English

नेपाल-मौरिसस खेल : एक तिहाइ दर्शकलाई मैदान प्रवेश गराइने



अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि एक तिहाइ दर्शकलाई मैदान प्रवेश दिने भएको छ।

एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलका लागि मैदानको कुल क्षमताको ३३ प्रतिशत दर्शकलाई मैदान प्रवेशका लागि अनुमति दिने भएको छ।

यस्तै एन्फाले मैदानको टिकट दर समेत निर्धारण गरेको छ। भिआइपीतर्फ एक हजार र सामान्यतर्फ पाँच सय टिकट निर्धारण गरिएको हो।

यस्तै एन्फाले दुवै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने बताएको छ। यस अघि एन्फा दर्शक प्रवेशमा अनिर्णीत बनेको थियो।

जिल्ला प्रशासनको स्वीकृत पछि एन्फा मैदानमा दर्शक प्रवेश गराउने निर्णयमा पुगेको हो। खेलको लागि मौरिसस टोली हिजो (सोमबार) नै नेपाल आइसकेको छ।

यता, नेपाली टोली भने प्रशिक्षणमा व्यस्त छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन्। प्रशिक्षक अब्दुल्लाहले केही दिनमै २३ सदस्यीय टिम घोषणा गर्नेछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested