबर हुने गरी इन्धनकाे भाउ बढाउन सजिलो छैन।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसीसी’ लाई लिएर राजनीतिक ध्रुवीकरण बढेको र सडकमा दिनदिनै विरोध प्रदर्शन भइरहेका बेला सरकारले पेट्रोलियमको भाउ बढाउने अलोकप्रिय निर्णय नगर्न सक्छ। यसबाट सरकारले अर्को विरोध झेल्नुपर्नेछ। त्यसैले, यो बेला सरकार माैन छ ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसीसी’ लाई लिएर राजनीतिक ध्रुवीकरण बढेको र सडकमा दिनदिनै विरोध प्रदर्शन भइरहेका बेला सरकारले पेट्रोलियमको भाउ बढाउने अलोकप्रिय निर्णय नगर्न सक्छ। यसबाट सरकारले अर्को विरोध झेल्नुपर्नेछ। त्यसैले, यो बेला सरकार माैन छ ।

सरकारले आन्तरिक विरोधको दबाबबाट बच्न भाउ नबढाउने निर्णय गर्‍यो भने पनि हामीलाई अन्तर्राष्ट्रिय मूल्य वृद्धिको मार नपर्ने होइन। त्यो अवस्थामा कच्चा तेलको मूल्य वृद्धिको असर सोझै आयल निगमको आर्थिक अवस्थामा पर्नेछ। निगमको घाटा उच्च हुनेछ। त्यो घाटा पूर्ति गर्नुपर्ने सरकारी स्रोतबाटै हो वा जनताकै पैसाबाट हो।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि त्यसको असर यहाँ पनि पर्ने निश्चित छ,’ निगमका प्रवक्ता उपाध्यायले भने, ‘यति नै बढ्छ भनेर अहिल्यै भन्न सकिँदैन तर लागतअनुसार मूल्य समायोजन गरिएन भने आयल निगमले थप घाटा बेहोर्नुपर्ने छ।’

घाटैघाटा

आइओसीले पछिल्लोपटक पठाएको मूल्यसूचीअनुसार निगमको मासिक घाटा सवा चार अर्ब रूपैयाँ पुगेको छ। कच्चा तेलको मूल्य थप वृद्धि हुँदै गयो भने यो घाटा धान्नै नसक्ने गरी बढ्नेछ। घाटा पूर्ति गर्न सरकारले मूल्य वृद्धिको विकल्प रोजेन भने विकास निर्माणमा लगानी गर्नुपर्ने रकम तेलको धुवाँमा उड्नेछ। दुवै अवस्थामा युक्रेनमाथि रूसी हमलाको चर्को मार नेपाली उपभोक्ताले झेल्नुपर्ने दिन आउँदैछ।

यति मात्र होइन, पछिल्लो समय तेल खपत वृद्धि भइरहेको छ। यसले पनि निगमको आर्थिक भार बढ्दै गएको प्रवक्ता उपाध्याय बताउँछन्।

भारत संसारकै तेस्रो ठूलो पेट्रोलियम उपभोक्ता हो। उसले आफ्नो आवश्यकताको ८५ प्रतिशत कच्चा तेल विभिन्न मुलुकबाट आयात गर्दै आएको छ। त्यसमा साउदी अरब, इराक र अन्य खाडी मुलुकहरूको हिस्सा सबभन्दा बढी (६३.१ प्रतिशत) छ। यसबाहेक भारतले अफ्रिकाबाट १४ प्रतिशत कच्चा तेल आयात गर्छ भने उत्तर अमेरिकाबाट १३.२ प्रतिशत आयात गर्छ।

भारतीय आर्थिक अखबार बिजनेस स्ट्यान्डर्डका अनुसार भारतले आयात गर्ने कच्चा तेलमा रूसको हिस्सा करिब १ प्रतिशत मात्र छ। भारतले सन् २०२१ मा दैनिक ४३ हजार ४ सय ब्यारेल तेल रूसबाट आयात गरेको थियो।

यसरी भारतको तेल आपूर्ति प्रणालीमा युक्रेन र रूसको खासै ठूलो भूमिका नदेखिए पनि यी दुई मुलुकको द्वन्द्वले अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यमा प्रभाव परेपछि त्यसले भारतलाई पनि छोइहाल्छ। यसको सिधा असर नेपालले झेल्नुपर्नेछ।

अझै बढ्ने संकेत

अन्तर्राष्ट्रिय बजारमा युक्रेनले गर्ने कच्चा तेल आपूर्तिको परिमाण खासै धेरै छैन। युक्रेन आफैं आफूलाई चाहिने तेल अन्य देशबाट आयात गर्छ। रूसको भने तेल बजारमा ठूलो हिस्सेदारी छ। विश्वमा उत्पादन हुने तेल र ग्यासको १० प्रतिशत हिस्सा रूसले ओगट्छ। युरोपेली देशहरूको कुल तेल र ग्यासको मागमध्ये ५० प्रतिशत रूसबाटै पूर्ति हुँदै आएको छ।

युद्धले तीव्रता लिएसँगै रूसबाट हुने तेल उत्पादनमा कमी आउने र यसले अन्तर्राष्ट्रिय आपूर्ति खल्बलिन सक्छ। पहिले माग बढेका बेला तेल उत्पादक देशहरूले कच्चा तेलको उत्पादन पनि बढाउँथे। अन्तर्राष्ट्रिय तेलको मूल्य बढेका बेला अमेरिकाले हस्तक्षेप गरेर मूल्य घटाउँथ्यो। अहिले त्यस्तो नदेखिएको निगमका प्रवक्ता उपाध्यायले बताए।

युद्धले तीव्रता लिएसँगै रूसबाट हुने तेल उत्पादनमा कमी आउने र यसले अन्तर्राष्ट्रिय आपूर्ति खल्बलिन सक्छ। पहिले माग बढेका बेला तेल उत्पादक देशहरूले कच्चा तेलको उत्पादन पनि बढाउँथे। अन्तर्राष्ट्रिय तेलको मूल्य बढेका बेला अमेरिकाले हस्तक्षेप गरेर मूल्य घटाउँथ्यो। अहिले त्यस्तो नदेखिएको निगमका प्रवक्ता उपाध्यायले बताए।

उनका अनुसार कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय बजारमै तेलमा लगानी गर्दा प्रतिफल हुँदैन भनेर कतिपय देशले लगानी गरेका छैनन्। कोभिड सामान्य हुँदै गएपछि कच्चा तेलको माग पनि बढेको छ। तर त्यसको तुलनामा उत्पादन बढेको छैन।

खाने तेलमा पनि बढ्यो कालोबजारी

राष्ट्रिय उपभोक्ता मञ्चले अन्तर्राष्ट्रिय भूराजनीतिक सम्बन्ध देखाएर पेट्राेलियम तथा खानेतेलमा कालोबजारी सुरू भएको आरोप लगाएको छ । मञ्चले विज्ञप्ति निकाल्दै रुस र युक्रेन युद्ध देखाएर उद्योगी व्यापारीले तेलको मूल्य बढाएको आरोप लगाएको हो ।

‘गत वर्ष अन्तराष्ट्रिय बजारमा खाद्य तेलको कच्चा पदार्थको मूल्य बढेको कारण देखाउँदै अत्याधिक बढाइएको थियो,’ मञ्चले उल्लेख गरेको छ, ‘उद्योगीले युद्धलाई कारण देखाएर तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएका छन् ।’

‘गत वर्ष अन्तराष्ट्रिय बजारमा खाद्य तेलको कच्चा पदार्थको मूल्य बढेको कारण देखाउँदै अत्याधिक बढाइएको थियो,’ मञ्चले उल्लेख गरेको छ, ‘उद्योगीले युद्धलाई कारण देखाएर तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएका छन् ।’

भर्खर ६ मात्र भएको युक्रेन युद्धलाई कारण देखाइ महिनौं अगाडिदेखि स्टकमा रहेको तेलको बजार मूल्य बढाउनु नियम कानून विपरित मात्र होइन व्यवसायिक नैतिकता भन्दा पनि परको विषय हो र पूर्णतः कार्टेल गर्दै कालोबजारी गरेको प्रष्ट हुन्छ ।

देशको प्रशासनिक कमजोरी र नियमन गर्ने निकायको उदासीनताको कारण केही उद्योगीहरुले बजारमा दादागिरी देखाइरहेको मञ्चको भनाई छ । खाद्य तेलमा मात्र नभइ चिनी, चामल लगायतका दैनिक उपभोग्य वस्तुको बजार आपूर्ति व्यवस्था प्रणालीलाई खलबल्याउने र बजार कब्जा जमाउने लक्ष्य व्यापारीले लिएका छन् ।

गत आश्विन महिनासम्म भुटेको तोरीको तेल प्रति लिटर ३४०, काँचो तोरीको २६० र भटमासको तेलको मूल्य प्रतिलिटर २४० तथा सनफ्लावर तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँ थियो । यस्तै, एक साताअघि २७०, २००, १७० र १८० रुपैयाँमा सहज रुपमा बजारमा पाउने गरेकोमा युक्रेन युद्ध सुरू हुनासाथ तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चद्वारा कारबाहीको माग

राष्ट्रिय उपभोक्ता मञ्चले खाने तेलको मूल्य बढाउने उद्योगीहरुलाई कारबाही गर्न सरकार समक्ष माग गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मञ्चले भनेको छ, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै अत्यधिक मूल्य बढाउने उद्योगीलाई कारबाही गर्नुपर्छ ।’

व्यापारीहरुले रुस–युक्रनबीच भएको युद्धको कारण देखाएर खाने तेलको खुद्रा मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएर सरकारलाई चूनौती दिएको मञ्चको दाबी छ ।

‘महिनौअघिदेखि स्टकमा रहेको तेललाई युक्रेन–रुसबीचको युद्ध कारण हो भन्दै मूल्य वृद्धि गरिएको छ,’ मञ्चले भनेको छ, ‘यो नियम कानुनविपरीत मात्र नभई व्यवसायिक नैतिकताभन्दा परको विषय हो ।’

‘महिनौअघिदेखि स्टकमा रहेको तेललाई युक्रेन–रुसबीचको युद्ध कारण हो भन्दै मूल्य वृद्धि गरिएको छ,’ मञ्चले भनेको छ, ‘यो नियम कानुनविपरीत मात्र नभई व्यवसायिक नैतिकताभन्दा परको विषय हो ।’

यसरी आफूखुसी तेलको मूल्य बढाउने उद्योगीलाई सरकारले कानुनी कारबाही गर्नुपर्ने मञ्चको माग छ । उद्योगीहरुले एक पटक कच्चा पदार्थ मगाउँदा कम्तिमा एक महिनाको लागी पुग्ने गरी आयात गर्ने गरेका छन् । तर, युद्धको कारण देखाएर तत्कालै मूल्य बढाउने व्यापारी तथा उद्योगीलाई कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मञ्चले आग्रह गरेको छ ।

यो पनि
फेरि बढेर आयो तेल, पेट्रोल र ग्यासको मूल्य
फेरि बढाइएको इन्धनको मूल्य कति ? [सूची]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हालसालै सम्पन्न विश्व प्रसिद्द कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सहभागी जनाएको कुराले

गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त

नोबेल पुरस्कार विजेता यासुनारी कावावाताले उपन्यास ‘स्नो कन्ट्री’ मा देश सुन्दर हुने तीनवटा तत्व उल्लेख गरे–प्रकृति,संस्कृति र परिवेश । लाग्छ–साहित्यकार

तमु समुदायको ऐतिहासिक चाड बैशाख पूर्णिमाका अवसर पारेर तमु ट्हो ह्युल हङकङले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । उक्त