English

चालिस पैसाका लागि यी व्यक्तिले हाले रेस्टुरेन्ट विरुद्ध मुद्दा



कतै रेस्टुरेन्टमा गएर खाना त खानु भएको होला । खाना खाएपछि विल अवश्य नै प्राप्त गर्नु भएको होला । तर कहिलेकाहीँ रेस्टुरेन्टले ग्राहकहरूबाट बढी पैसा लिएका पनि हुन्छन् । त्यस्तै कर्नाटकको राजधानी बेंगलुरुबाट एउटा अनौठो घटना बाहिर आएको छ । जहाँ एक व्यक्तिले रेस्टुरेन्ट विरुद्ध ४० पैसाका लागि अदालतमा मुद्दा हालेका छन् ।

मे २०२१ मा मुर्ति नामक व्यक्तिले बैंगलोरको एक होटेल अम्पायरबाट खाना अर्डर गरेका थिए । मुर्तिले २ सय ६५ रुपैयाँमा खाना लिए । तर बिलमा २ सय ६४ रुपैयाँ ६० पैसा लेखिएको थियो । उनले कर्मचारीलाई ४० पैसा फिर्ता दिन वा २ सय ६४ रुपैयाँ लिन भने तर कर्मचारीले मानेनन् । अन्ततः यस विषयमा मुर्ति अदालत पुगे ।

मुर्तिले रेस्टुरेन्ट विस्द्ध अदालतमा मुद्दा दायर गदै एक करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । आजकल राउन्ड फिगरमानै सम्पूर्ण हिसाबकिताब चलिरहेको छ जहाँ ५० पैसा कम बिल आएमा १ रुपैयाँ कम र ५० पैसा बढी आएमा १ रुपैयाँ बढी तिर्नुपर्छ ।

मुर्तिलाई उल्टो दिनु पर्यो

यो मुद्दा अदालतमा ८ महिनासम्म सुनुवाइ चलेको थियो । त्यसपछि मुर्तिलाई अदालतको समय खेर फालेको भन्दै उल्टै जरिवाना लगाइयो । अदालतले रेस्टुरेन्टलाई २ हजार र अदालतलाई २ हजार जरिवाना तिर्न मुर्तिलाई आदेश दियो । साथै यो जरिवाना तिर्नको लागि ३० दिनको अल्टिमेटम दिइएको थियो ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये