English

रूसी आक्रमण सामना गरिरहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर को हुन् ?



यतिबेला विश्वको ध्यान युक्रेन र रसियामा केन्द्रित छ । युक्रेनले रूसी आक्रमण सामना गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार रूसी आक्रमणमा तीन बालबालिकासहित १९८ युक्रेनी नागरिक मारिएका छन् ।

३३ बालबालिकासहित थप १ हजार ११५ जना घाइते भएको उनीहरूले जनाएका छन् । रूसी सेना पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुबाट युक्रेन छिरिसकेका छन् । रूस र युक्रेनबीच विगत आठ वर्षदेखि तिक्ततापूर्ण सम्बन्ध छ ।

सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उथलपुथलको फाइदा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपमा सैन्य नियन्त्रण कायम गर्न थालेको थियो । युक्रेनको सेना र रूसी समर्थित विद्रोहीबीच पूर्वी युक्रेन दोनबासमा भने कहिल्यै युद्ध समाप्त भएन ।

युद्धमा अहिलेसम्म १४ हजार मानिसहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू बताउँछन् । रूसी आक्रमणको सामना गर्न राष्ट्रपतिदेखि आधुनिक हतियार बोकेका स्वयंसेवकसम्म युद्ध मैदानमा आएका छन् ।

रूसी आक्रमणको तेस्रो दिन युक्रेन सरकारले राजधानी किएभका चोकहरूमा संघर्ष जारी राखेको छ । केही आवासीय क्षेत्रहरू पनि आक्रमणमा परेका छन् ।

राजधानीतर्फ केन्द्रित हुँदै गरेका रूसी सेनालाई रोक्न युक्रेनले सेना परिचालन गरेको छ भने नागरिकहरूलाई हतियार वितरण गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन छोडेर सुरक्षित स्थानमा जान गरिएको अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् । उनी आफैंं किएभका सडकमा देखा परेका छन् । उनले युक्रेनको प्रतिरक्षा गरिने वाचा दोहोर्‍याएका छन् ।

भोलोदिमिर जेलेन्स्की
भोलोदिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनुअघि एक टेलिभिजनमा राष्ट्रपतिको भूमिका निभाएका थिए । सायद उनलाई यो थाहा थिएन होला कि एकदिन वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछु । जेलेन्स्की त्यो समयमा अभिनेता र स्ट्यान्ड अप कमेडियन थिए ।

उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन् । उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाएका थिए । यो ग्रुप पनि चर्चामा छ । यो समूहले टेलिभिजन कार्यक्रमहरू उत्पादन गरेको थियो ।

जेलेन्स्कीले आफ्नो एउटा कार्यक्रममा विद्यालय शिक्षकको भूमिका पनि निभाएका थिए । सो कार्यक्रममा शिक्षक एकदिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने देखाइएको थियो । सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए । जेलेन्स्कीको जीवन अन्य अन्तर्राष्ट्रिय नेताहरूको तुलनामा सामान्य छ । जसको पुष्टि युक्रेनी जनताले नै गरेका छन् ।

उनले राष्ट्रपति पद सम्हालेपछि धेरै संकटको सामना गरिरहनु परेको छ । तर उनले दृढताका साथ संकटहरूको सामना गरिरहेका छन् । जेलेन्स्की विवाहित हुन् र उनकी पत्नीको नाम ओलेना जेलेन्स्की हो । उनीहरूका सन्तान पनि छन् ।

जेलेन्स्कीले सर् २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका उनी ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरेका थिए ।

राष्ट्रपति बनेदेखि जेलेन्स्कीको अमेरिकासँगको सम्बन्ध निकै राम्रो रहेको छ । त्यसको पुष्टि हाल जारी रूसी आक्रमणको बेला अमेरिकाले गरेको छ । अमेरिकाले राष्ट्रपति जेलेन्स्कीलाई उद्धार गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई जेलेन्स्की भने अस्वीकार गरिसकेका छन् ।

यद्यपि जेलेन्स्कीले राष्ट्रपति बनेपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरेका थिए । तर त्यसमा उनी सफल हुन सकेनन् । उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रूस समर्थक राजनीतिक समूहहरूविरुद्ध कडा कदम चालेका थिए । हाल उनै राष्ट्रपति जेलेन्स्की बन्दुक बोकेर देश र देशवासीको रक्षार्थ सडकमा ओर्लिएएका छन् । उनको विश्वसमुदायले प्रशंसा गरेका छन् ।

यो पनि
युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्छौ : रुस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested