English

अनुहार सुन्दर बनाउने केही घरेलु उपाय



हामी आफ्नो अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौँ । क्रिम, पाउडर आदि लगाएर सधैँ प्रयास सुन्दर गोरो र चम्किलो अनुहार बनाउने प्रयास पनि गर्छौं । तर, अनुहार चम्किलो र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन् । यी तरिका अपनाउँदा तपाईंको छाला प्राकृतिकरूपमै सुन्दर र चम्किलो बन्नेछ ।

-अनुहारमा निखारता ल्याउन कागतीको रस राम्रो मानिन्छ । कागतीको रसले अनुहारमा रहेको फोहोरलाई बाहिर निकाली छालालाई नरम बनाउँछ । यसका लागि नियमित कागतीको रस अनुहारमा लगाएर १० मिनेटसम्म राख्ने र चिसो पानीले सफा गर्नुपर्छ ।

-यदि, चर्को घामले गर्दा छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हाली अनुहार र छालामा लगाउनुहोस् । यसो गर्दा अनुहारमा रहेको कालोपन हट्छ ।

-अनुहारको छाला सुक्खा र खस्रो छ भने दूध र मह मिसाएर लगाएमा अनुहारको सुक्खापन हराउँदै जान्छ । यसका लागि एक चम्चा दूधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाई हल्का मालिस गर्नुपर्दछ । मालिस गरेको १५ मिनेटपछि सफा गरेमा अनुहारको सुक्खापन हराउँदै जान्छ ।

-दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूधलाई मिसाउनुहोस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा चिल्लोपन पनि हट्छ ।

यो पनि…
स्वस्थ र सुन्दर आँखाका लागि घरेलु गाँजल
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested