English

कांग्रेसको एक महिने चुनावी अभियान सुरु



सत्तासीन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित गर्दै आजदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न थालेको हो ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ । यो अभियानमा कांग्रेसले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकोबारे जानकारी गराउनेछ ।

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोक्दै संसद्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औं बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ ।

प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । समितिमा प्रमुख प्रतिपक्षी एमाले पनि सहभागी छ । जबराविरुद्ध गत १ फागुनमा महाभियोग दर्ता भएको थियो ।

आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो पनि…
बाबुरामको प्रतिवेदन : कुन दल कस्ता ?

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा



सम्बन्धित खबरहरु

ओम आचार्यअमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको

नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । तर पात्रसँगै

काठमाडौं, पुस ६ गते । विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा जेनजी आन्दोलनपछि मुलुकमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested