रेखा थापा– पहिले गणतन्त्र अहिले राजतन्त्र



काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन । हजारौं कार्यकर्ताको भीड । त्यही भीडमा छ, एक चर्चित अनुहार । उनी हुन्– अभिनेत्री रेखा थापा ।

सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा होमिएकी रेखाले ‘हिरो’ चलचित्रबाट सिने नगरीमा डेब्यु गरिन् । करिव तीन सय चलचित्रमा अभिनय गरेर एक्सन हिरोइनको छबि बनाएकी रेखाको चलचित्र क्षेत्रमा बेग्लै पहिचान छ ।

यतिबेला उनी राजनीतिक पहिचान बनाउने दौडमा छिन् । करिब ११ वर्ष अघि तत्कालिन एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग नाच्दै राजनीतिमा डेब्यु गरेकी रेखाको चर्चा निकै भयो ।



दोस्रो संविधानसभाको चुनावमा उनले पर्सा–१ बाट सांसद टिकट पाउने निधो भयो । यद्यपि, मतदाता नामावलीमा नाम नभएपछि संसद छिर्ने सपना अधुरै रह्यो । साथै, माओवादीले जुन उद्धेश्य र कार्ययोजना बनाएको थियो त्यसलाई सरकारमा रहँदा कार्यान्वयन गर्न नसकेकोप्रति उनी असन्तुष्ट थिइन् । यो त्यही असन्तुष्टि हो,जुन कारणले पार्टी फेर्ने मनस्थितिमा पुगिन्,उनी ।

पार्टी एकता भएपछि रेखा राजनीतिक रुपमा गुमनाम रहिन् । तर, यतिबेला राप्रपाको एकता महाधिवेशनमा उनी राजेन्द्र लिङ्देनको पक्षमा उभिएकी छन् । लिङ्देनकै टीमबाट महिलातर्फ महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेकी रेखाको चर्चा सिने नगरीमा भन्दा बढी राजनीतिक मैदानमा हुन थालेको छ ।

त्यसपछि उनले नयाँ मुकाम रोजिन । २०७३ मंसिर २७ मा कमल थापाको विचार मन परेको भन्दै राप्रपा प्रवेश गरिन् । त्यसको केही समयमै पशुपतिशमशेर जबराले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) मा गइन् । गणतन्त्र शिरोधार्य गरेको राप्रपा प्रजातन्त्रिकले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र मागिरहेको राप्रपा नेपालसँग पार्टी एकता गर्यो । अहिले राप्रपाको मूख्य एजेन्डा नै हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हो ।

पार्टी एकता भएपछि रेखा राजनीतिक रुपमा गुमनाम रहिन् । तर, यतिबेला राप्रपाको एकता महाधिवेशनमा उनी राजेन्द्र लिङ्देनको पक्षमा उभिएकी छन् । लिङ्देनकै टीमबाट महिलातर्फ महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेकी रेखाको चर्चा सिने नगरीमा भन्दा बढी राजनीतिक मैदानमा हुन थालेको छ ।

बुधबार राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्षका उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देनले राजसंस्था ब्युँताउनेबारे प्रतिस्पर्धात्मक भाषण ठोके । तर, कुनैबेला लोकतन्त्र, गणतन्त्रको पक्षमा रहेको र एकतापछि गुमनाम रहेकी रेखा हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा छिन् त ?



यतिबेला रेखा हिन्दू राष्ट्रको पक्षमा उभिएकी छन् । यसलाई उनले लुकाएकी पनि छैनिन् । तर, राजसंस्था ब्युँताउने कुरामा भने उनले आफ्नो धारणा प्रष्ट रुपमा सार्वजनिक गर्न भने सकेकी छैनन् । बिहिबार कुराकानीका क्रममा ‘५० प्रतिशत जनता राजसंस्थाको पक्षमा रहेको र त्यसलाई १०० प्रतिशत बनाउन सकिन्छ’ भन्ने अभिव्यक्ति दिइन् । यसबाट उनले आफू राजसंस्थाको पक्षमा रहेको संकेत गर्न खोजेको रुपमा बुझ्न सकिन्छ ।


राप्रपाभित्र पद र प्रतिष्ठा ओगट्ने नेतृत्वप्रति रेखाको गुनासो छ । ‘भन्ने बेलामा नयाँ नेतृत्व चाहिन्छ, युवा चाहिन्छ भन्ने अनि भोट चाहिँ पुरानै हजुरबुबालाई दिने प्रवृत्ति छ,’ रेखा आक्रोशित सुनिइन्,‘यसले न पार्टीको हित गर्छ न देशको ।’



तर, हिन्दू राष्ट्र र राजसंस्थाको नारा बोकेर राप्रपाले जनतालाई धेरैपटक झुक्याएकाले विश्वास गुमाएकोमा रेखाको चित्त दुखाई छ । ‘हामीले जुन एजेन्डा उठायौँ त्यसको कार्यान्वयन गर्न सकेनौं त्यसैले जनताबाट विश्वास गुमाएर ३२ सिटबाट एक सिटमा सिमित भएका छौं,’भन्छिन्, ‘अब नयाँ नेतृत्वले जनताको विश्वास जित्नुपर्छ ।’

तर, परम्परागत सोच र बासी अनुहारले जनताको मन जित्दैन भन्ने रेखाको ठम्याई छ । ‘जनताको विश्वास जित्न राप्रपामा नयाँ अनुहारको खाँचो छ,’ उनले आफ्नो एजेण्डा सुनाइन्, ‘युवा र नयाँ पिँढीलाई समर्थन गर्दै, भोलिका दिनमा महिला र युवाको एजेण्डा स्थापित गर्नका लागि मेरो उम्मेदवारी हो ।’

राप्रपाभित्र पद र प्रतिष्ठा ओगट्ने नेतृत्वप्रति रेखाको गुनासो छ । ‘भन्ने बेलामा नयाँ नेतृत्व चाहिन्छ, युवा चाहिन्छ भन्ने अनि भोट चाहिँ पुरानै हजुरबुबालाई दिने प्रवृत्ति छ,’ रेखा आक्रोशित सुनिइन्,‘यसले न पार्टीको हित गर्छ न देशको ।’

राजनीतिमा नयाँ अनुहारलाई सम्मान नगरेकोमा उनको आपत्ति छ । ‘म पनि २० वर्ष देखि पापड पेलेर जनताकै एजेन्डामा काम गरेर बसेकी नारी हुँ,’ उनी गम्भीर सुनिइन्, ‘फरक यत्ति हो म कलाकार भएर काम गरें होला उहाँहरु नेता बनेर । तर, तुलनात्मक रुपमा यो देशको बारेमा उहाँहरुलाई भन्दा बढी चिन्ता मलाई छ ।’

‘हिम्मतवाली’ रेखामा कहिलेकाँही विद्रोहका रेखाहरु देखा पर्छन । कला जगतमा उनले यस्तो परिचय बेला बेला दिएकै हो । तर धेरैलाई कौतुहल छ,राजनीतिमा रेखाले के गर्छिन ? चलचित्रमा जस्तै रेखाको आम जिन्दगीमा पनि बेला बेला बिद्रोहको बतास चलिरहेको भेटिन्छ ।
अझ राजनीतिमा त बिद्रोहका अनेक मोडहरुबाट गुज्रिनुपर्ने हुन्छ । के रेखाले यस्ता मोडहरुको सामना गर्छिन ?

एकपटक रेखालाई सुनौँ । भन्छिन,‘के लोकतन्त्र अबलम्वन गर्ने मान्छे क्रान्तिकारी/विद्रोही हुँदैन र ?’

यो पनि पढ्नुहोस्
एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी
प्रचण्डले भने– राप्रपा र हाम्रो गोत्र मिल्छ

एमाले महाधिवेशन : भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्
एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा युवाको वर्चश्व, आउलान् त ३० प्रतिशत नयाँ अनुहार ?

एमाले महाधिवेशन: सहभागीले सडकमै पकाए, सडकमै खाए (फोटो फिचर)
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
एमाले अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी



...
डिजेवाला दिदी गीत सुनाइदेउ « Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोभिड–१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आज माघ ५ गतेदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन

कोरोना भाइरसको बढ्दो प्रकोपको बीचमा यसबारे भएरहेको अनुसन्धान बहस (कोरोना सम्बम्धित अध्ययनमा नयाँ–नयाँ जानकारी बाहिर आएको छ । यो खतरनाक

काठमाडौं । यतिखेर देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका

Suggested