English

पल शाहले भने- दोषी प्रमाणित भए सजाय भोग्न तयार छु



अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानूनअनुसार सजाय भोग्न तयार रहेको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमाथि षडयन्त्र भएको भन्दै आफू दोषी ठहरिए कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएका हुन् । उनले भनेका छन्, ‘यदी म दोषी भए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार छु ।’

अभिनेता शाहले आफूमाथि षडयन्त्र गर्नेहरू दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईं रहेको खुलाएका छन् । शाहले उनीहरूको अडियो क्लिपसमेत सार्वजनिक गरिदिएका छन् ।

उनीविरूद्ध बुधबार एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी छिन् । अभिनेता शाहले आफूलाई विगत दुई वर्षदेखि पटक-पटक जबरजस्ती करणी गरेको आरोप उनले लगाएकी छिन् ।

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested