English

लताको बायोपिक बनाउन यी निर्देशकहरूको दाैडधूप



भारतीय ‘स्वर कोकिला’ लता मंगेशकरको निधनपछि उनको बायोपिक बनाउन बलिउडका तीन प्रख्यात निर्देशकबीच प्रतिस्पर्धा सुरु भएको छ । लताको निधनपछि आनन्द एल राय, ओमप्रकाश मेहरा र सञ्जयलीला भन्सालीले बायोपिकमा चासो देखाएपछि उनीहरूले उनको बायोपिकको स्वामित्व आफ्नो बनाउन दौडधूप शुरु गरेका छन् ।

सञ्जय १० वर्षअघिदेखि लताको बायोपिक बनाउने सोचमा थिए । तर, लताको परिवारले उनको बायोपिक बनाउन अनुमति दिने हो वा होइन, हालसम्म टुंगो लागेको छैन ।

लताको बायोपिक बनाउन निर्देशक सञ्जय बढी उत्सुक छन् । यद्यपि, गायिकाको परिवार एसियाकै सफल गायिका लताको जीवनमा बायोपिक बनाउन तत्कालका लागि अनुमति नदिने पक्षमा छन् । लताको परिवार नै उनको बारेमा बायोपिक बनाउन चासो दिइरहेका छन् ।

यसअघि, महाराष्ट्र सरकारले ‘भारत रत्न’ प्राप्त गायिकाको सम्झनामा मुम्बईमा एक म्युजिक एकेडेमी बनाउने घोषणा गरिसकेको छ । उसले एकेडेमीको अलावा मुम्बई युनिभर्सिटीको कलिना क्याम्पसमा एक संग्रहालय पनि बनाउने तयारी गरेको छ ।

यो पनि
को बन्छन् लता मंगेशकरको सम्पत्तिको हकवाला ?
चर्चित भारतीय गायिका लता मंगेशकरको निधन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested