English

फेरि बढाइएको इन्धनको मूल्य कति ? [सूची]



पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । नेपाल आयल निगमले आज शनिबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रूपैयाँ बढाएको हो ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १२८ रूपैयाँ कायम गरिएको छ । ग्यासमा मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यअनुरूप प्रतिलिटर पेट्रोल ५.६१ रूपैयाँले बढेको, डिजेल ५.६२ रूपैयाँले बढेको र हवाई इन्धन ४.९५ रूपैयाँले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा २ अर्ब ४० करोड रूपैयाँ घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।

यो पनि
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested