English

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा युवाको वर्चश्व, आउलान् त ३० प्रतिशत नयाँ अनुहार ?



नेकपा (एमाले)को दशौँ महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशनबाट २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । केन्द्रीय सदस्यको उम्मेदवारीमा यसपालि युवाको वर्चश्व हुने देखिएको छ ।

पार्टीको भ्रातृ संगठन युवा संघ नेपाल, अनेरास्ववियु, खेलकुद महासंघमा रहेका युवाले केन्द्रीय सदस्यमा दाबी गरेका छन् । पार्टीभित्र ३० प्रतिशत नयाँ अनुहार आउने चर्चा भइरहेका बेला युवा केन्द्रीय कमिटीमा आउन खोजेका हुन् ।

जसमा अनेरास्ववियु अध्यक्ष सुनिता बराल, गण्डकी प्रदेश सांसद एवं युवा संघ पूर्वअध्यक्ष राजीव पहारी, खेलकुद महासंघका अध्यक्ष एवं युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल, अनेरास्ववियु पूर्वअध्यक्ष नवीना लामा, अनेरास्ववियु पूर्वउपाध्यक्ष रश्मी आचार्य, पूर्वअध्यक्ष ऐन महर, जाजरकोट जिल्ला कमिटी सचिव सीपी घर्तीलगायतले केन्द्रीय सदस्य पदमा दाबी गरेका छन् ।

त्यसैगरी, केन्द्रीय लेखा आयोग सदस्यमा ईञ्जिनियरतर्फ सञ्जीव रोकाहाले दाबी गरेका छन् । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईकाअनुसार उम्मेदवारीमा यसपालि युवाको वर्चश्व छ ।  

३० प्रतिशत युवा ल्याउनुपर्ने अभियान चलाइरहेका नेता हिरा केसी यसपालि पदाधिकारीदेखि केन्द्रीय समितिसम्म युवाको प्रतिनिधित्व बढ्ने बताउँछन् । केन्द्रीय कमिटीमा चार कार्यकालपछि अनिवार्य अवकाशको प्रस्ताव गरेका केसीको युवा समूहले यसै महाधिवेशनबाट यो प्रावधान लागू गरेर केन्द्रीय कमिटीमा युवा प्रतिनिधित्व गराउन प्रयत्न गरिरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested