English

रुस–युक्रेन युद्ध : दुवै देशका सैनिक सहचारी काठमाडौंको एउटै कार्यक्रममा



गत बिहीबारदेखि रुसयुक्रेनबीच युद्ध चलिरहेको छ । युद्धका कारण सयौंले ज्यान गुमाइसकेका छन् । युद्धलाई रोक्न दुई देशको बैठक बेलारुसमा भयो तर टुङ्गोमा पुग्न सकेन ।

अहिले ठूलो संख्यामा रुसी सेना युक्रेनमा छिरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अुनसार रुसको झण्डै ७५ प्रतिशत सेना अहिले युक्रेनभित्र छन् । दुवै देशका सेनाले एकअर्कालाई देखे र भेटे गोली हान्छन् ।

यस्तो अवस्थामा रुस र युक्रेनका सैनिक सहचारी भने काठमाडौंको एक कार्यक्रममा सँगै छन् । यो अवस्था सिर्जना गरिदिएको हो नेपाली सेनाले ।

नेपाली सेनाले प्रत्येक वर्ष शिवरात्रीको दिन सेना दिवस मनाउने गर्छ । मंगलबार सेना दिवसमा अतिथिका रुपमा सहभागी हुन थुप्रै देशका सैनिक सहचारीलाई नेपाली सेनाले निमन्त्रणा गरेको थियो ।

सोही अनुसार नेपालको लागि २१ देशका आवासिय तथा गैरआवासीय सैनिक सहचारी नेपाल आएका थिए । उनीहरू सबै सेना दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आयोजन गरेको विशेष कार्यक्रममा सहभागी भएका थिए ।

सोही अनुसार नेपालको लागि २१ देशका आवासीय तथा गैरआवासीय सैनिक सहचारी नेपाल आएका थिए । उनीहरू सबै सेना दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आयोजन गरेको विशेष कार्यक्रममा सहभागी भएका थिए ।

सेना दिवसको अवसर पारेर नेपाल आउनेमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिकाका आवासीय सैनिक सहचारी थिए । यस्तै, बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, इजरायल, मेक्सिको, नाइजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, जाम्बिया, रोमानिया र स्वीजरल्याण्डका गैरआवासीय सैनिक सहचारीहरू पनि नेपाल आएका थिए ।

सबै सैनिक सहचारीहरु एकसाथ बुधबार नेपाली सेनाको मुख्यालय जंगी अड्डाको भ्रमण गरेका थिए ।

जंगी अड्डामा युद्धकार्य निर्देशनालयले उक्त भ्रमणदललाई नेपाली सेनासम्बन्धी विषयहरूमा प्रस्तुतीकरण गरेको थियो । प्रस्तुतीकरणपश्चात् प्रधानसेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका सैनिक सहचारीहरूसँग भेट गरेका थिए ।

‘छिमेकी मित्रराष्ट्र तथा अन्य देशका सैनिक सहचारीहरूको यस किसिमको भ्रमणले सैनिक कुटनितिमार्फत अन्तरदेशीय सम्बन्ध एवं सैनिक सम्बन्ध अझ सुमधुर र बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाले विज्ञप्ति जारी गरी भनेको छ ।

विभिन्न देशका सैनिक सहचारीहरूले बिहीबार माउण्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनीहरूले बिहीबार नै लुम्बिनी र पोखराको अवलोकन गर्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनीहरू शुक्रबार नेपालबाट फर्कनेछन् ।

‘छिमेकी मित्रराष्ट्र तथा अन्य देशका सैनिक सहचारीहरूको यस किसिमको भ्रमणले सैनिक कुटनितिमार्फत अन्तरदेशीय सम्बन्ध एवं सैनिक सम्बन्ध अझ सुमधुर र बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाले विज्ञप्ति जारी गरी भनेको छ ।

यो पनि
टुँडीखेलमा सेना दिवसको रौनक (फोटोफिचर)
सेना दिवसका अवसरमा दौड प्रतियोगिता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested