English

प्रहरी कार्यालयमा आफैं उपस्थित हुने पलको घोषणा



अभिनेता पल शाहले प्रहरी कार्यालयमा आफैं उपस्थित हुने घोषणा गरेका छन् । गत बुधबार पीडित युवतीले पलविरुद्ध किटानी जाहेरी दिएसँगै प्रहरीको फरार सूचीमा रहेका शाहले आइबार फेसबुकमा स्टाटस लेख्दै आफैं उपस्थित हुने जानकारी गराएका हुन् ।

स्वास्थ्यस्थिती बिग्रिएको, घर व्यवहार मिलाउनु पर्ने र प्रदर्शित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ लाई कुनै असर नपरोस् भन्दै आफू प्रहरीसामू उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नमस्कार सबैमा, मेरो आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म यस्तो गित गाउछु २ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामू उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामू म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यवाद ।’

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पल शाहले भने- दोषी प्रमाणित भए सजाय भोग्न तयार छु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested