English

रसुवागढी नाकाबाट आयात बढाउन चीननेपाल सहमत



चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमाअधिकारीबीच छलफल भएको छ । दुई देशका सीमा अधिकारीबीच बिहीबार सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको हो ।

भर्चुअल बैठकमा चीनबाट नेपालतर्फ सामान आयात बढाउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । मंगलबारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउने उनले बताए । अहिले नाकाबाट दैनिक नौ वटा कन्टेनरमा सामग्री आयात भइरहेको छ ।

कोभिड–१९ को प्रभाव चीन र नेपाल लगायत विश्वभर नै न्यून हुँदै गएको र रसुवाका सबै नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाइसकेकाले नाका कोभिड पूर्वको अवस्थामा नै सञ्चालन गर्ने विषयमा छलफल गरिएको उनले बताए ।

नेपाली पक्षले नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिए पनि दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो । यस्तै बैठकमा लामो समयदेखि निर्यात रोकिएका कारण नेपाली सामग्री चीनतर्फ निकासी हुन नपाएको विषयमा समेत छलफल भएको छ ।

बैठकमा केरुङमा व्यापार व्यावसाय गर्दै आएका नेपालीहरू कोभिडका कारण केरुङ फर्किन नपाएका र अहिलेसम्म पनि घरभाडा तिर्नुपरेकोले यसमा सहजीकरण गर्न, नेपालमा २५ हजार मेट्रिक टन रासायनिक मल आयात हुन बाँकी रहेकाले ग्रिन च्यानलमार्फत आयात हुने व्यवस्था मिलाउन, चीन सरकारको अनुदानमा जिल्लाको टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको कामलाई तिव्रता दिन आग्रह गरिएको छ ।

चीन सरकारको अनुदानमा सुरु हुन लागेको स्याफ्रु रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु गर्न र सीमा नाकामा हुन सक्ने अवैध वस्तुको चोरी सिकारी पैठारी र अपराध नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ जैसीले बताए । नेपालको तर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसी र चीनको तर्फबाट ची लोङ काउन्टीका मेयर ता छोनले बैठकको नेतृत्व गरेका थिए ।

नेपाल पक्षको मागबमोजिम नाकाबाट सामग्रीको आयात बढाउनेबारे चीन तयार रहेको ची लोङ काउन्टीका मेयर छोनले जानकारी दिएको प्रजिअ जैसीले बताए । चिनियाँ अधिकारीले सीमा सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न, कोभिड–१९ को नियन्त्रण एवम रोकथाममा सहयोग गर्न, सीमा क्षेत्रमा हुने वन डडेलो नियन्त्रण गर्नका लागि विशेष पहल गर्न आग्रह गरेका थिए ।

विश्वव्यापी फैलिएको कोभिड १९ का कारण १५ माघ २०७६ देखि २२ जेठ २०७७ सम्म रसुवागढी नाका बन्द भएको थियो । त्यसयता चीनले एकतर्फी नाका संचालन गरेको छ ।

यो पनि…
रुस–युक्रेन युद्ध : नेपालमा कस्तो असर ?
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested