English

यी औषधीले निको होइन, बढाउँछ झन् खतरा



तपाईंलाई थाहा छ ? हामीले दैनिक रूपमा प्रयोग गर्ने केही औषधीले रक्तचापलाई बढाउन सक्छ, उच्च रक्तचापको नियमित खाएको औषधीको असरलाई समेत न्यून पार्न सक्छ । आउनुहोस्, जानौँ ती औषधीहरू के–के हुन् ?

पेन किलर
साधारणतयाः हामीले प्रयोग गर्ने पेन किलर औषधी जस्तै : इब्रुफिन, फ्लेक्सन, एसिक्दोफेनक र इडिमेमिथैसिन आदिले दुखाइलाई त कम गर्छन्, तर शरीरबाट पानीलाई सजिलै बाहिर जान दिँदैन । जसले गर्दा किड्नीको समस्याहरू देखिन सक्छन् । यो प्रक्रियालाई ‘वाटर रिटेन्सन’ भनिन्छ । फलस्वरूप किड्नीको समस्या देखिनुको साथै रक्तचाप पनि बढ्न सक्छ ।

रुघाखोकीको औषधी
रुघाखोकी औषधीमा ‘स्युडोफेड्रिननामक तत्व हुन्छ । जुन डिकोल्ड, साइनेक्स र राइनेक्स आदिको नाममा किनेर खान्छौँ । यस्ता औषधीले हाम्रो शरीरको रक्तनलीहरूलाई साँघुरो बनाइदिन्छन् । जसका कारण ती नलीहरूमा रगतको बहाव कम भई रगत बग्न अप्ठ्यारो हुन्छ । फलस्वरूप तपाईंको रक्तचाप बढ्न सक्छ ।

गर्भनिरोधक चक्की
बजारमा उपलब्ध गर्भधारण चक्की र अन्य गर्भधारण साधनहरूले रक्तचापलाई बढाउँछ । यी औषधीले शरीरको सानो रक्तनलीहरूलाई साधुरो बनाई रक्तचाप बढाउँछन् । प्रायः धेरैजसो गर्भधारण चक्की र साधनहरू उच्च रक्तचापका साइड इफेक्टका चेतावनीका साथ उपलब्ध हुन्छन् ।

चिया, कफी र अन्य एनर्जी ड्रिङ्क
चिया तथा कफीमा हुने क्याफिनले रक्तनलीलाई खुल्ला राख्ने होर्मोनलाई ब्लक गरिदिन्छ, साथै केही होर्मोनको कारण मुटुको धड्कनलाई तेज गरिदिन्छ जसका कारण तपाईँको रक्तचाप छोटो समयका लागि बढ्छ । तर क्याफिनले लामो समयका लागि रक्तचापमा कस्तो असर गर्छ भने अझै अनुसन्धानको विषय छ । साथै चिया, कफीमा कपैपिच्छे क्याफिनको मात्रा फरक हुने भएका कारण उच्च रक्तचापका बिरामीले दैनिक कति कप चिया तथा कफी खानु उचित हुन्छ भन्न गाह्रो छ ।

मानसिक रोगका विभिन्न औषधी
एन्टी डिप्रेसन औषधीहरूले शरीरबाट निस्किने नोरेपिनेफ्राइन, डोपामाइन केमिकलहरूको प्रतिक्रियाहरूलाई असर गरी रक्तचापलाई बढाउँछन् ।

स्टेरोइड
स्टेरोइड नियमित सेवन गर्नाले शरीरमा पानीको मात्रा बढ्न सक्छ । यदि तपाईंले स्टेरोइड खाइराख्नुभएको छ भने आफ्नो सुगर र प्रेसर नियमित जाँच्नुहोला ।

अन्य औषधी
बजारमा उपलब्ध आयुर्वेदिक सप्लिमेन्ट, केही एन्टी क्यान्सर औषधी जस्तै : इवाकिजुमैब, गैफिटिनिब, इमैटिनिब, रामुसीरियमबा, इम्युनोसप्रेसेन्ट्स र क्लाइकोस्पोरिन टैक्रोलिमस इत्यादिले पनि रक्तचाप बढाउँछन् । यी औषधि सेवन गर्नु अगाडि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सकेसम्म उच्च रक्तचापका बिरामीहरूले यी औषधी प्रयोग नगरेकै राम्रो र गर्नुपरेमा आफ्नो नियमित चिकित्सक सँग परामर्श लिएर उच्च रक्तचापको औषधीको असरलाई न्यून नगर्ने खालको औषधी छनोट गरेको राम्रो । साथै माथि उल्लेखित औषधी प्रयोग गर्दा आफ्नो रक्तचापलाई नियमित रूपमा नाप्नुपर्दछ ।

यो पनि…
यी समस्याहरूमा ल्वाङ्गले दिन्छ आराम

कान चिलाउँछ ? हुनसक्छ यस्तो गम्भीर असर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली