रुस–युक्रेन युद्ध : दुवै देशका सैनिक सहचारी काठमाडौंको एउटै कार्यक्रममा



गत बिहीबारदेखि रुसयुक्रेनबीच युद्ध चलिरहेको छ । युद्धका कारण सयौंले ज्यान गुमाइसकेका छन् । युद्धलाई रोक्न दुई देशको बैठक बेलारुसमा भयो तर टुङ्गोमा पुग्न सकेन ।

अहिले ठूलो संख्यामा रुसी सेना युक्रेनमा छिरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अुनसार रुसको झण्डै ७५ प्रतिशत सेना अहिले युक्रेनभित्र छन् । दुवै देशका सेनाले एकअर्कालाई देखे र भेटे गोली हान्छन् ।

यस्तो अवस्थामा रुस र युक्रेनका सैनिक सहचारी भने काठमाडौंको एक कार्यक्रममा सँगै छन् । यो अवस्था सिर्जना गरिदिएको हो नेपाली सेनाले ।

नेपाली सेनाले प्रत्येक वर्ष शिवरात्रीको दिन सेना दिवस मनाउने गर्छ । मंगलबार सेना दिवसमा अतिथिका रुपमा सहभागी हुन थुप्रै देशका सैनिक सहचारीलाई नेपाली सेनाले निमन्त्रणा गरेको थियो ।

सोही अनुसार नेपालको लागि २१ देशका आवासिय तथा गैरआवासीय सैनिक सहचारी नेपाल आएका थिए । उनीहरू सबै सेना दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आयोजन गरेको विशेष कार्यक्रममा सहभागी भएका थिए ।

सोही अनुसार नेपालको लागि २१ देशका आवासीय तथा गैरआवासीय सैनिक सहचारी नेपाल आएका थिए । उनीहरू सबै सेना दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आयोजन गरेको विशेष कार्यक्रममा सहभागी भएका थिए ।

सेना दिवसको अवसर पारेर नेपाल आउनेमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिकाका आवासीय सैनिक सहचारी थिए । यस्तै, बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, इजरायल, मेक्सिको, नाइजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, जाम्बिया, रोमानिया र स्वीजरल्याण्डका गैरआवासीय सैनिक सहचारीहरू पनि नेपाल आएका थिए ।

सबै सैनिक सहचारीहरु एकसाथ बुधबार नेपाली सेनाको मुख्यालय जंगी अड्डाको भ्रमण गरेका थिए ।

जंगी अड्डामा युद्धकार्य निर्देशनालयले उक्त भ्रमणदललाई नेपाली सेनासम्बन्धी विषयहरूमा प्रस्तुतीकरण गरेको थियो । प्रस्तुतीकरणपश्चात् प्रधानसेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका सैनिक सहचारीहरूसँग भेट गरेका थिए ।

‘छिमेकी मित्रराष्ट्र तथा अन्य देशका सैनिक सहचारीहरूको यस किसिमको भ्रमणले सैनिक कुटनितिमार्फत अन्तरदेशीय सम्बन्ध एवं सैनिक सम्बन्ध अझ सुमधुर र बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाले विज्ञप्ति जारी गरी भनेको छ ।

विभिन्न देशका सैनिक सहचारीहरूले बिहीबार माउण्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनीहरूले बिहीबार नै लुम्बिनी र पोखराको अवलोकन गर्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनीहरू शुक्रबार नेपालबाट फर्कनेछन् ।

‘छिमेकी मित्रराष्ट्र तथा अन्य देशका सैनिक सहचारीहरूको यस किसिमको भ्रमणले सैनिक कुटनितिमार्फत अन्तरदेशीय सम्बन्ध एवं सैनिक सम्बन्ध अझ सुमधुर र बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाले विज्ञप्ति जारी गरी भनेको छ ।

यो पनि
टुँडीखेलमा सेना दिवसको रौनक (फोटोफिचर)
सेना दिवसका अवसरमा दौड प्रतियोगिता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४