English

पल शाह प्रकरण : पक्ष/विपक्षमा विभाजित सिने क्षेत्र



अभिनेता पल शाह । नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा यतिबेला प्रहरी हिरासतमा छन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, नेपाली सिने नगरी भने यतिबेला सामाजिक सञ्जालमा पक्ष/विपक्षमा विभाजित भइरहेको छ । कोही ‘नियोजित षड्यन्त्र गरी पललाई फसाइएको हो’ भन्दै वकालत गरिरहेका छन् भने कोहीले पललाई ‘अपराधी करार’ गरी फैसलासमेत सुनाइसके ।

अभिनेत्री रेखा थापाले आज (मंगलबार) एकाबिहानै सामाजिक सञ्जालमा एउटा पोस्ट गरिन् । उनले आफूलाई नाबालिग पीडितको पक्षमा खुलाएकी छन् । २० वर्ष मुनिका छोरीहरू बालिका हुने र कानुनले सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने उनको तर्क छ । ‘समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो,’ उनले भनेकी छन्, ‘को सँग लभ छ ? कतिपटक यौनसम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन ।’

साथै, समाजमा भएको आडम्बर, नैतिक मापदण्ड र महिलालाई हिलो छ्याप्ने चलन लज्जाजनक भएको समेत उनले बताएकी छन् ।

मुलुकी अपराध संहिताले भन्छ १८ वर्ष मुनिका बालिकासँग यौनसम्बन्ध राख्नु बलात्कार हो, कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो, नाबालिगकै करमा पनि कसैले यौनसम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न ।

यस्तै, अर्की अभिनेत्री ऋचा शर्माले पनि यो प्रकरणमा मुख खोलेकी छन् । उनले नाबालिगको संरक्षण गर्नु राज्यको दायित्व भएको बताइन् । नाबालिगकै इच्छामा कसैले यौनसम्बन्ध राख्यो भने त्यो बलात्कार हुने उनको तर्क छ । ‘मुलुकी अपराध संहिताले भन्छ १८ वर्ष मुनिका बालिकासँग यौनसम्बन्ध राख्नु बलात्कार हो, कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो,’ उनले भनेकी छन्, ‘नाबालिगकै करमा पनि कसैले यौनसम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न ।’

कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरीको सहमतिमै यौनसम्बन्ध भए पनि त्यसलाई बलात्कार ठहर्नुको अर्थ निर्णय क्षमतासँग जोडिएको उनले बताएकी छन् । ‘नाबालिगको संरक्षणको जिम्मेवारी समाजको भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो,’ उनी भन्छिन्, ‘नाबालिगको विश्वास हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न मेरो समाजले सक्दैन ।’

पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन्, यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो ।

अभिनेत्री सञ्चिता लुईंटेलले पनि पल प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले कानुनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू बन्द गर्न अनुरोध गरेकी छन् । ‘पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन्,’ उनले भनेकी छन्, ‘यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो ।’

यसमा उनले नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराएकी छन् । ‘दोषी र निर्दोषी छुट्याउने काम कानुन र अदालतको हो,’ उनले भनिन्, ‘त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन । सामाजिक सञ्जालमा भइरहेको अनावश्यक होहल्ला र गालीगलौजले न्यायसम्पादनको प्रक्रिया प्रभावित नहोस भन्नेमा सबै सचेत रहनुपर्छ ।’

बालिग भइसकेको पुरुषमा नै कानुनप्रतिको चेत नभएको देखिन्छ । वयस्क महिला होस् या पुरुष उसमा कानुनी चेत हुनुपर्छ, हामी कलाकार समाजका आदर्श हौँ । त्यसैले कुनै एउटा कुराले भत्किने खालको स्टारडम लिएर हिँड्नुभएन ।

अभिनेत्री सुरक्षा पन्त बालिग कलाकारमै कानुनको चेत नभएकाले यस्तो अवस्था आएको बताउँछिन् । ‘बालिग भइसकेको पुरुषमा नै कानुनप्रतिको चेत नभएको देखिन्छ । वयस्क महिला होस् या पुरुष उसमा कानुनी चेत हुनुपर्छ,’ मेरो लाइफस्टाइलसँगको कुराकानीमा उनले भनिन्, ‘हामी कलाकार समाजका आदर्श हौँ । त्यसैले कुनै एउटा कुराले भत्किने खालको स्टारडम लिएर हिँड्नुभएन ।’

अर्को कुरा सिने क्षेत्रमा यौनहिंसाका प्रयासमा थुप्रै महिला कलाकारहरू ठोक्किने उनी सुनाउँछिन् । ‘यस्ता घटनासँग हामी पनि ठोक्किएका छौँ । हामीमा चेतना भएकाले टाढा भयौँ, जोगियौँ,’ विगत सम्झिँदै उनी भन्छिन्, ‘अहिलेको प्रकरणमा के सही के गलत भन्ने छुट्याउन नसक्ने हुँदा नै नाबालिग भनिएको हो । जसलाई कानुनले संरक्षण गरेको छ ।’

त्यसैले, यो प्रकरणमा सबै कानुनको पक्षमा उभिनुपर्ने उनको तर्क छ । ‘हामी सबै यो त्यो नभनी कानुनलाई सघाउनुपर्छ,’ उनले भनिन्, ‘कानुनको धारा यत्तिकै बनेको होइन । यो धारा बनाउनका लागि धेरै विचार विश्लेषण गरिएको छ ।’

अभिनेत्री पूजा शर्मा पलले न्याय पाउनुपर्नेमा जोड दिन्छिन् । ‘हामीले सामाजिक सञ्जालमा कुण्ठा पोख्नेभन्दा पनि के सही के गलत भन्ने कुरा कानुन, सम्मानित अदालतले छुट्याउला नै,’ उनी भन्दै थिइन्, ‘म त्यसैको पर्खाइमा छु ।’

मैले लामो समय पलसँग संगत गरेँ । ऊ आफ्नो कामप्रति निकै इमान्दार मान्छे हो, पल र नाबालिगबीचको जुन कुरा बाहिर निस्कियो त्यसपछि म दुवैजनाको करिअरलाई ध्यानमा राखेर मिलाउनतर्फ लागिरहेको थिएँ तर, बीचमा बसेर खेल खेल्नेले यो अवस्थासम्म पुर्याए ।

यो प्रकरण बाहिरिएसँगै दुवैजनालाई मिलाउनतर्फ निकै कसरत गरेको उनले सुनाइन् । ‘मैले लामो समय पलसँग संगत गरेँ । ऊ आफ्नो कामप्रति निकै इमान्दार मान्छे हो,’ उनी भन्छिन्, ‘पल र नाबालिगबीचको जुन कुरा बाहिर निस्कियो त्यसपछि म दुवैजनाको करिअरलाई ध्यानमा राखेर मिलाउनतर्फ लागिरहेको थिएँ तर, बीचमा बसेर खेल खेल्नेले यो अवस्थासम्म पुर्याए ।’

पलले आफूमाथि षड्यन्त्र गरिएको अडियो र नारायणदत्त उपाध्याय पनि यसमा संलग्नता रहेको कुरा बाहिरिएपछि झनै अचम्मित भएको उनी सुनाउँछिन् । ‘सरसर्ती हेर्दा सानो कुरालाई बीचमा खेल खेल्नेहरूले ठूलो बनाए,’ मेरो लाइफस्टाइलसँग उनले भनिन्, ‘जे होस् सत्यकै जित हुन्छ भन्नेमा विश्वस्त छु ।’

सधैँ ख्याल गर्नुस् सत्यको साथमा भगवान् सधैँ रहनेछन् तपाईं सत्य भए भगवान् तपाईंसँग–गायिका बहिनी सत्य भए भगवान् बहिनीसँग । अहिले तपाईंलाई लागेको आरोप चानचुन आरोपचाहिँ होइन । आफूलाई यो आरोपबाट पखाल्न डटेर सामना गर्नुको विकल्प छैन । साँच्चै गलत गरेको हो भनेचाहिँ आफ्नो आत्मालाई नढाट्नु होला,आत्मामा नै परमात्माको बास हुन्छ रे ।

मोडल गरिमा शर्मा जसले पलसँग थुप्रै म्युजिक भिडियोमा स्क्रिन सेयर गरेकी छन् । उसो त पल–गरिमाबीचको सम्बन्ध पनि चर्चामा थियो । उनले पललाई केन्द्रित गर्दै केही दिन सामाजिक सञ्जालमा लेखिकी छन्– ‘सधैँ ख्याल गर्नुस् सत्यको साथमा भगवान् सधैँ रहनेछन् तपाईं सत्य भए भगवान् तपाईंसँग–गायिका बहिनी सत्य भए भगवान् बहिनीसँग । अहिले तपाईंलाई लागेको आरोप चानचुन आरोपचाहिँ होइन । आफूलाई यो आरोपबाट पखाल्न डटेर सामना गर्नुको विकल्प छैन । साँच्चै गलत गरेको हो भनेचाहिँ आफ्नो आत्मालाई नढाट्नु होला,आत्मामा नै परमात्माको बास हुन्छ रे ।’

जे होस्, जस्तो होस् । पल यतिबेला कानुनी कठघरामा उभिएका छन् । उनीमाथि लागेको आरोपको अनुसन्धान भइरहेको छ । साथै, पीडित नाबालिग पनि न्यायको प्रतीक्षामा छिन् । प्रतिक्षा गरौं,कानुनको तराजुले होची–अर्गेली छुट्याउला नै ।

यो पनि…
पल–समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पल शाहलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,