English

अभिनेत्री रेखाले गरिन् बलरामसँग अदालती विवाह



आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । अझै भनौैं मायाको पर्व । प्रेमिल जोडीहरुका लागि विशेष दिन । आजकै दिन अभिनेत्री रेखा थापाको प्रेमसम्बन्ध विवाहमा परिणत भएको खुलासा भयो । उसो त उनलाई बधाईको ओइरो लागेको छ ।

अभिनेत्री थापाले केही साता अघि जाजरकोटका बलराम शाही ठकुरीसँग काठमाडौं जिल्ला अदालतमार्फत अदालती विवाह गरेको खुलेको छ । गुपचुप कोर्ट म्यारिज गरेकी थापाको प्रणय दिवसकै दिन शाहीसँगको तस्बिर एकाएक सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म भाइरल बन्यो ।

तपाईंले जे सुन्नुभयो त्यही हो,’ रेखाले भनिन्, ‘अहिलेलाई शुभकामना दिनुस् अरु कुरा पछि गरौंला ।

मेरो लाइफस्टाइलसँगको कुराकानीमा थापाले आफूले विवाह गरेको तर, यहाँभन्दा बढी अहिले नबोल्ने बताइन् । ‘तपाईंले जे सुन्नुभयो त्यही हो,’ रेखाले भनिन्, ‘अहिलेलाई शुभकामना दिनुस् अरु कुरा पछि गरौंला ।’

स्थायी घर जाजरकोट भएपनि शाही अमेरिका बस्दै आएका छन् । उनी एक पर्यटन व्यावसायी रहेको स्रोतले जनाएको छ । थापा र शाहीबीच एकवर्षदेखि प्रेम रहेको खुलेको छ । उनीहरु वैशाखमा विवाह गर्ने योजनामा थिए । तर, वैशाखमा कुनै गतिलो साइत नजुरेपछि माघमै कोर्ट म्यारिज गरेको जनाइएको छ ।

हिम्मत, हिफाजत, किस्मत, अन्दाज, कसले चोर्यो मेरो मन, हिम्मतवाली, काली, दुर्गालगायतका हिट फिल्ममा अभिनय गरेकी थापा पछिल्लो समय राजनीतिमा सक्रिय छिन् । गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्रीमा पदमा उम्मेदवारी दिएर पराजित भएकी थिइन् ।

९ वर्ष अघि चलचित्र निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेयता उनी एक्लै रहेकी थापा विवाह बन्धनमा बाँधिएकी हुन् ।

याे पनि
चार वर्षअघिमात्रै प्रवेश गरेर यति धेरै मत पाउँदा प्रसन्न छु : रेखा थापा
रेखा थापा– पहिले गणतन्त्र अहिले राजतन्त्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested