English

यी औषधीले निको होइन, बढाउँछ झन् खतरा



तपाईंलाई थाहा छ ? हामीले दैनिक रूपमा प्रयोग गर्ने केही औषधीले रक्तचापलाई बढाउन सक्छ, उच्च रक्तचापको नियमित खाएको औषधीको असरलाई समेत न्यून पार्न सक्छ । आउनुहोस्, जानौँ ती औषधीहरू के–के हुन् ?

पेन किलर
साधारणतयाः हामीले प्रयोग गर्ने पेन किलर औषधी जस्तै : इब्रुफिन, फ्लेक्सन, एसिक्दोफेनक र इडिमेमिथैसिन आदिले दुखाइलाई त कम गर्छन्, तर शरीरबाट पानीलाई सजिलै बाहिर जान दिँदैन । जसले गर्दा किड्नीको समस्याहरू देखिन सक्छन् । यो प्रक्रियालाई ‘वाटर रिटेन्सन’ भनिन्छ । फलस्वरूप किड्नीको समस्या देखिनुको साथै रक्तचाप पनि बढ्न सक्छ ।

रुघाखोकीको औषधी
रुघाखोकी औषधीमा ‘स्युडोफेड्रिननामक तत्व हुन्छ । जुन डिकोल्ड, साइनेक्स र राइनेक्स आदिको नाममा किनेर खान्छौँ । यस्ता औषधीले हाम्रो शरीरको रक्तनलीहरूलाई साँघुरो बनाइदिन्छन् । जसका कारण ती नलीहरूमा रगतको बहाव कम भई रगत बग्न अप्ठ्यारो हुन्छ । फलस्वरूप तपाईंको रक्तचाप बढ्न सक्छ ।

गर्भनिरोधक चक्की
बजारमा उपलब्ध गर्भधारण चक्की र अन्य गर्भधारण साधनहरूले रक्तचापलाई बढाउँछ । यी औषधीले शरीरको सानो रक्तनलीहरूलाई साधुरो बनाई रक्तचाप बढाउँछन् । प्रायः धेरैजसो गर्भधारण चक्की र साधनहरू उच्च रक्तचापका साइड इफेक्टका चेतावनीका साथ उपलब्ध हुन्छन् ।

चिया, कफी र अन्य एनर्जी ड्रिङ्क
चिया तथा कफीमा हुने क्याफिनले रक्तनलीलाई खुल्ला राख्ने होर्मोनलाई ब्लक गरिदिन्छ, साथै केही होर्मोनको कारण मुटुको धड्कनलाई तेज गरिदिन्छ जसका कारण तपाईँको रक्तचाप छोटो समयका लागि बढ्छ । तर क्याफिनले लामो समयका लागि रक्तचापमा कस्तो असर गर्छ भने अझै अनुसन्धानको विषय छ । साथै चिया, कफीमा कपैपिच्छे क्याफिनको मात्रा फरक हुने भएका कारण उच्च रक्तचापका बिरामीले दैनिक कति कप चिया तथा कफी खानु उचित हुन्छ भन्न गाह्रो छ ।

मानसिक रोगका विभिन्न औषधी
एन्टी डिप्रेसन औषधीहरूले शरीरबाट निस्किने नोरेपिनेफ्राइन, डोपामाइन केमिकलहरूको प्रतिक्रियाहरूलाई असर गरी रक्तचापलाई बढाउँछन् ।

स्टेरोइड
स्टेरोइड नियमित सेवन गर्नाले शरीरमा पानीको मात्रा बढ्न सक्छ । यदि तपाईंले स्टेरोइड खाइराख्नुभएको छ भने आफ्नो सुगर र प्रेसर नियमित जाँच्नुहोला ।

अन्य औषधी
बजारमा उपलब्ध आयुर्वेदिक सप्लिमेन्ट, केही एन्टी क्यान्सर औषधी जस्तै : इवाकिजुमैब, गैफिटिनिब, इमैटिनिब, रामुसीरियमबा, इम्युनोसप्रेसेन्ट्स र क्लाइकोस्पोरिन टैक्रोलिमस इत्यादिले पनि रक्तचाप बढाउँछन् । यी औषधि सेवन गर्नु अगाडि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सकेसम्म उच्च रक्तचापका बिरामीहरूले यी औषधी प्रयोग नगरेकै राम्रो र गर्नुपरेमा आफ्नो नियमित चिकित्सक सँग परामर्श लिएर उच्च रक्तचापको औषधीको असरलाई न्यून नगर्ने खालको औषधी छनोट गरेको राम्रो । साथै माथि उल्लेखित औषधी प्रयोग गर्दा आफ्नो रक्तचापलाई नियमित रूपमा नाप्नुपर्दछ ।

यो पनि…
यी समस्याहरूमा ल्वाङ्गले दिन्छ आराम

कान चिलाउँछ ? हुनसक्छ यस्तो गम्भीर असर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested