English

पलविरुद्ध पीडित युवतीका बाबुले गैंडाकोटमा दिए अर्को जाहेरी



पीडित युवतीका बाबुले अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय, गैंडाकोट नवलपरासीमा अर्को जाहेरी दिएका छन् । आज (आइतबार) छोरीमाथि पलले नवलपरासीमा पनि जवर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएका हुन् ।

२०७७ चैत्र ७ गते गैंडाकोट रिसोर्टमा पनि शाहले छोरीमाथि करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी कार्यालयकी प्रहरी निरीक्षक लक्ष्मी खनालले मेरो लाइफस्टाइललाई जानकारी दिइन् । ‘हामीले जाहेरी दर्ता गरेका छौं,’ उनले भनिन्, ‘अब सरकारी वकिलहरुसँग परामर्श गरेर प्रकृया अघि बढाउँछौं ।’

पीडितका बुबाले गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जाहेरी दिएका थिए । अभिनेता शाहले आइतबार बिहान प्रहरीसामु आत्मसमर्पण गरेसँगै उनलाई नियन्त्रणमा लिइएको छ ।

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
प्रहरी कार्यालयमा आफैं उपस्थित हुने पलको घोषणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested