English

यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



हरेकको भान्छामा अनिवार्य चाहिने खाद्यवस्तु हो, तेल । यतिबेला तराई क्षेत्रका खेतमा पहेँलपुर तोरी बारी देखिन्छ, तर जीविकोपार्जनका लागि मात्र । अमेरिका, क्यानाडा, ब्राजिल, भारत, चीन, कुवेत, बंगलादेश, अर्जेन्टिना, पाराग्वे, इजिप्ट, युक्रेन, अर्जेन्टिना, टर्की, रूस, बोलिभिया, स्विट्जरल्यान्ड, इन्डोनेसिया लगायतका मुलुकमा तेलको लागि निर्भर छ, नेपाल ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार २०७७–०७८ मा झण्डै ९८ अर्ब १० करोड ६२ लाख रुपैयाँको खाद्य तेल र कच्चापदार्थ आयात भएको छ ।

आयात गरिएको कच्चापदार्थबाट खाद्य तेल तयार गरी भारत निर्यात गरिने तेलबाली अनुसन्धान कार्यक्रमका बालीरोग विशेषज्ञ डा. सुवास सुवेदी बताउँछन् । उत्पादन भएको र आयातित तेलबालीको तथ्यांक हेर्दा करिब ५० प्रतिशत तेलहन बाली अपुग छ । तर, आयातित कच्चापदार्थबाट खाद्यतेल तयार गरी भारत निर्यात गर्दा व्यापार घाटा हुने उनको भनाइ छ ।

डा. डिल्लीराज खनाल
अर्थविद्

आयात गरिएको कच्चापदार्थबाट तयारी तेल प्रशोधन गरी भारत निर्यात गर्नुभन्दा त्यत्तिकै मात्रामा तेलबाली उत्पादनमा लगानी गरेमा तयारी तेलको आयातलाई विस्थापन गर्न सकिन्छ ।

अर्बौको तयारी तेल आयात गरी उपभोग गर्नुभन्दा तेलबालीलाई प्राथमिकता दिएर सो रुपियाँ यही लगानी गरे आयात विस्थापन गर्न सकिने राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रकी वरिष्ठ वैज्ञानिक डा. पल्लवी सिंह बताउँछिन् ।

साढे दुई लाख मेट्रिक टनको खाँचो

झण्डै २ लाख ६७ हजार मेट्रिक टनबराबरको तेलहनबाली अर्थात् कच्चापदार्थ आयात भएको छ । यति नै तेलहनबाली उत्पादन गर्नसकेमा तेलमा आत्मनिर्भर हुन सकिन्छ । तेलबाली खेतीको क्षेत्रफल र उत्पादन वर्षेनि घटबढ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ०७४–०७५ मा झण्डै २ लाख ५ हजार हेक्टर क्षेत्रफल जमिनमा तेलहन बाली खेती गरिएको थियो । यसबाट २ लाख ५० हजार मेट्रिक टन उत्पादन भएको थियो ।

दैनिक उपभोग्य तेलका लागि तेलहन बालीलाई सरकारले प्राथमिकता दिएको छैन ।

डा. पल्लवी सिंह
वरिष्ठ वैज्ञानिक
राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र

यसैगरी, ०७५–७६ र ०७६–०७७ मा झण्डै क्रमशः २ लाख ६० हजार हेक्टर र २ लाख ५८ हजार हेक्टर जमिनमा खेती गरिएको थियो । उत्पादन क्रमशः २ लाख ८१ हजार मेट्रिक टन र २ लाख ७८ हजार मेट्रिक टन थियो । तर, यति उत्पादनले अपुग छ । तेलमा आत्मनिर्भर बन्नका लागि उत्पादिन भएको तेलहनबाली सोही मात्रामा बढाउन आवश्यक छ ।

खाद्य तयारी तेलको आयात ग्राफ उकालो

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार ०७२–०७३ मा २६ अर्ब ६५ करोड रुपियाँ, ०७३–०७४ मा २७ अर्ब १० करोड रुपियाँ, ०७४–०७५ मा ३४ अर्ब ७९ करोड रुपियाँ, ०७५–०७६ मा ४८ अर्ब ३३ करोड रुपियाँ र ०७६–०७७ मा ७८ अर्ब ९७ करोड रुपियाँको तयारी तेल आयात गरिएको छ । खाद्यतेलको आयात भएको पुँजी आफ्नै उत्पादनमा लगानी गर्नुपर्ने आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।

यसरी बन्न सकिन्छ आत्मनिर्भर

खाने तेलका लागि आवश्यक कच्चापदार्थ उत्पादनमा जोड दिएमा आयात घटाउन सकिने डा. सुवेदी बताउँछन् । ‘उत्पादन क्षेत्रफल बढाउने, उत्पादकत्व बढाउन नयाँ जातको बिउ किसान समक्ष पुर्याउने, मलखादको सही समयमा उपलब्धता र मात्रबारे किसानलाई ज्ञान दिनुपर्ने आवश्यक छ,’ डा. सुवेदीले भने, ‘बालीमा लाग्ने रोग, किराको व्यवस्थापनबारे पनि किसान जानकार हुन आवश्यक छ । यदि, सही प्रविधिको प्रयोग गरी खेती गरेमा उत्पादन अवश्य बढ्छ ।’

डा. सुवास सुवेदी
बालीरोग विशेषज्ञ
तेलबाली अनुसन्धान कार्यक्रम

उत्पादन क्षेत्रफल बढाउने, उत्पादकत्व बढाउन नयाँ जातको बिउ किसान समक्ष पुर्याउने, मलखादको सही समयमा उपलब्धता र मात्रबारे किसानलाई ज्ञान दिनुपर्ने आवश्यक छ

तराईमा ८० र पहाडी क्षेत्रमा २० प्रतिशत तेलहन बालीको खेती गरिएको डा. सिंहले बताइन् । दैनिक आवश्यक तेलका लागि तेलहन बालीलाई सरकारले प्राथमिकता नदिएको उनको गुनासो छ । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा तेलहन बालीलाई समावेश गरिएको छैन,’ उनले भनिन्– ‘यसबालीलाई प्राथमिकतामा राखी तराई क्षेत्र वा बढी खेती गरिने क्षेत्रलाई पकेट एरिया बनाएर किसानलाई प्रोत्साहन गर्नुपर्छ ।’

तेलबालीसम्बन्धी योजनाको बनाउन जरुरी छ । बालीसम्बन्धी प्रविधि, गुणस्तरीय बिउ, सिँचाइ, मलखादमा लगानीको खाँचो रहेको सिंहले बताइन् । ‘तेलहन बालीको गुणस्तरीय बिउ भए पनि किसानसम्म जनशक्तिको अभावले पुर्याउन सकिएको छैन,’ उनले भनिन्–‘विभाग र नार्कले समन्वय गरेर किसानसम्म उन्नत बालीको बिउ पुर्याउन सकिन्छ ।’

सरकारीस्तरबाट नै तेलबालीको न्यूनतम आधार मूल्य तोकेर बजार व्यवस्थापन गरी तेलहन बालीको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरेमा आत्मनिर्भर हुने डा. सिंहले बताइन् ।

कृषिलगायत अन्य सेवासुविधामा बिचौलियापन बढेको अर्थविद् डा. डिल्लीराज खनालको आरोप छ । आयात गरिएको कच्चापदार्थबाट तयारी तेल प्रशोधन गरी भारत निर्यात गर्नुभन्दा त्यत्तिकै मात्रामा तेलबाली उत्पादनमा लगानी गरेमा तयारी तेलको आयातलाई विस्थापन गर्न सकिने डा. खनालले स्पष्ट पारे । ‘कृषि क्षेत्रमा उत्पादन गर्नुभन्दा रेमिट्यान्स भित्र्याएर नाफा खाने प्रवृत्ति बढ्दो छ, ’ डा. खनालले भने, ‘कृषिमा उत्पादनशील लगानी गर्न आवश्यक देखिन्छ ।’

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो
मकैमा आत्मनिर्भर हुन पाँच लाख ८८ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested