English

डाक्टर्स एघारले जित्यो मैत्रीपूर्ण टी–२०



शारीरिक तन्दुरुस्ती र आपसी मेलमिलापको सन्देशसहित आयोजित भेट्रान्स एघार र डाक्टर्स एघार बीचको मैत्रीपूर्ण टी–२० क्रिकेट डाक्टर्स समूहले जितेको छ । मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार आयोजित प्रतियोगितामा डाक्टर्स एघारले टस जिती भेट्रान्सलाई ब्याटिङको निम्तो दिएको थियो । भेट्रान्सले २० ओभरमा सबै विकेट गुमाउँदै दिएको १२८ रनको चुनौती डाक्टर्स एघारले १७.२ ओभरमा पाँच विकेट नोक्सानीमा पुरा गरेको हो ।

भेट्रान्स टिमको नेतृत्व नेपालका पूर्व राष्ट्रिय खेलाडी किरण राणा र डाक्टर्सको डा. कृष्ण बुढाथोकीले गरेका थिए । भेट्रान्सको लागी हेमन्त सापकोटाले २५ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन, उज्जवल डोटेलले १३ बलमा १७ रन र धिरेन्द्र पन्तले ९ बलमा १६ रन बनाए । डाक्टर्स टिमको तर्फबाट अर्पण तिमिल्सिनाले ४ विकेट र सुरज राइले २ विकेट लिए ।

भेट्रान्सलाई हराउन निर्मल हुमागाई र अविरल बाराकोटीबिचको ९० रन साझेदारी नै मुख्य कारक बन्यो । अविरलले २३ बलमा ९ चौका प्रहार गर्दै ५० रन बनाए भने निर्मलले २५ बलमा ४ चौका प्रहार गर्दै ३३ रन बनाए । सुरज राइले १५ रनको अविजित पारी खेले । बलिङमा भेट्रान्सको तर्फबाट धिरेन्द्र पन्तले २ विकेट लिए भने किरण राणा र हेमन्त सापकोटाले समान १/१ विकेट लिए । भेट्रान्स टिममा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा समेत सहभागी थिए ।

४ विकेटसहित बलिङमा उत्कृष्ट प्रदर्शन गरेका डाक्टर्सका अर्पण तिमिल्सिना ‘म्यान अफ दि म्याच’ घोषित भए । नेपाल रेडियोलोजिष्ट संघका अध्यक्ष प्रोफेसर डा. हेन्सन खड्काको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी र कमेन्टेटरहरूको समेत सहभागिता थियो । ओएसिस क्रिकेट एकेडेमीका संचालक बालकृष्ण शर्माको संयोजकत्वमा आयोजित प्रतियोगितामा सिद्धार्थ मेडिटेक प्रालिका कार्यकारी निर्देशक अनिल श्रेष्ठ लगायतको समेत उपस्थिती थियो ।



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested