English

‘पसले अङ्कलले लुकाएर मलाई दालमोठ दिनुहुन्थ्यो’



कल्पना दाहाल पछिल्लो समय लोकदोहोरी क्षेत्रमा एकदमै रुचाइएकी गायिका हुन् । टेलिभिजन कार्यक्रम इन्द्रेणीले उनलाई धेरै चर्चित बनायो । उनले प्रखर वक्ता रमेश प्रसाईंसँग गाएको दोहोरीलाई दर्शकले एकदमै मन पराए । पछिल्लो समय उनी स्टेज कार्यक्रममा एकदमै व्यस्त छिन् ।

गायिका दाहाललाई आफ्नो बाल्यकाल सम्झिँदा एकदमै रमाइलो लाग्छ । सानै उमेरदेखि उनी गायनमा रुचि राख्थिन् । स्कुलको विभिन्न कार्यक्रमहरूमा भाग लिएर विजय भएपछि उनमा झन् उत्साह थपियो । स्कुलको कार्यक्रमहरूदेखि दोहोरीमा सक्रिय उनी अहिले त गायनलाई नै आफ्नो पेसा बनाएर अघि बढेकी छिन् ।

स्कुल जाँदा पनि खाजामा प्रायः म दालमोठ नै लैजान्थेँ । बाबा पसल गएको बेला म सधैँ दालमोठ ल्याइदिन आग्रह गर्थें ।

आफ्नो बाल्यकाललाई सम्झिँदै उनी भन्छिन् । बाल्यकालमा हरेक कुराहरू विशेष लाग्ने गथ्र्यो । सानो–सानो कुराले पनि धेरै खुसी दिन्थ्यो । त्यो बाल्यकाल फर्केर त आउँदैन तर बाल्यकालको यादहरू भने सधैँ ताजा नै छन् ।

उनको बाल्यकाल सिन्धुपाल्चोकको सिन्धु मा बित्यो । बाल्यकाको हरेक कुरा विशेष भएजस्तै बाल्यकालमा खाएको खानेकुरा पनि उनलाई विशेष लाग्छ ।

बाल्यकालमा खाएको खानेकुरामध्ये उनलाई दालमोठ एकदमै मन पर्छ । सानैदेखि उनलाई गुलियो खानेकुराभन्दा नुनिलो तथा पिरो खानेकुरा बढी मिठो लाग्ने गथ्र्यो । बाल्यकालमा खाएको दालमोठ सम्झँदै उनी भन्छिन् ‘स्कुल जाँदा पनि खाजामा प्रायः म दालमोठ नै लैजान्थेँ ।’

दालमोठ तथा चाउचाउ धेरै खान हुँदैन भनेर त थाहा छ । तर, के गर्नु सानैदेखि दालमोठ एकदमै मन पथ्र्यो । त्यसैले, खानै छोडेको भने छैन, कम भने गरेको छु ।

त्यसो त उनलाई दालमोठ अहिले पनि उत्तिकै मन पर्छ । तर, बाल्यकालमा खाएको दालमोठ भने अहिलेभन्दा बढी मिठो लाग्ने उनी बताउँछिन् । ‘म सानो छँदा पसल धेरै थिएन । त्यसैले, बाबा पसल गएको बेला म सधैँ दालमोठ ल्याइदिन आग्रह गर्थें ।’

पसल अलिकति टाढा भएकोले सधैँ त जाँदिनथिएँ, तर बाउनेपाटीमा एक जना ज्ञानेन्द्र श्रेष्ठ अङ्कलको पसल थियो । म पसल गएको बेला त्यो अङ्कलले सित्तैमा दालमोठ दिनुहुन्थ्यो । मलाई दालमोठ एकदमै मनपर्छ भनेर उहाँलाई थाहा थियो । सित्तैमा दालमोठ पाएर म मख्खै पर्थें उनी सुनाउँछिन् । ‘ज्ञानेन्द्र अङ्कलले आमासँग लुकाएर मलाई दालमोठ दिनुहुन्थ्यो त्यो कुरा म अझै सम्झन्छु ।’

पहिले धेरै कम्पनीको दालमोठ बजारमा उपलब्ध थिएन । नटराज कम्पनीको दालमोठ बढी मात्रामा पाउँथ्यो । त्यो नटराज कम्पनीको दालमोठ नै उनलाई मन पथ्र्यो । बाल्यकालदेखि नै त्यही कम्पनीको दालमोठ खाएर हुर्किएको भएर होला उनलाई अहिले पनि नटराज कम्पनीकै दालमोठ मन पर्छ ।

अहिले पनि बजार गएको बेला त्यही कम्पनीको दालमोठ किनेर ल्याउने गर्छिन् । ‘दालमोठ तथा चाउचाउ धेरै खान हुँदैन भनेर त थाहा छ ।’ दाहाल भन्छिन् ‘तर, के गर्नु सानैदेखि दालमोठ एकदमै मन पथ्र्यो । त्यसैले, खानै छोडेको भने छैन, कम भने गरेको छु ।’

यो पनि…
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
‘स्कुल पढ्दा खाएको जेरी अझै याद आउँछ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested