English

चालिस पैसाका लागि यी व्यक्तिले हाले रेस्टुरेन्ट विरुद्ध मुद्दा



कतै रेस्टुरेन्टमा गएर खाना त खानु भएको होला । खाना खाएपछि विल अवश्य नै प्राप्त गर्नु भएको होला । तर कहिलेकाहीँ रेस्टुरेन्टले ग्राहकहरूबाट बढी पैसा लिएका पनि हुन्छन् । त्यस्तै कर्नाटकको राजधानी बेंगलुरुबाट एउटा अनौठो घटना बाहिर आएको छ । जहाँ एक व्यक्तिले रेस्टुरेन्ट विरुद्ध ४० पैसाका लागि अदालतमा मुद्दा हालेका छन् ।

मे २०२१ मा मुर्ति नामक व्यक्तिले बैंगलोरको एक होटेल अम्पायरबाट खाना अर्डर गरेका थिए । मुर्तिले २ सय ६५ रुपैयाँमा खाना लिए । तर बिलमा २ सय ६४ रुपैयाँ ६० पैसा लेखिएको थियो । उनले कर्मचारीलाई ४० पैसा फिर्ता दिन वा २ सय ६४ रुपैयाँ लिन भने तर कर्मचारीले मानेनन् । अन्ततः यस विषयमा मुर्ति अदालत पुगे ।

मुर्तिले रेस्टुरेन्ट विस्द्ध अदालतमा मुद्दा दायर गदै एक करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । आजकल राउन्ड फिगरमानै सम्पूर्ण हिसाबकिताब चलिरहेको छ जहाँ ५० पैसा कम बिल आएमा १ रुपैयाँ कम र ५० पैसा बढी आएमा १ रुपैयाँ बढी तिर्नुपर्छ ।

मुर्तिलाई उल्टो दिनु पर्यो

यो मुद्दा अदालतमा ८ महिनासम्म सुनुवाइ चलेको थियो । त्यसपछि मुर्तिलाई अदालतको समय खेर फालेको भन्दै उल्टै जरिवाना लगाइयो । अदालतले रेस्टुरेन्टलाई २ हजार र अदालतलाई २ हजार जरिवाना तिर्न मुर्तिलाई आदेश दियो । साथै यो जरिवाना तिर्नको लागि ३० दिनको अल्टिमेटम दिइएको थियो ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested