सेना दिवसका अवसरमा दौड प्रतियोगिता



नेपाली सेना दिवस तथा महाशिवरात्रीको अवसरमा जुम्लामा दौड प्रतियोगिता आयाेजना भएकाे गरिएको छ । नेपाली सेनाले नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन नन्दाबक्स गण र नम्बर २४ बाहिनी अड्डाकाे आयोजनामा प्रतियोगिता भएकाे हो । प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो । ४० वर्षमाथिका र ४० वर्षमुनिका बीच दौड प्रतियोगिता भएको थियो ।

४० वर्षमुनिको पाँच किलोमिटर दौड प्रतियोगिताको प्रथम प्रकाश कठायत भएका छन् । यस्तै, दीपेन्द्र बोहोरा द्वितीय र शेरबहादुर अधिकारी तृतीय भएका छन् । यस्तै, ४० वर्ष मुनिका महिलातर्फ कल्पना बुढा प्रथम बनेकी छन् भने राज्यलक्ष्मी रावल द्वितीय र इशारा बुढा तृतीय भएकी छिन् । उक्त प्रतियोगितामा ४० वर्षमाथिका पुरुषतर्फ भेषबहादुर बस्नेत प्रथम भएका छन् ।

सेनानी नारायण लामिछाने द्वितीय र हर्क रावल तृतीय भएका छन् । दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई कदरपत्र र नगद पुरस्कार दिएको छ । प्रथमलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार नगदबाट सम्मान दिएको गणपति रवीन थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जुम्लामा नेपाली सेनाले नागरिकका हितमा गरेको कामको प्रशंसा गरिन् । उनले सेनाको शान्ति, सुरक्षासँगै सामाजिक हितका काम प्रेरणादायी रहेको बताइन् ।

यो पनि
डाक्टर्स एघारले जित्यो मैत्रीपूर्ण टी–२०



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा

नेपाल भेट्रान्स टिम खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु