पल प्रकरण : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
सिने नगरीमा प्रेमसम्बन्ध र बिछोडका कुरा सामान्य हुन् । तर, कुनै सम्बन्ध र बिछोडको डोरी यति कसिलो हुन्छ कि जो गलपासो बनिदिन्छ । त्यसैको पछिल्लो उदाहरण हो– अभिनेता पल शाह प्रकरण ।
यी दुईबीचको सम्बन्धको पोल खुलेको करिब ६ महिना बित्न लाग्यो । म्युजिक भिडियोको छायाँकनका बेलादेखि नजिकिएका पल–नाबालिगको सम्बन्धको बयान यतिबेला प्रहरी कार्यालयमा दर्ता भएको छ ।
नाबालिगले आज (बुधबार) जिल्ला प्रहरी कार्यालय तनहुँमा आफूमाथि पलले जवर्जस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घरको कोठामा अन्तिम पटक कसुर भएको भन्दै उनले तनहुँ पुगेर जाहेरी दिएको प्रहरीको भनाइ छ । त्यस क्रममा राति १२ बजे नाबालिगको कोठामा छिरेर विवाहको विश्वास दिलाएर जबर्जस्ति करणी गरेको आरोप पलमाथि छ । त्यसपछि पनि विभिन्न स्थानमा पटक–पटक जबरजस्ति गरेको जाहेरीमा उल्लेख छ । उसो त यो घटना अहिले प्रहरीको हातमा पुगेको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौनसम्बन्ध राखेपनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौनसम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ । त्यसैले करणी प्रमाणित भएको अवस्थामा पल सिधै जेल जाने अधिवक्ता तथा मनोविद् नानी थापा बताउँछिन् ।
अब पल र नाबालिगको सम्बन्धको मूल गाँठो जान्न तिर लागौं । ६ महिनाअघि सम्बन्ध बाहिरिएपनि पल र नाबालिग २०७७ असोज २२ गते काठमाडौंमा भएको पिपलु बर बोलको गीतको भिडियो छायांकनदेखि नजिकिएको बताइन्छ । बिस्तारै उनीहरुको सम्बन्ध रिल जोडीमा नभएर रियल जोडीमा परिणत भयो ।
यो बिचमा यौनसम्बन्धदेखि विवाहसम्मका कुरा बाहिरिए । पलसँगको सम्बन्धमा गम्भीर बनेकी नाबालिग आफूले सोचेअनुसार नभएपछि सामाजिक सञ्जालमा विभिन्न कुण्ठा पोख्न थालिन् । उनैको कुण्ठा र अभिव्यक्तिले पलसँगको सम्बन्ध र बिछोडका कुरालाई छताछुल्ल पारिदियो । यसबिचमा दुवैजना एकअर्काले सामाजिक सञ्जाल, सञ्चार माध्यमलाई प्रयोग गरि सम्बन्धलाई ढाकछोप गर्नमै व्यस्त भए ।
ढाकछोप ट्रेण्डिङमा
त्यसको पछिल्लो उदाहरण हो हिट नेपाल नामक युट्युब च्यानलमा सार्वजनिक पल र नाबालिगको अन्तर्वार्ता । यो कुराकानी यतिबेला युट्युबको ट्रेण्डिङ नम्बर पाँचमा छ । जसमा उनीहरुले आफूहरुबीचको सम्बन्धलाई अरु कुनै तत्वले भाड्न खोजेको र यसलाई गलत मोड दिन खोजेको बयान गरेका छन् । यद्यपि, बुधबारको जाहेरीले कता–कता पल नाबालिगलाई नै गिज्याइरहेको छ ।
यसमा कतिपयले नाबालिगलाई पलले विभिन्न प्रलोभनमा पारेर यौन हिंसा गरेको आरोप लगाए भने धेरैले सहमतिमै सबै भएको र कुरा नमिलेपछि नाबालिग प्रहरीकहाँ पुगेको भन्ने तर्क पनि दिइरहेका छन् । साथै, यो अन्तर्वार्ता ट्रेण्डिङमा उक्लिरहेकै बेला पल र नाबालिगबिच केही गोप्य छलफल भएको अडियो पनि सार्वजनिक भए । जसमा पलले यौनसम्बन्धलाई स्विकारेको सुनिन्छ । तर, पलले सार्वजनिक अडियोमा सुनिएको बोली आफ्नो नभएको भन्दै सामाजिक सञ्जालमा लामो खण्डन लेखे ।
यसैगरी, नाबालिगले महिला अधिकारकर्मी जस्मिन ओझासँग आफू अन्यायमा परेकोले सहयोग गर्न अनुरोध गरेको अडियो पनि बाहिर आएको छ । केही समय अघि उनी पलविरुद्ध जाहेरी दिन कास्की प्रहरीकहाँ पुगेको तर जाहेरीका लागि उनलाई तनहुँ जिल्ला प्रहरीकोमा पठाइएको कुरा उनले जस्मिनसँगको कुराकानीमा बताएको सुन्न सकिन्छ ।
जे होस् जसो होस् दुईजनामा सहमतिमै यौनसम्बन्ध भएको भएपनि नाबालिग १७ वर्षकी मात्र भएकाले पल कानुनी झमेलामा फस्ने पक्का देखिएको छ ।

अधिवक्ता तथा मनोविद्
घटनाको बेला पीडित १६ देखि १८ वर्ष भएको भए ८ देखि १२ वर्ष जेल सजाय हुने व्यवस्था कानुनमा छ, मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिका/किशोरीसँग सहमतिमै भएको यौनसम्बन्ध पनि जबरजस्ती करणी मानिन्छ ।
के छ जाहेरीमा ?
म जाहेरवाला परिवर्तित जिल्ला ३९ अन्तर्गत सानो काम पेसा व्यवसाय गरी श्रीमती, छोरी छोरा सहित ५ जनाको परिवार बस्दै आइरहेकोमा मेरी छोरी वर्ष १६ की परिवर्तित नामथर ०७८/७९ व्यास–१२ विगत ३ बर्ष देखी गायन क्षेत्रमा ख्याती कमाई स्वर राम्रो भएको कारण सामाजिक सञ्जालहरुमा समेत चर्चित भई इज्जत प्रतिष्ठा कमाउने काम गरेकी छन् । यसै क्रममा विभिन्न राष्ट्रिय कलाकारहरुसँग भेटघाट भई आफ्नो कला प्रस्तुत गर्दै आइरहेकी थिइन् । विगत अन्दाजी ३ महिना अगाडिदेखि छोरी गीत–संगीतमा त्यति धेरै मन नलगाउने,एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले नाबालक छोरीलाई के भएछ भनि म समेतले कुरा गर्न खोज्दा छोरीले आफ्नो कुरा खुलाउन चाहिनन् । म समेतले छोरीको पहिलाको र हालको स्वभाव तथा आफ्नो कलाकारिता प्रतिको नैरास्यता देखेपछि उनलाई निकै अनुरोध पश्चात निजले आफ्नो घटनाको बारेमा बताएअनुसार प्रकरण नं. ३ मा उल्लेखित नेपाली सिने जगतका पूर्ण विक्रम शाह (पल शाह) सँग मिति २०७७/०६/२२ गते गते काठमाडौँमा पिपलु वर भन्ने बोलको गितको भिडियो सुटिङ गर्ने क्रममा पहिलो पटक भेटघाट भई फेसबुक आईडी र फोन नम्बर समेत आदानप्रदान भएको रहेछ । क्रमिक रुपमा नाबालक छोरीसँग भेट हुँदा निजले देखावटीरुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगि धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् । निज पूर्ण विक्रम शाह र मेरी नावालिका छोरीले संयुक्त रुपमा पिपलु वर, माया कति सम्झने तथा सुर्ती माड्दा माड्दै लगायतका म्यजिक भिडियोमा सँगै मोडलको रुपमा काम गर्ने क्रममा पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राती होटलमा बास बस्नेक्रममा पटक–पटक जवरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हुन नसकेको रहेछ । यसैक्रममा २०७७/१२/३१ गते बाग्लुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पुर्ण विक्रम शाह, दुर्गेस थापा, योगेस काजी, सम्राट चौलागाई, कृष्ण जोशीसमेतका कलाकारहरूसँग मेरी नावालक छोरी परिवर्तित नामथर ०७८÷०७९ व्यास –१२ एकै गाडीमा बाग्लुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाका बखत समेत बालयौन दरुपयोग गरी संवेदनशील अंगमा चलाउने, जिस्काउने, समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८÷०१÷०२ गते काठमाण्डौ पुगी छोरी आफ्नो कोठामा गइ बसिन् । र, काठमाडौंको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन् । त्यसपछि छोरी घरमा आइ १ हप्ता जति बसेपश्चात निज प्रतिवादी पुर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागि म पोखरा आउँदैछु, तिमिलाई म भेट्छु, भनि पोखरास्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौं जानुपर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साझ ७ बजे पोखराबाट काठमाण्डौ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थीत प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नावालिका छोरी परिवर्तित नामथर ०७८/०७९ व्यास –१२ दिनभरको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पुर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अन्दाजी १२ बजेतिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरे । तुरुन्तै छोरीको कोठा ढक–ढक गर्न आएका रहेछन् । छोरीले कोठा खोलीदिए पश्चात निज प्रतिवादी छोरी सुतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौंको कोठा सर्न पर्यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिन भनि उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि जवर्जस्ती करणी गरेका रहेछन् । छोरीलाई माया गरेको देखाउनका लागि वारदातको भोलिपल्ट ढोर बाराही मन्दिर समेत घुमाई, दुलेगौंडाको सुटिङ सकेर काठमाण्डौ गएका रहेछन् । निज प्रतिवादीले यस भन्दा पहिले पनि पोखरास्थित होटल प्राइममा र मिति २०७७/१२/०७ गते चितवनस्थित गैडाकोट रिसोर्टमा जवर्जस्ती करणी गरेका हुँदा यसरी मेरी नावालिका छोरीमाथि विभिन्न गीतहरुको सुटिङ हुँदाको बखत छोरीको हेरविचार गरेको बहानामा जबरजस्ती करणी गर्ने निज पुर्ण विक्रम शाह भन्ने (पल शाह)लाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरित कसुर अपराधमा कडा भन्दा कडा कारवाही गरी कानुन बमोजिम ऐ. संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपुर्ती समेत दिलाई भराई पाउँ ।
यो जाहेरी नाबालिगका बुवाले दिएका हुन ।
पलमाथि के हुन्छ कारबाही ?
पीडितले उजुरी दर्ता गरेको २५ दिन भित्र प्रहरीले पीडकलाई हिरासतमा लिएर अनुसन्धान गर्छ । घटना भएको एक वर्ष भन्दा बढी भएको खण्डमा उजुरी गर्न मिल्दैन । यदि एक वर्ष भित्र घटना भएको छ भने त्यो मुद्दा सरकारी वकिल मार्फत अदालतमा पेस हुने अधिवक्ता थापा बताउँछिन् । अहिले नाबालिगले पलविरुद्ध दिएको उजुरी हदम्याद भित्रै छ ।
‘घटनाको बेला पीडित १६ देखि १८ वर्ष भएको भए ८ देखि १२ वर्ष जेल सजाय हुने व्यवस्था कानुनमा छ, थापा भन्छिन्, ‘मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिका/किशोरीसँग सहमतिमै भएको यौनसम्बन्ध पनि जबरजस्ती करणी मानिन्छ ।’
यदि पीडितले क्षतिपूर्ति मागेको अवस्थामा दफा २२८ ले पीडितलाई पीडकबाट ‘मनासिव’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि गरेको छ । यदि पीडितले पछि अदालतमा बयान फेरेमा उनी स्वयम् कारबाहीको भागीदार हुन सक्ने व्यवस्था समेत रहेको अधिवक्ता थापा बताउँछिन् ।

‘युनाइटेड नेसन कमिट्मेन्ट अन द राइट अफ चाइल्ड’ १९८९ मा उल्लेख भए अनुसार १८ वर्ष भन्दा मुनिका बालबालिका शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक रूपमा परिपक्व हुँदैनन् । निर्णय लिन सक्दैनन् त्यसैले सहमतिमै शारीरिक सम्पर्क भएको भए पनि त्यो बलात्कार हुन जान्छ । यदि नेपाल सरकारले यो विषयमा मुद्दा जाहेरी गरेन भने यो मुद्दा अन्तर्राष्ट्रिय रूपमा जाने व्यवस्था समेत रहेको थापाको भनाई छ ।
याे पनि…
अभिनेत्री रेखाले गरिन् बलरामसँग अदालती विवाह
समीक्षाले दिइन् पल शाहविरुद्ध किटानी जाहेरी










Richie
Horney mature pantyAdult education modern practiceFree minka lesbian clips adultLilly pulitzer cabana striped toteMums and dads pornWhy should gay marriage pass2009 mardi gras tits xnxx Real ghetto teensBest lesbian porn tube scenePirates parody xxx torrentWhite fluid from the vaginaBrother and sister playing sex storiesIsabella rossellini nakedChyna sexy picsYpung lesbian teens https://xxxcams.cc/ Participation measure disabled adultsMonouth county adult communitiesBlack shemale fucks white college boyAbbey clancy pornSafe places for gays in kentuckyAnal italian womenSexual role playing moviesFizz blong xxxErotic comics john personsVintage cocktail portland oregon xnxx Marcos niurka pornCuba gay rightsHose mature pantie slutMagnom condomMusic for people who dont give a fuckHardcore penertrationBlog male assGrandpas and young granddaughters sexKentucky adult pornography lawsAppalonia nudePhilippina fuckingGay boy frott movies my web page: web page