English

यी समस्याहरूमा ल्वाङ्गले दिन्छ आराम



दाँत र गिजाको समस्याको उपचारका लागि ल्वाङ्ग वर्षौंदेखि प्रयोग हुँदै आएको हो । यसमा एन्टिस्पास्मोडिक र एन्टिब्याक्टेरियल गुण पनि हुन्छ । जसले पाचन प्रक्रियालाई सहज बनाउँछ । ल्वाङ्ग फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको पनि राम्रो स्रोत हो ।

दैनिक ल्वाङ्गको सेवनले घाँटी दुखाइ, कब्जियत, पेट दुख्ने, ग्यास, अपच, वाकवाकी लाग्ने, वान्ता हुने समस्यामा पनि फाइदा पुर्‍याउँछ । यसको सेवनले पाचन शक्तिलाई मजबुत बनाउनुका साथै पेटसम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

रुघाखोकी ठीक गर्छ
प्रतिरक्षा प्रणालीको कमजोरीले बारम्बार रुघाखोकी र चिसो निम्त्याउँछ । ल्वाङ्गमा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । राति सुत्नुअघि दुईवटा ल्वाङ्ग चपाएर पानी पिउनुहोस्, रुघाखोकीबाट आराम मिल्छ । यसले चिसो र जमेको कफलाई कम गर्छ ।

दाँत दुखाइमा लाभदायक छ
तीन वटा ल्वाङ पिसेर जहाँनेर दुखेको छ, ठीक त्यहीँ लगाउनुहोस् । तुरुन्तै आराम मिल्छ । अथवा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दुखेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ । यति पनि नभए ल्वाङलाई नै दुखेको ठाउँमै पारेर च्यापिराख्दा पनि केही बेरमा आराम हुन थाल्छ । ल्वाङले दाँतका सबै खाले सङ्क्रमण हटाउँछ ।

इम्युनिटी पावर बढाउँछ
ल्वाङ्गले रोग प्रतिरोधात्मक क्षमता बढाएर सङ्क्रमण र चिसोबाट बचाउँछ । यो एन्टि–अक्सिडेन्ट गुणले भरिपूर्ण छ, जुन तपाईंको छाला र बलियो प्रतिरक्षा प्रणालीको लागि धेरै महत्त्वपूर्ण छ ।

पाचन प्रक्रियामा सुधार ल्याउँछ
ल्वाङ्गले ग्यास्ट्रिक जुसको स्रावलाई सुधार गरेर पाचन प्रक्रियालाई सुधार गर्छ । ग्यास, जलन, अपच र बान्ता जस्ता धेरै पेटको समस्यामा ल्वाङ्ग लाभदायक हुन्छ ।

टाउको दुखाइ कम गर्छ
ल्वाङ्गमा युजेनोल पाइन्छ, जसमा एनाल्जेसिक र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ । जसले टाउको दुखाइमा फाइदा पुर्याउँछ । ल्वाङको तेलले मालिस गर्दा पनि टाउको दुखाइ कम हुन्छ ।

यो पनि…
कान चिलाउँछ ? हुनसक्छ यस्तो गम्भीर असर
बिहान पानी पिउनुका फाइदा-बेफाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested