English

केरामा आत्मनिर्भर बन्दै झापा, वार्षिक यति हुन्छ उत्पादन



केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामासमेत निर्यात हुन थालेको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ । जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइदा केरा खेती बर्सेनि बढिरहेको छ ।

उनका अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा झापामा एक हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती भएको थियो । जहाँ ३७ हजार मेट्रिक टन केरा उत्पादन भएको उनले बताए । जुन आर्थिक वर्ष ०७६/०७७ को भन्दा धेरै हो । उक्त आर्थिक वर्षमा एक हाजर सात सय ७२ हेक्टरमा केरा लगाइएको थियो । जहाँ ३६ हजार तीन सय २६ मेट्रिक टन केरा उत्पादन भएको थियो ।

झापामा प्रत्येक वर्ष केरा खेती गर्ने क्षेत्र बढीरहेको छ । ‘केरामा झापा आत्मनिर्भर छ । झापाको उत्पादन यहाँका लागि पर्याप्त छ,’ उनले भने, ‘यहाँका उत्पादन मोरङ, सुनसरीसँगै काठमाडौं, पोखरासम्म पुग्छ ।’

यो तथ्यांक हेर्दा झापामा प्रत्येक वर्ष केरा खेती गर्ने क्षेत्र बढीरहेको छ । ‘केरामा झापा आत्मनिर्भर छ । झापाको उत्पादन यहाँका लागि पर्याप्त छ,’ उनले भने, ‘यहाँका उत्पादन मोरङ, सुनसरीसँगै काठमाडौं, पोखरासम्म पुग्छ ।’ सरकारले केरालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दा केरा खेती विस्तार भएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षभित्र पनि एक सय हेक्टर क्षेत्रमा केरा खेती विस्तारको योजना रहेको सिंहले बताए । ‘हामी काम गर्ने कृषक, कृषि समूह र फर्मलाई अनुदानको कार्यक्रम दिन्छौँ । यस वर्ष पनि केरा खेती विस्तार गर्ने लक्ष्य छ,’ उनले भने । केराको बजार राम्रो भएका कारण पनि खेतीप्रति कृषकको आकर्षण बढेको उनले बताए । ‘केराको बजार राम्रो छ । यसमा कृषकलाई राम्रो आम्दानी हुन्छ । त्यसकारण पनि कृषक केरा खेतीप्रति आकर्षित छन्,’ प्रमुख सिंहले भने, ‘बगानबाटै ६० देखि ८० रुपैयाँ दर्जनमा केरा बिग्छ । केरा खेती गर्ने किसानलाई बजारको चिन्ता छैन ।’

यद्यपि, गत आर्थिक वर्षको तुलनामा झापामा केराको उत्पादकत्व भने घटेको छ । आर्थिक वर्ष ०७६/०७७ मा केराको उत्पादनकत्व प्रतिहेक्टर २० दशमलव ५ मेट्रिक टन थियो । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा घटेर प्रतिहेक्टर उत्पादकत्व २० मेट्रिक टनमा झरेको ज्ञान केन्द्रको तथ्यांक छ ।

‘केराको बोट सुक्ने र रेड बिटल किरा लाग्ने समस्याका कारण उपादकत्व घटेको देखिएको छ,’ प्रमुख सिंहले भने, ‘यो समस्या समाधानका लागि कृषि अनुसन्धान निर्देशनालय तरहराको विज्ञ टोली बोलाएर अनुसन्धान पनि गराएका छौँ ।’

यो पनि…
आलुले पनि बनाउँछ आत्मनिर्भर
खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

Latest










Popular
Suggested