यौनसम्बन्धमा हुने गल्तीहरूबाट यसरी बचौँ



यौनलाई आनन्ददायक बनाउन पुरुष र महिला दुबै मानसिक रूपमा स्वस्थ रहनु आवश्यक छ । किनकी यौनसम्बन्ध तनको आवश्यक्ता मात्र नभएर मनसंग पनि जोडिएको हुन्छ । तर कैयन् अवस्थामा महिला–पुरुष यौनसम्बन्धका बेला एक–अर्काको इच्छा र भावनालाई नबुझी मात्र औपचारिक रूपमा यो काम पूरा गर्छन् भन्ने नै छ । यस प्रकारको क्रियाकलापले कतिपयको यौनजीवन प्रभावित समेत भएको छ । यौनसम्बन्धका बेला हुने गल्तीहरूमाथि विचार पुर्याइ आफ्नो यौनजीवनलाई रोमाञ्चक र आनन्दमयी यसरी बनाउन सकिन्छ ।

पुरुषबाट हुने गल्तीहरू

फोरप्ले (पाकक्रिडा)को आनन्द नउठाउनु

प्रायः पुरुषहरू यौनसम्बन्धलाई नियमित काम नै ठानेर हतार–हतारमा पुरा गर्ने प्रयास गर्छन् । तर महिलामा यौनसम्बन्ध राख्नु भन्दा अगाडी पुरुष साथीले केही समय पाकक्रिडा (फोरप्ले) मा बढी समय बिताओस् भन्ने चाहन्छिन् । यौनसम्पर्क राख्नु भन्दा अगाडी महिला साथीलाई चुम्बन गर्नु, अंग स्पर्श गर्नु बढी आनन्ददायक हुन्छ । यदी यौनसम्बन्ध राख्नु भन्दा अगाडी कुनै पनि पुरुषले फोरप्लेमा रुचि देखाउँदैन भने त्यो उसको सबैभन्दा ठूलो यौन गल्ती हुन्छ ।

के गर्ने ?

सम्भव भएसम्म फोरप्लेको समय बढाएर बढीभन्दा बढी आनन्द उठाउने र आफ्नो पार्टनरलाई सुखद यौनसम्पर्कका लागि तयार गर्ने ।

प्रेमपूर्ण कुरा नगर्नु

कैयन् पुरुषहरू आफ्नो पार्टनरसित यौन सम्बन्ध राख्नु अगाडी प्रेमपूर्वक कुरा गर्दैनन् । एउटा सफल र सुखमय यौनसम्बन्ध बनाउन आफ्नो पार्टनरसित प्रेमपूर्वक कुरा गर्नु आवश्यक छ । मनोचिकित्सकहरूका अनुसार शारीरिक सम्बन्ध राख्नुपूर्व प्रेमपूर्वक कुराकानी नगर्दा महिलालाई पुरुषहरूमा यौनसम्बन्धको भोक छ, तर प्रेमको कुनै भावना छैन भन्ने कुराको महसुस हुन्छ ।

के गर्ने ?

यदि प्रेमपूर्ण यौनसम्बन्ध राख्ने हो भने भने आफ्नो पार्टनरसित सकेसम्म प्रेमपूर्वक रोमान्टिक कुरालाई बढी प्राथमिकता दिनुपर्छ, जसबाट उनको यौनसम्बन्ध प्रतिको लगाव र रोमाञ्चता थाहा पाउन सकिन्छ ।

इच्छा बुझ्नु

अधिकांश महिलाहरूको यौनको बिषयमा सुनिने गुनासो भनेकै आफ्नो यौनसम्बन्ध राख्ने ईच्छा नै नबुझि पुरुष यौनसम्बन्ध राख्न अग्रसर हुन्छन् नै भन्ने छ । महिलाको यौनसम्बन्ध प्रतिको चाहना नबुझी यो क्रियामा संलग्न हुन खोज्नु पुरुषको गल्ती हो ।

के गर्ने ?

यौनसम्बन्ध राख्ने मनस्थिती बनाउनु पूर्व महिलाको यौनचाहना बुझेर मात्र पहल गर्नु उचित हुन्छ ।

जबर्जस्ती गर्न खोज्नु

कैयन् महिला यौनसम्बन्धका बेला पुरुषले जबर्जस्ती गर्ने गुनासो गर्छन्, यो कार्यले गर्दा उनीहरु मानसिक रुपमा आहत हुन्छन् । मनोचिकित्सकहरूका अनुसार यौनसम्बन्ध जबर्जस्ती राख्नु गलत व्यवहार हो, यौनसम्बन्ध सधै प्रेमसित जोडिएको हुन्छ । त्यसैले यौनसम्बन्धको प्रारम्भ प्रेमबाटै गर्नुपर्छ ।

के गर्ने ?

यौनसम्बन्ध राख्ने मनस्थिती बनाएपछि पुरुषले प्रेम बिस्तारै गर्नुपर्छ । महिला साथीलाई आफूसित जबर्जस्ती भैरहेको छ भन्ने कुरा कुनै पनि हालतमा महसुस हुन दिनुहुँदैन । एक सर्वेक्षणअनुसार ४० प्रतिशत व्यक्तिको राय अनुसार पुरुषले यौनसम्बन्धमा आनन्द महसुस गर्नु जति महत्वपूर्ण छ, त्यसलाई सुखद् बनाउन पार्टनरले पनि त्यति नै आनन्द महसुस गर्नु पर्छ भन्ने रहेको छ ।

प्रत्येक दिन यौन सम्वन्ध राख्न खोज्नु

कोही पुरुष प्रत्येक दिन आफ्नो पार्टनरसित एकै समयमा एकै स्थानमा यौनसम्बन्ध राख्न चाहन्छन् । महिलाहरू भने प्रेमको अनुभवलाई अलग–अलग तरिका र स्थानमा रहेर लिन चाहन्छन् । अधिकांश पुरुष यो कुरालाई राम्रोसँग बुझ्दैनन् ।

के गर्ने ?

यौनसम्बन्धको आनन्द उठाउन अलग–अलग स्थान र विधि अंगाल्नु उपयुक्त हुन्छ । यौन आसनहरूमा परिवर्तन गर्नुका साथै बेड, सोफा, भुई जस्ता फरक स्थानमा राख्दा रोमाञ्चक हुन्छ । यसले कुनै पनि जोडीलाई यौन जीवनमा नयाँ रोमाञ्चता दिने गर्छ ।

महिलाबाट हुने गल्तीहरू

बेडमा चुपचाप रहनु

यौनसम्वन्धका बेला कैयन् महिला बेडमा चुपचाप रहन्छन्, जबकी पुरुषहरू यौनसम्बन्धको बेला आफ्नो पार्टनरले आफु जत्तिकै साथ देओस् भन्ठान्छन् । यौन सम्बन्धको बेला बेडमा चुपचाप रहने महिला पुरुषलाई मन पर्दैन ।

के गर्ने ?

६५ प्रतिशत विवाहित जोडीको बुझाइमा यौनसम्बन्धको बेला यदि पार्टनरले बराबरीको साथ दिन्छ भने यौनजीवन अत्यन्त रोमान्टिक हुन्छ भन्ने रहेको छ ।

नयाँ प्रयोगलाई स्वीकार नगर्नु

अधिकांश महिला यौनसम्बन्धका मामिलामा नयाँ प्रयोग गर्न डराउने वा हिच्किचाउने स्वभावका हुन्छन् । तुलनात्मक रूपले पुरुष यौनका मामिलामा बढी उत्साहित हुन्छन् । उनीहरु यो क्रियामा नयाँ–नयाँ प्रयोग गर्न उत्सुक देखिन्छन् तर महिलाहरू नयाँ प्रयोगलाई अस्वीकार गर्छन् । यो पनि उनीहरुको गलत व्यवहार हो ।

के गर्ने ?

नयाँ प्रयोगलाई अस्वीकार गर्नाले पार्टनरको यौनप्रतिकोरुचि घट्न सक्छ । अतः उत्साहित भएर आफ्नो पुरुष पार्टनरलाई साथ र सहयोग गर्नुपर्छ ।

यताउति को कुरा गर्नु

कैयन् महिला पुरुष बेडमा आउनेबित्तिकै उताउतिका कुरा गर्न थाल्छन्, चाहे त्यो घरको समस्यामा होस् वा कुनै गुनासो । पुरुषहरू त्यस्ता कुरालाई पटक्कै रुचाउँदैनन् ।

के गर्ने ?

यौन सम्बन्ध राख्ने बेलामा महिलाले पुरुषलाई साथ दिनुपर्छ । यसमा केन्द्रित नभइकन यसमा डुब्न सकिँदैन र यसको सुखद् अनुभूति पनि प्राप्त गर्न सकिँदैन ।

सेक्सी आउटफिट्स

पुरुषहरू महिला सेक्सी देखिऊन् भन्ने चाहन्छन् । यसका लागि महिलाले आफ्नो शृङ्गार र ड्रेसअपमा ध्यान देऊन् भन्ने चाहना हुन्छ, तर कामको व्यस्तताले कैयन् महिला आफ्नो लुकमा ध्यान दिँदैनन् ।

के गर्ने ?

पुरुष पक्षलाई सेक्सी ड्रेस र सेक्सी सरप्राइज मन पर्छ । यदि आफ्नो यौनजीवनलाई रोमाञ्चक बनाउन चाहने हो भने सेक्सी ड्रेस र हट लुक अंगाल्न पछि पर्नु हुँदैन ।

स्पर्श मन नपराउनु

अधिकांश महिला यौनसम्बन्धका बेला पुरुषले मात्र आफूलाई स्पर्श गर्नुपर्छ र आफूले पुरुषलाई स्पर्श गर्नुपर्दैन भन्ने सोच्छन्, तर यो गलत सोच हो । पुरुष पनि यौनसम्बन्ध राख्ने बेला महिलाले आफ्ना अंगलाई स्पर्श गरून् भन्ने चाहना राख्छन् ।

के गर्ने ?

चुम्बन र स्पर्शबाट पुरुष चाँडै उत्तेजित हुन्छन् । अतः यौनसम्बन्धका बेला आफ्नो पार्टनरलाई चुम्बन गर्न बिर्सनुहुँदैन ।



...
rogeKneep

Gacci M, et al buy cialis 20mg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने

अहिले लामो दुरीको सम्बन्ध हुनु सामान्य कुरा हो । लामो दूरीको सम्बन्ध चलाउन कहिल्यै सजिलो हुँदैन। टाढा बस्दा माया जोगाउन