English

कान चिलाउँछ ? हुनसक्छ यस्तो गम्भीर असर



कान चिलाउने धेरै कारण हुन सक्छ । यसका केही गम्भीर र सामान्य कारण हुन पनि सक्छन् । तर हामीमध्ये धेरैले कान चिलाउने समस्यालाई बेवास्ता गर्छौ । तर कानमा बारम्बार वा लगातार चिलाउने कारणले कहिलेकाहीँ कानबाट रगत पनि आउन थाल्छ । कान चिलाउने समस्याको समयमै उपचार गर्नु निकै जरुरी हुन्छ । यस्तो अवस्थामा कान चिलाउनुको कारण जान्न जरुरी छ ।

कान चिलाउने कारण
इन्फेक्सन भएर
एलर्जीको कारणले गर्दा कान चिलाउने समस्या हुन्छ । कहिलेकाहीँ सङ्क्रमण पनि धेरै कारणमध्ये एक हुन सक्छ । चिसो वा फ्लुको कारण ब्याक्टेरिया र भाइरस जस्ता कानको सङ्क्रमण हुन सक्छ ।

यसबाहेक कानमा पानी जमेको कारणले पनि कानमा सङ्क्रमणको समस्या हुन सक्छ । कानमा इन्फेक्सन भएमा कानमा चिलाउनुको साथै कान दुख्ने, कानबाट तरल पदार्थ बग्ने, सुन्ने क्षमतामा कमी आउने, टाउको दुख्ने जस्ता लक्षण देखिन सक्छन् । यस्तो अवस्थामा तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ ।

सुक्खापन भएर
सामान्यतया हाम्रो कान सफा र स्वस्थ राख्न तेल र इयरबर्डको प्रयोग गर्छौं । हामीमध्ये धेरैले आफ्नो कान धेरै सफा गर्छौं, यस्तो अवस्थामा कानबाट मोस्चर हट्छ र जसका कारण कान सुक्खा हुन्छ । यस्तो अवस्थामा कानमा जलन र चिलाउने हुनुका साथै अन्य समस्या हुन सक्छ ।

खानाको एलर्जीले
खानाको एलर्जीले पनि केही मानिसहरूलाई कानको समस्या निम्त्याउन सक्छ । सामान्यतया दूध, माछा, गहुँ, सोया जस्ता खानेकुरा खाँदा कान चिलाउने समस्या हुन्छ । साथै यसले केही मानिसहरूलाई अन्य भागहरूमा पनि चिलाएको अनुभव गराउन सक्छ ।

यसबाहेक स्याउ, खरबुजा, चेरी, किवी, सूर्यमुखीको बिउ, बदाम र ओखर आदि खानेकुराको सेवनले पनि यो समस्या हुन सक्छ । खानाको एलर्जीमा कानमा चिलाउनेसँगै छालामा चिलाउने, पेट दुख्नेजस्ता लक्षण पनि देखिन सक्छन् ।

कानेगुजी जम्मा भएर
कानेगुजी जम्मा हुँदा पनि चिलाउन सक्छ । यसका साथै सुन्ने क्षमतामा पनि असर पर्छ । वास्तवमा हाम्रो कानले कान सफा राख्न र भित्री कानलाई सङ्क्रमणबाट जोगाउन मद्दत गर्न कानेगुजी उत्पादन गर्छ ।

कानेगुजी स्वाभाविक रूपमा कानबाट बाहिर निस्कन्छ । साथै मृत छाला कोशिकाहरू पनि कानबाट बाहिर आउँछन् । धेरैले कानेगुजी निकाल्नका लागि काठ, पिन, इयरबर्ड, औँला आदि प्रयोग गर्छन् । जसका कारण कानेगुजी झन् भित्र जान्छ र ब्लकेजको समस्या हुन सक्छ ।

कानमा पानी पसेर
कानमा पानी पर्‍यो भने एक्युट ओटिटिस एक्सटर्ना भनिने अवस्था निम्त्याउन सक्छ । यो अवस्थालाई कान स्विमर भनिन्छ, किनभने यो समस्या पौडी खेल्नेहरूलाई बढी असर गर्छ । कानमा पानी पस्दा कान दुख्ने, घाँटी, अनुहार वा टाउको दुख्ने, कानको वरिपरि सुन्निने, कान बग्ने, कानमा फुस्रो हुने, सुन्नमा कठिनाइ हुने जस्ता समस्या हुन सक्छन् ।

ध्यान दिनुपर्ने कुराहरू
– कान चिलाउने समस्या हुँदा मानिसहरू सामान्यतया घरमै यसको उपचार गर्छन् । यद्यपि गम्भीर अवस्थामा तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ ।
– कान सुक्खा छालाका कारण चिलाएको छ भने कानमा केही थोपा जैतुनको तेल वा बेबी आयल हाल्न सकिन्छ ।
– खानामा एलर्जी छ भने डाक्टरको सल्लाह लिएर एलर्जी भएका खानेकुरा नखाने ।
– कान चिलाउने कारण पत्ता लगाएर त्यसै अनुरूपको उपचार गर्नुपर्छ । त्यसैले अस्पताल गएर कारण पत्ता लगाउनु पर्छ ।

यो पनि…
बिहान पानी पिउनुका फाइदा-बेफाइदा
आफ्नो ज्ञानमा विश्वास राख्नुहोस्



...
Alisa

References: No deposit payid pokies australia payid pokies free spins

...
Shawna

References: Candy96 table games body-positivity.org

...
Phillipp

References: Candy96 Australia mobidesign.us

...
Sherman

References: Nomini Casino Login ecudemo73277.cafe24.com

...
Lily

References: Wettformat Casino Bonus ohne Einzahlung careers.cblsolutions.com

...
Clara

References: Lollybet seriös http://www.google.com.cy/url?q=https://lollybet.com.de/

...
Nathan

References: Lollybet Casino Blackjack bookwinx.ru

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested