English

किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’



तर के कश्मिरी पण्डितहरूलाई आफ्नो घर, कश्मिर फर्किने मौका मिल्छ । फिल्म ‘दि कश्मीर फाइल्स’ को यो एउटा संवादले पूरा फिल्मको कथालाई प्रतिनिधित्व गरेको छ । सामाजिक सञ्जाल, राजनीतिक करिडोरहरू, फिल्म र मनोरञ्जन, उद्योग र यहाँसम्मकी भारतका सबै घरमा यो फिल्मको नामले यतिबेला चर्चा पाएको छ ।

निर्देशक विवेक अग्निहोत्रीले कश्मिरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्म गत ११ मार्चमा रिलिज भएको थियो । कयौं थिएटरमा यो फिल्म हाउसफूलका साथ चलिरहेको छ । भारतीय जनता पार्टीको शासन रहेको चार राज्य हरियाणा, मध्यप्रदेश, कर्नाटक र गुजरातले फिल्मलाई ट्याक्स–फ्री गरिदिएको छ । फिल्मको निर्माता अभिषेक अग्रवाल हुन् ।

‘द कश्मिर फाइल्स’को रिलिजअघि आलिया भट्ट र सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूवाई काठियावाडी’ रिलिज भएको थियो । जसकारण फिल्म ‘द कश्मिर फाइल्स’का लागि एउटा चुनौती सावित हुन सक्ने आंकलन गरिएको थियो ।

दोस्रो चुनौती दक्षिणका सुपरस्टार प्रभाषको फिल्म ‘राधे श्याम’ हो । यो पनि ‘द कश्मीर फाइलस’ सँगै रिलिज भएको छ । ठूलो फिल्मसँग टक्करका बाबजुद ‘द कश्मीर फाइल्स’ ले हालसम्म २७ करोडभन्दा माथिको कारोबार गरिसकेको छ । यो फिल्मलाई लिएर यतिबेला विवाद पनि सुरु भएको छ ।

नरेन्द्र मोदीका साथ विवेक अग्निहोत्रीको तस्बिर

यो फिल्म ११ मार्चमा रिलिज भएको भोलिपल्ट प्रधानमन्त्री नरेन्द्र मोदीसँग निर्देशक विवेकको एक तस्बिर भाइरल भएको थियो । ‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिल्ने अवसर मिल्यो । र उहाँले फिल्म ‘दि कश्मीर फाइल्स’को तारिफ पनि गर्नुभयो । धन्यवाद मोदीजी फिल्मका निर्माता अभिषेक अग्रवालले ट्वीट गरेका थिए ।

अभिषेकको यो ट्वीटलाई रि ट्वीट गर्दै विवेकले ‘म तपाईंसँग धेरै खुसी छु, अभिषेक तपाईंले भारतको सबैभन्दा चुनौतीपूर्ण सत्यलाई निर्माण गर्ने साहस देखाउनुभयो । यो फिल्म अमेरिकामा प्रदर्शन हुनुले यो सावित गर्छ कि नरेन्द्र मोदीको नेतृत्वमा विश्वको मुड परिवर्तन भइरहेको छ’ भन्दै लेखेका थिए ।

तस्बिर भाइरल भएपछि कयौं किसिमको प्रतिक्रिया आइरहेका छन् । केहीमा फिल्मलाई लिएर विवेकको तारिफ गरिएको छ भने कतिपयले यसलाई राजनीतिबाट टाढा राख्न अपिल गरेका छन् ।

‘कपिल शर्मा शो’मा प्रमोसनसँग जोडिएको विवाद

फिल्मलाई लिएर विवाद तब सुुरु भयो, जब कमेडी शोका होस्ट कपिल शर्मामाथि फिल्मलाई आफ्नो शोमा प्रमोट गर्न अस्वीकार गरेको आरोप लाग्यो । सामाजिक सञ्जालमा कपिल डराएकोसमेत भनियो । यद्यपि आफूमाथि आरोप लागेपछि उनले ‘यो सत्य होइन’ भन्दै रि ट्वीट नै गरे ।

सामाजिक सञ्जालमा विभाजन

फिल्मलाई लिएर सामाजिक सञ्जालमा विभाजन भएको छ । केही व्यक्तिले फिल्मको सत्यताको तारिफ गरेका छन् भने केहीले यही बहानामा गोधरा र अयोध्याजस्ता मुद्दाका उठान गरिरहेका छन् ।

बीजेपीका अधिकांश नेताले फिल्मलाई शानदार भनेका छन् र उनीहरूले जनतालाई फिल्म हेर्नका लागि अपिलसमेत गरेका छन् । दिल्ली दंगाको समयमा उग्र भाषणका कारण चर्चामा आएका कपिल मिश्राले फिल्मको विषयमा ट्वीट गरेका छन् ।

महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले ट्वीटमार्फत ‘खुनले लेखिएको यो इतिहासलाई पुनः दोहोर्‍याउन नहुने’ उल्लेख गरेकी छन् । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंहले यो फिल्मलाई धेरै दर्शकले हेर्नुपर्ने भएकाले यसलाई ट्याक्स फ्री गरिएको जनाएका छन् ।

अभिनेता अक्षय कुमारले पनि आफूले चाँडै फिल्म हेर्ने लेखेका छन् । अर्का अभिनेता आर माधवनले पनि ट्वीटमार्फत निर्माण टिमलाई बधाई दिँदै आफू फिल्म हेर्न उत्साहित भएको उल्लेख गरेका छन् । यो फिल्मलाई मुभी रेटिङ साइड आईईएमडीबीले १० मा १० नै स्टार दिएको छ ।

राजनीतिक करिडोरहरूमा बहस

कश्मिरी पण्डितहरूको विस्थापनलाई लिएर सोमबार केरलमा कांग्रेसको इकाईले जुन ट्वीट गरेको थियो । त्यसमा बीजेपी सांसद केजे अल्फोसले कांग्रेसले इतिहास नबुझेको र उसँग यसको टुटेफुटेको संस्करण रहेको दाबी गरेका थिए । ‘जोकोहीलाई थाहा छ कि साम्प्रदायिक आधारमा सत्ता पक्षको बलमा डेढ लाख कश्मिरी पण्डितहरूलाई भगाइएको थियो । त्यो समयमा कांग्रेस वा उसको समर्थनको सरकार थियो’ । उनले भनेका छन्, ‘कांग्रेस र उसको सहयोगीहरूले यस्तो स्थिति पैदा गरिदियो जसमा पण्डित बाँच्न सक्दैन थिए । उनीहरूको हत्या भयो । उनीहरूको जीवनमा वास्तविक खतरा देखेपछि उनीहरू बाहिर गए । अनुच्छेद ३७० हटाएपछि नाटकीय रुपले सबै कुरा राम्रा भए ।’

केरलको काँग्रेस इकाईको ट्वीटर हेण्डलबाट कश्मिरी पण्डितहरूको विस्थापनको मुद्दामा सोमबार कयौं ट्वीट गरिएको थियो ।

यो पनि…
पल प्रकरण : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
राजनीतिक दललाई पिरोलेका यी गीतहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै