English

पेट्रोलियम पदार्थको मूल्य बढ्यो [सूचीसहित]



बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमको बिहीबार बसेको बैठकले डिजल पेट्रोल र मट्टितेलको मूल्य पाँच रूपैयाँले बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पाँच रूपैयाँले बढाएर काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र) मा प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य एक सय ५० र एक सय ३३ रूपैयाँ कायम गरेको छ ।

निगमलाई एलपी ग्यासमा प्रति सिलिण्डर ६ सय ६५ रूपैयाँ ३४ पैसा घाटा हुँदासमेत बिक्री मूल्य नबढाई अहिलेलाई पुनः यथावत् नै राखिएको छ भने हवाई इन्धनमा पनि केही मूल्य समायोजन गरिएको छ ।

मूल्य समायोजनपछि पनि नेपाल-भारत सीमा क्षेत्रमा अझै पनि पेट्रोल २४ रूपैयाँ २४ पैसा र डिजेल १७ रूपैयाँ ३१ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो नै रहेको छ ।

निगम संचालक समितिले मूल्य समायोजनको निर्णयसँगै निगमका स्थायी कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने, मूल्य संरचनामार्फत प्रतिशतमा दिइँदै आएको विक्रेता कमिशन अहिलेलाई फागुन ७ गते कायम भए अनुरूप नै यथावत् राख्ने निर्णय गरेको निगमका सह-प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

यो पनि…
आयल निगम भङ्ग गर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested