English

नेपालमा भित्रियो एग्रिकल्चर ड्रोन

‘कृषिमा नयाँ प्रविधि ल्याउन हामीलाई सरकारको साथ चाहियो’



नेपाल कृषिप्रधान देश । पछिल्लो समय युवापुस्ताको ध्यान कृषिले तान्न थालेको छ । त्यसो त नेपालमा पनि कृषिका नयाँ–नयाँ यन्त्रहरु भित्रिन थालेका छन् । यसैमध्येको एक हो– एग्रिकल्चर ड्रोन । यो ड्रोन कर्मा ग्रुप कम्पनीले नेपालमा पहिलोपटक ल्याएको हो । त्यसैले एग्रिकल्चर ड्रोन भनेको के हो ? यो केका लागि प्रयोग हुन्छ ? नेपालमा कसरी भित्रियो ? लगायतका विषयवस्तुमा केन्द्रित रहेर कम्पनीका अनुसन्धान तथा विकास निर्देशक सुचित श्रेष्ठसँग मेरोलाइफस्टाइलकर्मी सरिता थारूले गरेको कुराकानी :

एग्रिकल्चर ड्रोन भनेको के हो ?

एग्रिकल्चर ड्रोन भनेको कृषि कार्यमा प्रयोग हुने एकप्रकारको यन्त्र हो । जो नेपालमा पहिलोपटक भित्रिएको छ । यो बालीमा मल, बिउ र विषादी छर्नका लागि प्रयोग गरिन्छ । हामीले पनि किटनाशक विषादी र मल छर्नकै लागि यो ड्रोन ल्याएका हौं । अहिले हामीसँग यस्ता २ वटा ड्रोन छन् । यो सफल भयो भने अरु पनि ल्याउने योजना छ । यो त तरल मल छर्न मिल्ने हो अब बिउ र ठोस पदार्थ पनि छर्न मिल्ने ड्रोन ल्याउँछौं ।

यो ड्रोनको प्रयोगले किसानलाई कस्तो फाइदा हुन्छ ?

ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्ने किसानका लागि यो ड्रोनले निकै सहयोग गर्छ । पहिलो त यसको प्रयोगले जनशक्ति कम लाग्ने भयो र उत्पादत लागतमा पनि कमी आउने भयो । साथै, विषादी छर्दा मनावीय स्वास्थ्यमा देखापर्ने समस्या कम हुन्छ । ड्रोनको प्रयोगले छरेको विषादी सबै बालीमा एकनाश पर्छ । अर्को कुरा यसले म्यापिङ गर्छ । त्यसपछि प्रोग्रामिङ गर्न मिल्छ । साथै, जुन ठाउँको बालीमा समस्या छ त्यहाँ मात्रै स्प्रे गर्न सकिन्छ ।

यसको मूल्य कति पर्छ ?

पहिलोपटक ल्याएकाले परीक्षणमै छ । जसकारण मूल्य निर्धारण गरिएको छैन । फिल्डमै गएर किसानहरुलाई सिकाउनुपर्छ र उहाँहरु यसलाई प्रयोग गर्न सक्ने भएपछि मूल्य निर्धारण गर्छौं ।

तपाईंहरुले कहाँबाट ल्याउनुभएको हो ?

हामीले चीनको लोभल कम्पनीबाट ल्याएका हौं ।

कर्मा ग्रुपले यो यन्त्र आफैले नेपालमा भित्र्याएको हो कि, किसानहरुको मागमा ?

२५ औँ बिघासम्म ठूलो क्षेत्रफलमा खेती गर्ने युवा व्यवासायीहरुको मागमा हामीले ल्याएका हौं । विशेषगरी चितवनका किसानले व्यक्तिगत रुपमा नै माग गर्नु भएको छ । तर, यसलाई समूहमा पनि प्रयोग गर्न सकिन्छ । ग्रुपको एकजनालाई तालिम लिएर थोरै क्षेत्रफलमा पनि प्रयोग गर्न सकिन्छ । हाल यसको आधिकारिक बिक्रेता कर्मा ग्रुप अन्तर्गतको कर्मा डिजी टेक प्रा.लि. छ ।

नेपालमा भौगोलिक विविधता छ, यस ड्रोनलाई कुन–कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ ?

खुला रुपमा बाली उत्पादन हुने क्षेत्रमा यो प्रयोग गर्न सकिन्छ । तर, टनेल खेती गर्नेको लागि अलि समस्या नै पर्न सक्छ । राम्रोसँग चलाउन सकेमा पहाडदेखि तराईसम्मको क्षेत्रमा प्रयोग गर्न सकिन्छ भने थोरै र धेरै क्षेत्रफलमा पनि प्रयोग गर्न सकिन्छ । यो यन्त्र प्रयोग गर्नका लागि कति क्षेत्रफल उपयूक्त हुन्छ हामी हेरिरहेका छौं । जस्तै, फलफूल उत्पादन हुने सिन्धुलीको जुनार खेतीमा पनि प्रयोग गर्न सकिन्छ ।

तर, हाललाई चितवनलाई लक्षित रहेर धान, मकै र तरकारी खेतीका लागि ल्याएका छौं । पछि जनशक्ति बढ्दै जाँदा अन्य क्षेत्रमा पनि प्रयोग गर्न गरिने छ । यसलाई राष्ट्रिय आविष्कार केन्द्रमा उडान परीक्षण गरि सकेका छौँ । साथै, चितवनमा पनि उडाइसकेका छौं ।

नेपालमा यस्ता यन्त्र सञ्चालनका मापदण्ड चाहिँ के–के छन् ?

यस यन्त्रलाई प्रयोग गर्न अथवा उडाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स र अनुमति लिनुपर्छ । तर, अझै यसको लाइसेन्स लिइसकेको छैन । किसानलाई तालिम दिएर वर्षदिनमा लाइसेन्स लिन सकिन्छ । यसैगरी चितवनमा यसलाई लिएर जाँदा किसानहरुलाई सिकाउनका लागि पनि केही नियमहरु छन् । हामीले तालिम दिन्छौ र उनीहरुले तालिम पास गरिसकेपछि खरिद गरेर प्रयोग गर्न सक्छन् । किसानहरुका लागि मापदण्ड बनाएका छौँ । यो चलाउनका लागि कम्प्युटरको ज्ञान भएको, प्रोग्रामिङ्ग गर्न सक्ने, गणित विषय आउने यूवा किसानले तालिम लिनसक्छन् ।

यो तालिम लिन कति समय लाग्छ ?

कति समय लाग्छ भन्ने कुरा त्यो मान्छेमा भर पर्छ । अभ्यास गर्दा कतिको एक्टिभ भइन्छ, त्यसमा निर्भर हुन्छ । यो गाडी चलाए जस्तै अभ्यास गर्नुपर्छ । तर, गाडीमा टुडी हुन्छ भने यसमा थ्रीडी हुन्छ ।

यो ड्रोन कस्ता किसानलाई लक्षित गरी ल्याउनुभएको हो ?

हामीले व्यवासायीक रुपमा खेती गर्ने यूवा वर्गका किसानलाई लक्षित गरेका छौँ । हाललाई हामीले चितवनमा परीक्षण गरेका छौं । त्यो परीक्षण सफल भइसकेको छ अब देशव्यापी रुपमा जान्छौं ।

यसको माग कुन–कुन ठाउँबाट आएको छ ?

पोखरा, झापा, चितवन लगायत विभिन्न क्षेत्रबाट माग आएको छ । हामीले चितवनबाट नै सुरु गर्दैछौँ । माग आउने बित्तिकै वितरण गर्न मिल्दैन । तालिम नदिई प्रयोगविहिन हुन सक्छ । विभिन्न प्राविधिक समस्या आउन सक्छ । चितवनमा सफल भयो भने अन्य क्षेत्रमा पनि वितरण गर्छौँ ।

नेपालमा यस्ता प्रविधि कत्तिको आवश्यक छन् ?

नेपाल आफैमा कृषिप्रधान देश हो । कृषि क्षेत्रलाई अब्बल बनाउनका निम्ति यस्ता किसिमको प्रविधि सरकारले पनि भित्र्याउन सहयोग गर्नुपर्छ । यसका साथै कृषिमा विभिन्न प्रविधि छन् । नेपालमा यस्ता प्रविधिको निकै आवश्यक छ । हामीले ल्याएको यो ड्रोनमा विभिन्न टेक्निकल पक्षहरु छन् जुन परीक्षण हुन बाँकी नै छ ।

यो पनि पढ्नुहोस् ।
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?

कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested