एमाले अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रक्रिया सुरु भएलगत्तै सोमबार बिहान ओली र रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
ओलीलाई विष्णूप्रसाद पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । यसैगरी, रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।
रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो ।










Francesco
Thanks forr omes marvelolus posting! I quife ennjoyed reading it, you're a great author. I will make certainn too bookmark youur blkog aand mmay come bsck inn tthe future. I wan too encourage you too continye your geat writing, haqve a nice afternoon! xnxx Takee a lok aat my log :: bilitube