English

धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउन थालेको वर्षौं बित्यो । हरेक धान दिवसमा एउटै आवाज हुन्छ–‘अब केही वर्षमै नेपाल धानमा आत्मनिर्भर बन्छ ।’

सरकारका मन्त्री फेरिए, हाकिम फेरिए तर, नेपाल धानमा आत्मनिर्भर बन्ने दिन कहिल्यै फेरिएन । अनि, नेपाल कृषि प्रधान देश भन्न पनि कहिल्यै छोडिएन ।

नेपालको ७७ जिल्लामध्ये ७५ जिल्ला (मनाङ र मुस्ताङबाहेक) मा धान खेती हुन्छ । संसारमै सबैभन्दा उचाइ अर्थात् समुन्द्र सतहबाट करिब ३ हजार ५० मिटर छुमचौरमा उत्पादन हुने मार्सी धान नेपालमै उत्पादन हुन्छ । यो धानलाई अन्तर्राष्ट्रिय बजारले समेत स्वागत गरिसकेको छ । तर, यसको संरक्षणका लागि सरकारको ध्यान नपुग्दा लोप हुने अवस्थामा छ । मार्सी त एउटा उदाहरण मात्र हो नेपालको हिमालदेखि तराईसम्म उत्पादन हुने धानको बजारीकरणका साथै उत्पादन पनि बढाउने हो भने धान-चामलमा नेपाल आत्मनिर्भर हुने दिन धेरै टाढा छैन ।

भारतको खाद्यसंकट टार्ने नेपाल नै संकटमा

सुन्दा कथाजस्तो लाग्न सक्छ । पाँच दशक अघिसम्म नेपालले भारतलाई धान, चामल बेच्थ्यो । जसले भारतको खाद्यसंकटलाई व्यवस्थापन गर्न सघाउसमेत पुर्याएको थियो । विसं २०२० देखि २०३० मा भारतमा धान र चामल निर्यात गरिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक रामबहादुर केसीले पुष्टि गरे ।

‘धान र चामल निर्यात कम्पनी’ द्वारा भारतमा धान र चामल निर्यात गरिएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं. २, परवानीपुरका निर्देशक डा. रामवरण यादव बताउँछन् । ‘सन् १९६० को दशकमा नेपालबाट भारतमा धान, चामल निर्यात् हुन्थ्यो,’ यादवले भने– ‘तर, २० वर्ष यता वर्षेनी धान र चामलको आयात बढेको छ ।’


‘धान र चामल निर्यात कम्पनी’ द्वारा भारतमा धान र चामल निर्यात गरिएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं. २, परवानीपुरका निर्देशक डा. रामवरण यादव बताउँछन् । ‘सन् १९६० को दशकमा नेपालबाट भारतमा धान, चामल निर्यात् हुन्थ्यो,’ यादवले भने– ‘तर, २० वर्ष यता वर्षेनी धान र चामलको आयात बढेको छ ।’

यसरी, धान र चामलको आयात ह्वात्तै बढ्नुमा वैदेशिक रोजगारको आकर्षण, खेतीयोग्य जमिन बाँझो रहनु, बाहिरी खानपान शैलीको प्रभाव लगायतका कारक तत्व रहेको विज्ञहरूको अनुमान छ । ‘सडकको पहुँचले मसिना चामल गाउँ–गाउँमा सहजै पाउन थाले,’ यादवले भने– ‘स्थानीयस्तरमा उत्पादन भएको मोटो चामल, फापर, गहुँ, कोदो, मकै जस्ता खाद्यवस्तु छोड्दै गएका छन् ।’ त्यसो त नेपालमा आयात हुने चामलमध्ये करिब ८० प्रतिशत मसिनो चामल आउने गरेको छ ।

नेपालको करिब ६० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा २६ प्रतिशत कृषिको योगदान छ । जसमा धानले मात्रै २० प्रतिशत सघाएको छ । यादवका अनुसार हिमालमा ५ प्रतिशत, पहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशत धान उत्पादन हुँदै आएको छ ।

नार्कका निर्देशक केसीका अनुसार नेपालमा ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिन्छ । चालु आर्थिक वर्ष ०७८-०७९ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा धान रोपिएको थियो । जसमा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको उनले जानकरी दिए ।

‘नेपालबाट ३३.६६ लाख मेट्रिक टन चामल आपूर्ति हुन्छ, बाँकी ६.६८ लाख मेट्रिक टनका लागि अर्बौं पैसा फालेका छौं,’ केसीले भने ‘हामीले कृषि प्रणालीलाई सुधार गर्यौं भने यति चामल नेपालमै उत्पादन गर्न सक्छौं ।’

एक जनालाई वर्षमा १३७.५ केजी चामल

नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष औसत १३७.५ केजी चामलको खपत हुने केसी बताउँछन् । वर्षेनी करिब ४०.३४ लाख मेट्रिक टन चामलको आवश्यक रहेको केसीले जनाए । ‘नेपालबाट ३३.६६ लाख मेट्रिक टन चामल आपूर्ति हुन्छ, बाँकी ६.६८ लाख मेट्रिक टनका लागि अर्बौं पैसा फालेका छौं,’ केसीले भने ‘हामीले कृषि प्रणालीलाई सुधार गर्यौं भने यति चामल नेपालमै उत्पादन गर्न सक्छौं ।’

कहिले कति आयात ?

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक हेर्दा वर्षेनी धानको आयात बढेको बढ्यै देखिन्छ । सन् २०१६-०१७ मा २३ अर्ब ८७ करोड रुपियाँ बराबरको धान र चामल आयात भएको छ ।

यस्तै, २०१७-०१८ मा २९ अर्ब ४१ करोड रुपैयाँ बराबर, २०१८–०१९ मा ३२ अर्ब ६० करोड, २०१९-०२० मा ३३ अर्ब ६५ करोड रुपैयाँ र २०२०-०२१ मा ५० अर्ब ७९ करोड रुपैयाँ बराबरको धान र चामल आयात भएको छ । यो तथ्यांकले नेपालबाट वर्षेनी अर्बौं रुपैयाँ धान र चामलका नाममा बाहिर गइरहेको छ ।

सरकार नीति बनाउँछ, कार्यान्वयन गर्दैन

आर्थिक वर्ष २०७३-०७४ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षमा धान र चामलमा आत्मनिर्भर हुने लक्ष्य राखेको थियो् । तर, पाँच वर्ष बित्दा पनि यो लागू हुन सकेको छैन, बरु आयात भने दोब्बर गतिमा बढिरहेको देखिन्छ ।

साथै, सरकारले आर्थिक वर्ष ०७८-०७९ को बजेटमा पनि आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुने घोषणा गरेको छ । तर, यी कुराहरू दस्तावेजमा मात्र सीमित हुने गरेको नार्कका निर्देशक केसीको आरोप छ । ‘यी कार्यलाई परिणाम दिनका लागि सरकारसँग ठोस कार्य योजना, आवश्यक श्रोत व्यवस्थापन र सरोकार निकायको प्रतिबद्धता आवश्यक छ,’ केसीले भने ।

चार सिजन धान खेती गर्न सकिने यादव बताउँछन् । एक सिजन हिउँदै सिजन (बोरो) धान मङ्सिरदेखि ज्येष्ठसम्म, दोस्रो सिजन घैया धान फागुनदेखि भदौसम्म, तेस्रो सिजन चैते धान फागुनदेखि असारसम्म र चौथो सिजन बर्खे धान असारदेखि मङ्सिरसम्म खेती गरिन्छ ।

यसरी हुन सकिन्छ धान/चामलमा आत्मनिर्भर

नेपालमा खेतीयोग्य जमिनमध्ये १५ लाख हेक्टरमा बर्खे धान उत्पादन हुने गरिने कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं. २, परवानीपुरका निर्देशक यादव बताउँछन् । यसमध्ये ३० प्रतिशत मा बाह्रैमास सिँचाइ सुविधा छ । यी खेतमा चैते धानको खेती गरियो भने धान/चामलको आयात घट्ने यादवको विश्वास छ ।

यादवका अनुसार अहिले नेपालको एक लाख २० हजार हेक्टर जमिनमा चैते धान लगाइन्छ । यसलाई तीन लाख हेक्टर क्षेत्रफलमा मात्रै पुर्याउने हो भने चामलको आपूर्ति गर्न सकिन्छ । ‘सरकारले धान उत्पादनमा टेवा पुर्याउनका लागि मलखादको व्यवस्था, प्रधानमन्त्री कृषि आधुनिकीकरण लागू गर्ने, हरेक कृषि केन्द्रमा प्रविधिको व्यवस्था गर्न आवश्यक छ,’ यादवले भने ।

चैते धानको उत्पादन पनि बढी

तुलनात्मक रुपमा बर्खे धानभन्दा चैते धानको उत्पादन बढी हुन्छ । तर, चैते धान उठाउने बेला वर्षायाम शुरु हुने भएकाले पानीले धान भिज्छ । यसले किसानलाई हैरान पार्छ । यसका लागि सरकारले किसानलाई धान सुकाउने मेसिन सहुलियत ब्याजमा ऋण तथा अनुदान दिनुपर्ने यादव बताउँछन् ।

बर्खे धानभन्दा चैते धानको उत्पादन बढी हुन्छ । तर, चेतै धानको उत्पादन लिने समयमा पानीले दाना भिजाउने हुँदा किसानलाई समस्या पर्छ । जसका लागि सरकारले किसानलाई बिउ, मल, धान सुकाउने मेसिन सहुलियत दरमा अनुदान दिनुपर्ने यादव बताउँछन् । चैते धानको बिउ नार्कसँग पर्याप्त रहेको यादवले बताए ।

चार सिजन धान खेती गर्न सकिने यादव बताउँछन् । एक सिजन हिउँदै सिजन (बोरो) धान मङ्सिरदेखि ज्येष्ठसम्म, दोस्रो सिजन घैया धान फागुनदेखि भदौसम्म, तेस्रो सिजन चैते धान फागुनदेखि असारसम्म र चौथो सिजन बर्खे धान असारदेखि मङ्सिरसम्म खेती गरिन्छ ।

मौलिक र स्थानीय खाद्यान्न उपभोग बढाउन र तिनको पौष्टिकताबारे चेतनामूलक सन्देशहरू प्रवाह गर्न आवश्यक छ ।

यो पनि…
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,