English

यस्तो छ कृषि फार्म दर्ता गर्ने प्रक्रिया



कृषिसँग सम्बन्धित काम काजलाई कानूनी रुपमा व्यवस्थित गर्न फार्म दर्ता गर्नुपर्छ । यो विभिन्न प्रकारका हुन्छन् । कतिपयलाई कृषि फार्म सञ्चालन गरेर व्यवसाय गर्न मन हुन्छ तर, प्रक्रिया थाहा नपाएर अलमलिएका हुन्छन् । त्यस्ता व्यक्तिहरुका राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका पशु अधिकृत भरतराज गौतमले दर्ता प्रक्रिया, शुल्क र फाइदाका बारे प्रष्ट पार्ने प्रयास गरेका छन् ।

आवश्यक कागजात

– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

– फार्म सञ्चालन गर्ने जग्गाको कित्ता नम्बर खुलेको निवेदन सहित सम्बन्धित लालपुर्जाको प्रतिलिपि

– हरेक निकायमा फार्म धनीको पासपोर्ट साइजको दुई/दुई वटा फोटो

– फार्म धनीको नाममा जग्गाको स्वामित्व नभएको भए जग्गा भाडाको सम्झौतापत्र वा मन्जुरीनामा प्रतिलिपि । (साना घरेलु उद्योगले सम्झौताको सक्कल आवश्यक पर्छ)

– पशुपंक्षी फार्मको हकमा प्रस्तावित फार्म रहने स्थानका उत्तर, दक्षिण, पूर्व र पश्चिम तर्फका चारैतिरका सँधियारहरुको सहमति भएको मुचुल्का

– कृषि परियोजना (पुँजी खुलाएको हुनुपर्ने)

– सम्बन्धित कार्यालय वा निकायले मागेको अन्य कागजात जस्तै विधान, सञ्चालक वा साझेदारी थप विवरण

फार्मको नाम कसरी छनोट गर्ने ?

सामान्यतया गाईभैंसी फार्म, बाख्राफार्म, बंगुर फार्म, तरकारी वा फलफूल फार्म वा माछाफार्म आदि मात्रै भनेर एकल बाली वा पशुपंक्षी फार्म सञ्चालन नगरी एकिकृत मोडलमा बहुउद्धेश्य फार्म सञ्चालन गर्नु र सोही अनुरुप नाम जुराउनु उपयुक्त हुन्छ । यसबाट उत्पादन लागत र जोखिम कम हुनुका साथै पटकै पिच्छे फार्म दर्ता गरिरहनुपर्ने झन्झट हुँदैन ।

सबै प्रकारका ऋण र अनुदानका कार्यक्रममा पनि समावेश हुन पाइन्छ । तर, फार्म दर्ताको उद्देश्यमा आफूले गर्न चाहेका सबै पशुपन्छी वा बालीनालीहरु खुलाइदिनु पर्छ । जस्तै उदाहरणका लागि अन्नपूर्ण कृषि तथा पशुपंक्षी फार्म, अन्नपूर्ण कृषि, मत्स्य तथा पशुपंक्षी फार्म, अन्नपूर्ण एकिकृत कृषि, मत्स्य तथा पशुपंक्षी फार्म र अन्नपूर्ण बहुउद्देश्य कृषि, मत्स्य तथा पशुपंक्षी फार्म हुन सक्छन् ।

कहाँ र कसरी गर्ने दर्ता ?

सानो स्केलका फार्महरू स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आफ्नो स्थानीय तह वा वडामध्ये कुनै एकमा दर्ता गरी आन्तरिक राजश्व कार्यालय (कर कार्यालय मा दर्ता गर्ने । तर, कतिपय पालिकाले ५ लाखसम्मका फार्महरू मात्रै पालिकामा दर्ता गर्ने गर्छन् ।सोभन्दा माथिको पुँजी भएका फार्मलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ताका लागि सिफारिस बनाई दिने गर्दछन् । साथै कतिपय बैंकले घरेलु उद्योगमा दर्ता भएका व्यवसायलाई मात्रै ऋणको प्राथामिकता दिने गरेको पाइन्छ । यस्तो अवस्थामा घरेलु कार्यालय र कर कार्यालय दुबैमा दर्ता गर्नुपर्छ ।

यदि देशका विभिन्न स्थानमा शाखा राख्ने, ठूलो कारोबार गर्ने वा आयात निर्यात गर्ने, प्रशोधन तथा खरिद बिक्रीको कारोबार, भविष्यमा अनुमति लिएर जंगली जिवजन्तुको फार्म सञ्चालन गर्ने, फार्मका उत्पादनहरुको ब्रान्डिङ्ग गर्ने लगायतका काम गर्ने सोच भएमा सबै उद्धेश्य खुलाई कम्पनी दर्ता गर्नुपर्छ ।

कारोवार गर्ने विषय सम्बन्धी अधिकार प्राप्त निकायबाट अनुमति लिई व्यवसाय सञ्चालन गर्न सकिन्छ । जस्तै, ३ करोडकोसम्मको पुँजी भए कम्पनी रजिष्टारको कार्यालयको साथै घरेलु तथा साना उद्योग कार्यालय र कर कार्यालयमा समेत दर्ता गर्नु पर्ने हुन्छ । कम्पनीमा दर्ता गरेपछि सम्बन्धित कार्यालयले प्यान नम्बर उपलब्ध गराउँछ ।

दर्ता भएका व्यवासायहरू पालिकाको कृषि तथा पशुसेवा शाखा र जिल्लास्थित कृषि र पशु सेवा कार्यालय पनि सुचीकृत गर्नुपर्छ । सकेसम्म महिलाको नाममा कृषि फार्म दर्ता गर्नुपर्छ । यसरी गर्दा दर्ता गर्दा केही हदसम्म सौलियत हुन्छ ।

कति खर्च लाग्छ ?

कृषि फार्म दर्ता शुल्क पालिका अनुसारको फरक–फरक हुन सक्छ । कृषि फार्मको के–कति पुँजीको छ । त्यसमा पनि भर पर्छ । तर, सामान्यतया १ हजार देखि ३ हजारसम्म शुल्क लाग्छ । प्यान नम्बरको लागि कर कार्यालयमा कुनै शुल्क लाग्दैन । त्यसैगरी रजिस्टार कार्यालयमा पुँजी अनुसार १ हजार देखि ३० हजारसम्म लाग्छ ।

फार्म दर्ता गर्नुका फाइदा

– अनुदान तथा बैंक बित्त संस्थाबाट सहयोग पाइने

– बीमा गराउँदा सजिलो हुने

– व्यावसायिक हिसाबले अगाडि बढ्न सजिलो हुने

– कानूनी रुपमा दर्ता गरी व्यवसाय सञ्चालन गर्न र कर प्रणालीमा आवद्ध हुन सकिने

– कृषि ऋण, बीमा तथा अनुदान सहयोगको लागि प्रतिस्पर्धामा सामेल र पहुँच बढाउन वा न्युनतम योग्यता पर्याउन सजिलो

– सरकारी एवं गैरसरकारी निकायबाट प्राप्त हुने सहुलियत दरको कृषि बाली तथा पशुपंक्षीको बीउ तथा मल लगायत अन्य उत्पादन सामग्री लगायतको सेवा सुविधा पहुँच लिन सकिन्छ

– देशविदेश र बाहिर विभिन्न फार्म, कम्पनीसँग समन्वय सम्झौेता गरी निर्धक्क व्यवसाय पहुँच बढाउन पाइन्छ ।

(गौतमसँग गरिएको कुराकानीमा आधारित । उनी विगत ११ वर्ष यता सरकारी सेवामा कार्यरत छन् ।)

यो पनि पढ्नुहोस्
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि
‘कृषिमा नयाँ प्रविधि ल्याउन हामीलाई सरकारको साथ चाहियो’
व्यावसायिक कृषिले फेरिँदै ‘जीवनस्तर’
नयाँ कम्पनी दर्ता गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया र लाग्ने शुल्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested